कांग्रेस केन्द्रीय समिति बैठक : पौडेल र सिंह पक्ष खनिए सभापति देउवा माथि

काठमाडौं, चैत ९ – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा आज नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका छन् ।

संस्थापन पक्षसँग चुनावमा व्यहोरेको हारको हिसाब माग्ने रणनीतिका साथ बैठकमा सहभागी भएका पौडेल पक्षका नेताहरुले देउवा पार्टी संचालनमा असफल भएको आरोप समेत लगाएका छन् ।

कांग्रेस नेता प्रकाशमान सिंहले लिखित प्रस्ताव पेश गर्दै देउवाको चर्को आलोचना गर्नुभयो । देउवा राष्ट्रियता प्रजातन्त्र र समाजवादको वैचारिक धरातलबाट विचलित भएको आरोप नेता सिंहले लगाउनुभयो । आफ्नो सैद्धान्तिक धारमा नहिँडेर वामपन्थीसँग मिल्न गइ देउवाले गम्भीर गल्ति गरेको आरोप लगाउँदै सिंहले यसैका कारण पार्टी पराजित भएको समेत बताउनुभयो ।

माओवादी केन्द्रसँग सत्ता बाँडफाँड सम्झौता र चितवनको भरतपुर महानगरमा रेणु दाहाललाई जिताउन पार्टी सभापतिले खेलेको भूमिका चरम राजनीतिक विचलन  र सभापतिको सत्ता केन्द्रीत राजनीतिको पराकाष्ठा भएको सिंहले आफ्नो लिखित आरोप पत्रमा उल्लेख गर्नुभएको छ । पार्टी सभापतिले सुुझबुझ देखाउन नसकेका कारण चुनावमा पराजय व्यहोर्नुपरेको नेता सिंहको आरोप थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग मिलेर ओली सरकार ढाल्नु र प्रचण्डलाई प्रधानमन्त्री बनाएकै कारण पार्टीले चुनाव हारेको सिंहको दाबी छ । त्यस्तै बैठकमा नेता कृष्ण सिटौलाले महाधिवेशन बोलाउन माग गर्नुभयो ।

नेतृत्वको स्वेच्छाचारी, अपारदर्शी र सामन्तवादी व्यवहारका कारण कांग्रेस हारेको उहाँको निष्कर्ष छ । बैठकमा नेताहरुले बोली नसकेका कारण भोलि फेरि बैठक बस्ने छ ।

चुनाव लगत्तै चुनावी समिक्षा गर्न बैठक बोलाउनु पर्ने भन्दै युवा नेताहरुले दवाव दिए पनि कांग्रेस केन्द्रिय समितिमा बल्ल आजदेखि चुनावी समिक्षा सुरु भएको हो ।

source:ujyaaloonline

 

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.