एकहप्ता भित्र सरकारले पुर्णता पाउने माओबादी नेता शर्माको भनाई ।।

श्याम घिमिरे, फागुन २४, अर्घाखाँची
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले एकताका प्रारम्भिक आधारमा हस्ताक्षर गरेदेखि पार्टी एक भइसकेको बताएका छन् ।

उनले केही संरचना निर्माण गर्नका लागि मात्र समय लागेको बताएका हुन ्। प्रेस सेन्टर नेपाल अर्घाखाँची शाखाले गरेको पत्रकार सम्मेलनमा शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारमा मधेसवादी दललाई समेत समेटेर शक्तिशाली दुइ तिहाईको सरकार बनाउने बताए ।

मधेसवादी दलसँगको निरन्तर छलफलबाट सहमतिको अन्तिम अवस्थामा पुगिसकेको दाबी गरे । देशको समृद्धिका लागि प्रतिपक्षलाई पनि साथ लिएर जाने उनको भनाइ थियो । नेता शर्माले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’लाई दमन नगरेको बताउँदै विप्लवसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

फरक प्रसंगमा नेता शर्माले सदनमा समृद्धको बहस तथा भष्ट्राचार अन्त्य गर्ने बहस पहिलोपटक चलेको बताउँदै देश समृद्ध बनाउने दिशामा अघि बढेको दाबी समेत गरेका थिए ।

कार्यक्रममा कपिलवस्तु प्रतिनिधी सभाका सासंद बलदेव खनालले पाचँ नम्बर प्रदेशको स्थायी राजधानी कपिलवस्तुमै हुनुपर्ने बताए । उनले बुटबल औद्योगीकीकरणमा विस्तार भईसकेकोले नयाँ ठाउँमा राजधानि बनाएमा सहर पनी बन्ने भएकाले कपिलबस्तुको तिलौराकोटमा नै ठिक हुने बताए ।

कार्यक्रम प्रेस सेन्टरका जिल्ला अध्यक्ष गणेश खनालको अध्यक्षता र माधब बेल्बासेको सन्चालनमा सम्पन्न भएको थियो ।

Advertisement

१०८ औं अन्तराष्ट्रीय महिला दिवस अर्घाखाँचीमा पनि मनाईयो (तस्बिरहरु सहित)

श्याम घिमिरे
फागुन २४, अर्घाखाँची

१०८ औं अन्तराष्ट्रीय महिला दिवसको अबसरमा जिल्ला सदरमुकाम सन्धिखर्कमा विशेष कार्यक्रम सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालय र सन्धिखर्क नगरपालीकोे मुख्य आयोजना साथै विभिन्न राजनीतिक दलका महिला संगठन र जिल्लामा रहेका संघसंस्थाहरुको सह आयोजनामा सम्पन्न भएको कार्यक्रममा जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरु,बिभिन्न दलका प्रतिनिधीहरु,सन्चारकर्मी,तथा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

दिवसको अवसरमा खुल्ला गित प्रतियोगिता गर्नुपूर्व सन्धिखर्क शान्ति बगैचाबाट शुरु भएको ¥याली सन्धिखर्क बजारका मुख्य मुख्य चोकको परिक्रमा गरी जिबिस सभाहलमा पुगी कार्यक्रममा परीणत भएको थियो । ९ समुहको सहभागीता रहेको चेतनामुलक खुल्ला गित प्रतियोगितामा मिलिजुली महिला बिकास समुह सनपा १२ प्रथम,लालिगुराँस महिला विकास बचत तथा ऋण सहकारी समूह किमडाँडा द्धतिय, घुम्तीनरपानी समुह तृतिय र लुम्बिनि बिकास समुहले शान्तोना स्थान प्राप्त गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि ५ नम्बर प्रदेशसभा सदस्य जालपा भुसालले महिला अधिकार स्थापना गर्न सबै एकजुट हुनुपर्ने बताउनु भएको थियो । भुसालले सानातिना कुराहरुमा नअलमल्लीकन देशलाई सम्बृद्धि बनाउन अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भएको थियो । साथै उहाँले पटकपटकको लडाईले महिलाका अधिकारहरु सुनिश्चित हुन नसकेको भन्दै देश पार्टी भन्दा ठुलो भएकाले पार्टी भन्दा माथी उठेर अगाडी बढ्न सबैलाई आग्रह समेत गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसाल,सन्धिखर्क नगरपालीकाका प्रमुख कमलप्रसाद भुसाल,उपप्रमुख ठाकुर कुमार बिक,प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,प्रहरी नायब उपरीक्षक एकनारायण काईराला, एमालेका जिल्ला उपाध्यक्ष जीवनारायण काईराला ,नेपाली काँग्रेसका उपसभापति शान्ता भण्डारी, माओबादी केन्द्रकी सहसंयोजक छमकुमारी खनाल, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल, अनेमसंघकी केन्द्रीय सदस्य विजुला रायमाझीे, अनेमसंघ क्रान्तिकारीका कमला भुसाल भण्डारी, अनेमसंघकी नेतृ सकुन्ता राना, ,कल्पना पोख्रेल, ईश्वरा पोखरेल, सुनिता बेल्बासे,उषा पुन,विष्णु आचार्य, सुआहाराका प्रमुख सुनिल खतिवडा,पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी, लगायतले मन्तव्य राख्दै महिला समानताका लागि आफुहरु कुनैपनि खालको सहयोग गर्न तयार रहेको भन्दै दिबस सफलताको शुभकामना समेत दिनु भएको थियो ।

कार्यक्रम महिला तथा बालबालिका कार्यालयका निमित्त महिला विकास अधिकृत विमला लम्सालको अध्यक्षता, छमा कार्कीको स्वागत मन्तव्य र सुशिला गैरेको संचालनमा सम्पन्न भएको थियो ।

विश्वकप क्रिकेट छनोट : नेपाललाई स्कटल्याण्डविरुद्ध जित्नै पर्ने दबाब

काठमाडौं, फागुन २३ – सन् २०१९ मा इंग्ल्याण्डमा आयोजना हुने विश्वकपमा स्थान बनाउने लक्ष्यका साथ जिम्बावेमा छनोट प्रतियोगिता खेलिरहेको नेपालले भोलि स्कटल्याण्डको सामना गर्दैछ । पहिलो खेलमा आयोजक जिम्बावेसँग ११६ रनको भारी अन्तरले पराजित भएको नेपाल जितको खोजीमा छ ।

विश्वकपमा छनोट नभए पनि कम्तीमा एकदिवसीय मान्यताको बाटो सहज बनाउन नेपाललाई स्कटल्याण्डविरुद्धको खेल जित्नु पर्नेछ । समूहचरणमा शीर्ष तीनभित्र रहेर सुपर सिक्स चरणमा पुग्नका लागि भने नेपाललाई जित्नै पर्ने दबाब रहनेछ ।

स्कटल्याण्डविरुद्धको खेल जिम्बावेको बुलावायोमा रहेको क्वीन्स स्पोर्ट क्लबको मैदानमा दिउँसो सवा १ हुनेछ । जुन मैदानमा नेपालले घरेलु टिमसँग हार ब्यहोरेको थियो । जारी प्रतियोगितामा समूह चरणका यसअघिका दुई खेल जितेर स्कटल्याण्ड समूह बीको शीर्ष स्थानमा छ । उसले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले र हङकङलाई ४ विकेटले हराएको थियो ।

अफगानिस्तानविरुद्धको जितमा स्कटल्याण्डका कोलुम म्याकलोइडले १५७ रनको शानदार पारी खेलेका थिए । प्रतियोगिताको अहिलेसम्म एकै इनिङमा सर्बाधिक रन बनाउने खेलाडी उनै हुन् ।

हङकङलाई ९१ रनमा रोक्नका लागि टम सोलले १० ओभरमा ५ मेडन राख्दै १५ रन खर्चिएर ४ विकेट विकेट लिएका थिए । नेपालविरुद्ध यी दुई खेलाडी ठूलो चुनौति हुन सक्छन् ।

हेड टू हेडमा स्कटल्याण्डविरुद्ध नेपालको यसअघिका प्रदर्शन राम्रो छैन । स्कटल्याण्डसँग तीन वटा एकदिववीय खेल खेलिसकेको नेपालले सबै खेलमा हार ब्यहोरेको छ । बिहीबारको खेल नेपाललाई स्कटल्याण्डविरुद्ध पहिलोका साथै विश्वकपमा छनोट हुनेका लागि अवसर पनि हुनेछ ।

नेपालले ४ वर्षअघि न्यूजिल्याण्डमा भएको एकदिवसीय विश्वकप छनोटमा स्कटल्याण्डसँग पराजय ब्यहोरेको थियो । नेपालले स्कटल्याण्डले दिएको २५० रनको लक्ष्य पछ्याउने क्रममा ४६.१ ओभरमा १५९ रनमा समेटिएको थियो । स्वास्थका कारण कप्तान पारस खड्का टिममा नरहे पनि त्यतिबेलाका ४ खेलाडी अहिले पनि नेपालको टोलीमा छन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले स्कटल्याण्डसँग उसकै मैदानमा २ खेल खेलेको थियो । २०१५ को जुलाई २९ र ३१ मा खेलिएको दुवै खेलमा नेपाल पराजित भएको थियो । पहिलो खेलमा नेपालले २३६ रनको लक्ष्य पछ्याउने क्रममा २३२ रन मात्र बनाउन सकेको थियो ।

वर्षाका कारण ३६ ओभरमा झारिएको खेलमा नेपालका लागि ओपनर अनिलकुमार मण्डलले शतकीय पारी खेलेका थिए भने कप्तान पारसले ७० रन बनाएका थिए । नेपालले ३६ ओभरमा ५ विकेट गुमाएर २३२ रनमात्र बनाएपछि ३ रनको हार बेहोरेको थियो ।

त्यसको २ दिनपछि भएको अर्को खेलमा भने नेपालले पहिले ब्याटिङ गरेर ४९.१ ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनाएको थियो । जवाफमा स्कटल्याण्डले १३.५ ओभरमा १ विकेट गुमाएर १११ रन बनाउँदा खेल वर्षाले बिथोलियो र डकवर्थ लेविस नियम अनुसार स्कटल्याण्ड ९ विकेटले विजयी भयो ।

Source: Ujyaaloonline