सन्धिखर्क २ कुरमा सिटिभ्यु टाबरको शिलान्यास ।

श्याम घिमिरे फागुन २० अर्घाखाँची
सन्धिखर्क नगरपालीकाको आर्थिक सहयोग र स्थानीय बासीहरुको जनश्रमदानमा सन्धिखर्क २ कुरमा सिटिभ्यु टाबर बन्ने भएको छ । टाबरको आज एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालीकाका प्रमुख कमलप्रसाद भुसालले शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा मनतब्य राख्दै प्रमु

ख भुसालले पर्यटन पुर्बाधारमा टाबर निर्माणले महत्वपुर्ण भुमिका निर्वाह गर्ने भन्दै यसको माध्यमबाट नगरलाई आर्थीकरुपमा समेत सम्बृद्धीगर्न सकिने बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा मनतब्य राख्दै सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिकले टाबर निर्माणले सिङ्गो जिल्लाको पर्यटन क्षेत्रमा टेबापुग्ने भन्दै यसको निर्माणमा सबै क्षेत्रको ध्यान जानुपर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रम सन्धिखर्क २ का वडाअध्यक्ष मोतिजंग रायमाझीको अध्यक्षता र स्थानीय प्रदिप नेपालीको सन्चालनमा सम्पन्न भएको हो । टाबर निर्माणका लागी सन्धिखर्क नगरपालीकाले रु एघार लाख रुपैया आर्थिक सहयोग समेत गरेको छ ।

 

Advertisement

नेविसंघ अर्घाखाँची स्थानिय तह अनुसार संगठन बनाउँन गाउँमा

नेविसंघ अर्घाखाँची स्थानिय तह अनुसार संगठन बनाउँन गाउँमा

घनश्याम पौडेल
अर्घाखाँची, १९ फागुन । नेपाल विद्यार्थी संघ अर्घाखाँची संघीय संरचना अनुसार स्थानिय तहमा संगठनलाई मजवुत बनाउँन लागेको छ । ६ स्थानिय तह रहेको अर्घाखाँचीको शितगंगा नगरपालिकामा नेविसंघले महेश खनालको अध्यक्षतामा कार्यसमिती चयन ग¥यो ।
शनिबार नेविसंघका जिल्ला अध्यक्ष युवराज पाण्डेको प्रमुख अतिथ्यतामा सन्धिखर्क नगरपालिका र छत्रदेव गाउँपालिकामा पनी भेला छलफल तथा पालिका कमिटीको गठन ग¥यो ।

सन्धिखर्क नगरपालिकामा भरतमणि भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितीको सर्वसम्मत चयन भयो । छत्रदेवमा सञ्जय पाण्डेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितीको सर्वसम्मत चयन भयो ।

छत्रदेवमा भएको कार्यक्रममा कांग्रेसका नेता बाबुराम पौडेल, नेविसंघ जिल्ला अध्यक्ष युवराज पाण्डे, पुर्व जिल्ला अध्यक्ष मेघराज पाण्डे, जिल्ला उपाध्यक्षद्धय नेत्र मरासिनी, सुरज रायमाझी, क्षेत्रीय सभापती नविन पौडेल, स्वतन्त्र विद्यार्थी युनियन पाणिनी बहुमुखी क्याम्पस कोषाध्यक्ष घनश्याम पौडेल लगाएतले नेविसंघ बलीयो भएमा मात्रै कांग्रेस बलियो हुने भएकाले संगठन बनाउँन सवै लाग्नुपर्ने बताए ।

नेविसंघ अर्घाखाँचीले गाउँ तथा नगरको समन्वयमा स्थानिय तह स्तरीय कमिटी गठन गर्दै अगाडी बढ्ेको जिल्ला सचिव कृष्ण पौडेलले जानकारी दिए । पौडेलका अनुसार आउँदो फागुन २४ गते जिल्लाको पाणिनी गाउँपालिका र भुमिकास्थान नगरपालिकामा नेविसंघको भेला तथा कमिटी गठनको कार्यक्रम तय भएको छ ।