क्रान्तिकारी पत्रकार संगठन अर्घाखाँचीको दोश्रो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा अनिल नेपाली निर्वाचित ।

श्याम घिमिरे चैत्र १२ अर्घाखाँची

वाक स्वतन्त्रता राष्ट्रिय स्वाधीनता र आमूल परिवर्तनको लागी जनपक्षीय पत्रकारीता भन्ने मूल नाराका साथ क्रान्तिकारी पत्रकार संगठन अर्घाखाँचीको दोश्रो जिल्ला सम्मेलन सोमबार सन्धिखर्कमा सम्पन्न भएको छ ।

सम्मेलनको उद्घाटन गर्दे क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सचिवालय सदस्य तथा लुम्विनी व्युरो ईन्चार्ज प्रकाश डुमे्रले आस्थाकै आधारमा पत्रकार माथि धरपकड गर्नु दुःखद भएको बताउनु भएको थियो । पत्रकारले राजनितिक लिडरको मात्र समाचार नलेखेर गरिब निमुखा जनताको पनि समाचार लेखी जनपक्षीय पत्रकारितामा कलम चलाउन जोड दिनु भएको थियो ।

अर्को फरक प्रशंगमा बोल्दै डुम्रेले नेपाली पत्रकारिता जगत बदनाम बन्दै गएको भन्दै पेशागत मर्यादामा बस्न समेत अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा नेकपाका जिल्ला सेक्रेटरी खेम घर्ती, जिल्ला जनसरकार प्रमुख पिताम्वर पोख्रेल, पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जि.सी लेकाली, प्रेस सेन्टर नेपालका अध्यक्ष गणेश खनाल, प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सदस्य श्याम घिमिरे,पे्रस चौतारीका जिल्ला सचिब अर्जुन भुसाल पर्यटन पत्रकार संगठन ५ प्रदेश संयोजक जितेन्द्र खत्री नवलपरासी अध्यक्ष शिव डुम्रे, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य कुलराज बन्जाडे लगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

सम्मेलनले अनिल नेपालीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला तदर्थ समितिको गठन गरेको छ । जसको सचिब मा अंकित जि.सी, कोषाध्यक्षमा सुरज सुरेन्द्र सुनार रहनु भएको छ ।

कार्यक्रम संगठनका जिल्ला अध्यक्ष अनिल नेपालीको अध्यक्षता सुरज सुरेन्द्रको स्वागत मन्तब्य र विष्णु राउतको सञ्चालमा सम्पन्न भएको थियो ।

Advertisement

मितज्यु सामाजिक बिकास केन्द्र द्धारा सुपा देउराली प्रवेश द्वारको शिल्यानास ।

श्याम घिमिरे चैत्र १२ अर्घाखाँची

मितज्यु सामाजिक बिकास केन्द्र द्धारा सुपा देउराली प्रवेश द्वारको शिल्यानास कार्यक्रम आईतबार सम्पन्न भएको छ । मितज्यु सामाजिक विकास केन्द्रले कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वार्ड नम्बर– २ गोरूसिंगे चोकमा जिल्लाको प्रसिद्ध मन्दिर सुपा देउराली प्रवेश द्वार गेट निर्माण गरि कपिवस्तु र अर्घाखाँची जिल्ला भित्र रहेका विभिन्न धार्मिक, पर्यटकीय ,ऐतिहासिक ,पुरातात्विक कुरालाई झल्काउने मुख्य उद्धेश्यका साथ सुपा देउराली प्रवेश द्वार गेटको निर्माण गरी देश विदेशसम्म प्रचारप्रसार गरि अर्घाखाँची जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राई समृद्ध अर्घाखाँची बनाउने मुलमन्त्रका साथ गेट निर्माण गर्न लागिएको आयोजकले जनाएको छ ।

29665820_1873688019362127_2029423044_n

द्वारको आइतबार एक समारोह बीच पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले शिलान्यास गर्नु भएको हो ।

गोरुसिङगेमा सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसदद्धय चेतनारायण आचार्य, रामजि घिमिरे त्यस्तै सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल सितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारी, बुद्धभुमी नगरपालीका प्रमुख केशवकुमार श्रेष्ठ,सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, सनपा १ का अध्यक्ष युवराज बन्जाडे, निर्माण ब्यबसायी नारायण प्रसाद बन्जाडे, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद खनाल, पोखरा अर्घाखाँची सम्पर्क समाजका महासचिव लिला बहादुर जीसी, प्रहरी निरीक्षक मनोहर श्रेष्ठ , नेपाल विधुत प्राविधिकरण तौलिहवा शाखा प्रमुख कृष्ण पौडेल ,कृष्ण खनाल , बसन्त श्रेष्ठ , तोज बहादुर रायमाझी , डिजाइनर एल पि पान्डे, गायक कमल सौराग,लगायतको उपस्थीति रहेको थियो ।

कार्यक्रम युवराज थापाको अध्यक्षता र योगेन्द्र चौहानको सन्चालनमा सम्पन्न भएको हो । गेट निर्माणका लागि मितज्यु नामक संस्थाले लगानि गर्ने भएको खबरमा जनाईएको छ ।

 

सवालमा आधारिक बहश गर्दै स्थानीय सभा

बसन्त श्रेष्ठ चैत्र १२ अर्घाखाँची

एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा छत्रदेब गाउँपालिका ७ भगवतिमा स्थानीय सभा सम्पन्न भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत भगवतिमा भएको कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि तथा बिपद व्यवस्थापन सम्बन्धी सवालहरुमा छलफल गर्दै स्थानीय सभा सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय सभाका संयोजक तथा वडा अध्यक्ष शोभाखर पाण्डेले पारस्परिक जवाफदेहिता परियोजना सुशासन अभिबृद्धि गर्न सघाउ पु¥याउने माध्यम बनेको बताउनुभयो । पाण्डेले परियोजना सञ्चालनमा आएपछि शिक्षा, स्वास्थ्य र कृषिका सानो सानो कार्यमा आएको सुधारले सेवाग्राही लाभ लिएको बताउनुभयो ।
उहाँले कुनै पनि सार्वजनिक निकायमा गुनासो पेटिका, गुनासो सुनुवाई सम्यन्त्रको व्यवस्था हुँदा पनि सुशासन अभिबृद्धिमा सघाउ पु¥याउनुभयो । स्थानीय सभाले वडा तहका समस्या तथा सवालहरुमा छलफल गरी वडा तहमै समाधान गर्न र वडातहमा समाधान नहुने समस्या तथा सवाललाई जिल्ला तहमा पु¥याउन सघाउ पुगेको पनि बताउनुभयो । सरस्वति माबिका प्राचार्य ठाकुर प्रसाद पाण्डेले परियोजनाले वडामा सुशासन साथै शिक्षा स्वास्थ्य र कृषिको सेवा प्रवाहमा गुणस्तरीयता ल्याएको बताउनुभयो ।
भगवति स्वास्थ्य चौकी इन्चार्ज ठाकुर प्रसाद पाण्डेले आफुहरुले गर्ने छलफलले वडा तहमा स्वास्थ्य सेवामा काम गर्दा सचेत बनाएको बताउनुभयो । कृषि क्षेत्रमा आफुले पाउने सेवाको बारेमा जानकारी र प्रदान गर्ने सेवाको बारेमा कृषकहरु सचेत हुने गरेको कृषि प्राबिधिक प्रकास घिमिरेले बताउनुभयो । युएसएआईडीको आर्थिक सहयोग, एफएच आई ३६० र एकीकृत ग्रामीण विकास समाज गुल्मीको सहकार्यमा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजनाले स्थानीय सभामा बिभिन्न वडा तहमा उठेका सवालमा छलफल गरी समाधानको लागि पहल गर्दै आएको संस्थाका जिल्ला अध्यक्ष हृदय कुमार भुसालले बताउनुभयो ।
कार्यक्रम स्थानीय सभा संयोजक शोभाखर पाण्डेको अध्यक्षता र पारस्परिक जवाफदेहिता परियोजना जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

सन्धिखर्क नगरपालीका वडानम्बर १ ले आफ्नै भबनबाट सेबा दिने ।

IMG_20180326_221702

प्रेमनारायण आचार्य चैत्र १२ अर्घाखाँची

सन्धिखर्क नगरपालिका वडा नम्वर १ को वडा कार्यलयले आफ्नै भवनबाट सेवा प्रवाह सुचारु गरेको छ । नव निर्माणधीन भवनको आज वैदिक विधि पुर्बक पुजा आजा गरि सन्धिखर्क नगरपालिकाका प्रमुख कलम प्रसाद भुसालले उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख भुसालले सन्धिखर्क नगरलाइ स्मार्ट सिटीको परि कल्पना गरि नमुना बनाउने गरि काम भैरहेको बताउनु भएको छ । उहाले सन्धिखर्क नगरपालिकालाइ भ्रष्टाचार मुक्त नगर बनाउने अभियानमा आफुहरु लागेको बताउनु भयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकीय अधिकृत रमेह गौतम, वडा नं २ का वडा अध्यक्ष मोतीजंग रायमाझि, ३ का अध्यक्ष लिलाराम गौतम, पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल, महिला नेतृ शुसिला बन्जाडे लगायतले मन्तब्य राख्नु भएको थियो।

नव निर्माणाधीन भवनको पंडित जीवराज चुँदालीले वैदिक बिधि पुर्बक पुजाआजा गर्नु भएको थियो । कार्यक्रम सन्धिखर्क नगरपालिकाका अध्यक्ष युवराज बन्जाडेको अध्यक्षता, सदस्य लक्ष्मण पराजुलीको सञ्चालन र सुमित्रा मुखीयाको स्वागतमा सम्पन्न भएको हो ।

कतार नेपाली एकता समाजको सैलियामा इकाई समिति गठन

received_2087407601502615.jpegराम प्रसाद पराजुली मार्च २६ दोहा कतार

दोहा कतारको सैलियामा कतार नेपाली एकता समाज सैलिया एरिया समिति अन्तर्गत इकाई समितिको गठन भएको छ ।

लक्षमण कोइराला र गेजमान सिंह विकको पहलमा वृहत भेला बसीे पुर्णबहादुर वि.क को अध्यक्षतामा सात सदस्यीय इकाई समिति गठन गरिएको हो । जसको सचिवमा जनक कार्की, कोषाध्यक्ष तुल्सीराम विक सदस्यहरुमा हेमराज निरौला, तोलाकान्त भण्डारी, प्रमोद चौधरी र छत्रबहादुर वि.क रहनुभएको छ ।

भेलामा समाजका प्रथम उपाध्यक्ष हेमन्त वाईबा र कोषाध्यक्ष धनबहादुर परियारले प्रशिक्षण समेत दिनुभएको थियो ।