विश्व प्रसिद्ध भौतिकशास्त्री स्टिभन हकिङको निधन

चिरन्जिबी घिमिरे
अमेरिका


‘म मृत्युसँग डराउँदिन । तर मलाई मर्नका लागि हतार छैन । मेरो लागि गर्नुपर्ने धेरै काम बाँकी छ।’- वर्तमान युगका महान बैज्ञानिक स्टिफन हकिङ यसै भन्थे ।

प्रोफेसर स्टीफन हकिंगको ७६ वर्षको उमेरमा मृत्यु भएकोछ। संसारको सबै भन्दा महान वैज्ञानिकको आज बिहान क्याम्ब्रिजमा मोटर न्यूरोन रोग संगको लामो युद्धपछि आफ्नो घरमा शान्तिपूर्वक मृत्यु भएको उनको परिवारले बताएको छ।

29178907_1901314219892155_1357480012252446720_n

Picture: Facts Research & Analyst

प्रोफेसर हकिंगको सन् १९६३ मा २१ वर्षको हुँदा स्नायुप्रणालीको मोटर न्युरोनसम्बन्धी दुर्लभ रोग लागेको पत्ता लागेपछि चिकित्सकहरूले हकिङ धेरै वर्ष नबाँच्ने बताएका थिए, तर उनि ५५ वर्ष सम्म बच्न सफल भए। त्यो रोगले उनलाई ह्वील्चेअरमा सीमित गरिदियो र उनी एउटा विशेष खाले यन्त्र सिन्थेसाइजरको सहायताले मात्र बोल्न सक्थे।

अब उनको भौतिक शरीर हामीबीच छैन । शारीरिक रुपले अशक्त भएर पनि उनी पुरै युग हाँक्ने बैज्ञानिक थिए । जबकी विद्यालय जीवनमा उनी अति सामान्य विद्यार्थी थिए । उनको पढाई-लेखाई राम्रो थिएन । उनको भविष्यप्रति शिक्षकहरु समेत चिन्तित थिए । तर, त्यही कमजोर बालक स्टीफन हकिंगको रुपमा विख्यात भए, भौतिक विज्ञानको आलोकमा टेकेर। शारीरिक कमजोरीले प्रतिभालाई रोक्दैन भन्ने उनी आफैमा उत्कृष्ट दृष्टान्त हुन् ।

५५ वर्षमा उनि अल्बर्ट आइन्स्टीन पछिका विश्वको सबैभन्दा प्रसिद्ध वैज्ञानिक बने। ब्रिटेनका नागरिक हकिङले ‘ब्ल्याक् होल्’ र सापेक्षताका बारे अभूतपूर्व शोध गरेका थिए।

Advertisement

न्यायपरिषद्को पत्र विवादमा, प्रधानन्यायाधीशको जन्ममिति २०११ वैशाख १३ गते भएको पनिकाद्वारा स्पष्ट

फागुन ३०, २०७४ काठमाडौं :

न्यायपरिषद्का सचिव भूपध्वज निरौलाले जारी गरेको प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएको व्यहोराको विज्ञप्ति विवादमा परेको छ।

परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमी भक्तपुरले परिषद्लाई पठाएको पत्र सार्वजनिक भएलगत्तै परिषद्को तथ्यगत त्रुटि फेला परेको हो।  सचिव निरौलाले जारी गरेको विज्ञप्तिमा प्रधानन्यायाधीश पराजुली उमेरहदका कारण २०७४/४/२१गते पदमुक्त भएको उल्लेख छ। जुन पत्रको हवाला दिँदै निरौलाले विज्ञप्ति जारी गरेका छन् त्यो पत्रअनुसार पराजुलीको ६५ वर्षे उमेरहद २०७५/१/१३ गते पुग्ने देखिएको छ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बीका रेग्मीले उक्त पत्र सही भएको पुष्टी गरेका छन्। ‘परिषद्ले गोपाल पराजुलीको जन्मबारे जानकारी मागेको थियो सोहीअनुसार यो पत्र पठाएका हौँ’, रेग्मीले थाहाखबरलाई भने। निरौलाले जारी गरेको विज्ञप्तिमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले बुधबार पठाएको च. न. ४२४/०७४/७५ को पत्रमा पराजुलकी उमेरबारे जानकारी भएको उल्लेख छ। जबकी उक्त पत्रमा पराजुलीको जन्ममिति २०११/०१/१३ गते रहेको भनेर परिषद्लाई लेखिएको छ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बीका रेग्मीले उक्त पत्र सही भएको पुष्टी गरेका छन्। ‘परिषद्ले गोपाल पराजुलीको जन्मबारे जानकारी मागेको थियो सोहीअनुसार यो पत्र पठाएका हौँ’, रेग्मीले थाहाखबरलाई भने। यसअनुसार, परीक्षा नियन्त्रण कार्यालयले पठाएको पत्रको हवाला दिँदै सचिव निरौलाले गलत तथ्य राखेर प्रधानन्यायाधीश पदमुक्त भएको विज्ञप्ति जारी गरेको पाइएको छ।

पढ्नुहोस् : प्रधानन्यायाधीश पराजुली पदमुक्त, प्रधानन्यायाधीश पराजुलीबाट लिइन् राष्ट्रपति भण्डारीले शपथ, राष्ट्रपतिलाई शपथ र प्रधानन्यायाधीश पदमुक्त सँगसँगै परिषद् सचिवको पत्र अवैध, प्रधानन्यायाधीश पदमुक्त छैनन् : वरिष्ठ अधिवक्ता बिडारी हेर्नुस् पत्रहरू: परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले न्याय परिषद्लाई पठाएको पत्र: न्याय परिषद्का सचिव भूपध्वज निरौलाले प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको भनि जारी गरेको विज्ञप्ति

Source: thahakhabar

‘पदमुक्त’ प्रधानन्यायाधीशबाटै राष्ट्रपतिले लिइन् सपथ

३० फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ लिएकी छन् । उनले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष सपथ लिएकी हुन् ।

राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायपरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो । न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ लिएकी हुन् ।

न्यायपरिषदको पत्रमा पराजुली उमेर हदका कारण गत साउन २१ गतेदेखि नै प्रधानन्यायाधीश पदमा नरहेको स्पष्ट पारिएको छ ।

पदमुक्त भइसकेको भनिएको ब्यक्तिबाट राष्ट्रपति भण्डारीले लिएको सपथलाई वैधानिकता मान्ने वा नमान्ने भन्ने गम्भीर संवैधानिक प्रश्न उब्जिएको छ ।

हेर्नुस् सपथ समारोहका तस्वीरहरु : 

    

source:onlinekhabar

कसरी भयो प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको निर्णय ?

काठमाडौं, फागुन ३० – जन्ममितिको विवादले सर्वोच्चका न्यायाधीश नै विवाजित भएपछि प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिन्छन् कि बिदामा बस्छन् भन्ने अड्कलबाजी भएपनि उहाँ आफैं अध्यक्ष रहेको न्यायपरिषदले पदमुक्त गर्छ भन्ने कल्पनासमेत कसैले गरेका थिएनन् ।

तर बुधबार दिउँसो प्रधानन्यायाधीशको हैसियतमा पराजुलीले नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई शपथ गराइरहँदा अप्रत्याशित रुपमा न्याय परिषदको निर्णय सार्बजनिक भयो । पराजुली शितल निवासमा पुग्नुअघि नै न्याय परिषदले उहाँ पदमा नरहेको जानकारी राष्ट्रपति कार्यालयमा गराएपनि राष्ट्रपति र उहाँका सचिवालय बेखबरजस्तै थिए । भव्य समारोहकाबीच राष्ट्रपतिलाई शपथ गराइरहेका पराजुलीको अनुहारमा पनि त्यस्तो कुनै छनक देखिएको थिएन ।

राष्ट्रपतिलाई शपथ गराइरहँदा प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको खबर सार्बजनिक भयो । राष्ट्रपतिले पदमुक्त प्रधानन्यायाधीशबाट शपथ लिनुभयो । उहाँको यो शपथ वैधानिक हुन्छ कि अवैधानिक हुन्छ भन्ने प्रश्न उब्जेको छ ।

पराजुलीलाई थाहै नदिई निर्णय !

प्रधानन्यायधीश आफैं न्याय परिषदको अध्यक्ष हुने व्यवस्था छ । परिषदमा सर्वोच्चका वरिष्ठ न्यायाधीश दिपकराज जोशी, कानुन मन्त्री, वरिष्ठ अधिवक्ता पदमप्रसाद वैदिक र रामप्रसाद सिटौला सदस्य छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै अहिले कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

परिषदका अध्यक्ष स्वयं पराजुली भएपनि बुधबार दिनभरको घटनाक्रम हेर्दा परिषदले गरेको निर्णयबारे उहाँ बेखबर रहेको बुझिन्छ । राष्ट्रपतिलाई शपथ गराउन उहाँ शितल निवास पुगेको बेला न्याय परिषदका सचिव नृपध्वज निरौलाले  प्रधानन्यायाधीश पराजुली पदमा नरहेको पत्र सार्वजनिक गर्नुभयो। त्यसको बोदार्थ राष्ट्रपति कार्यालय, संवैधानिक परिषद, प्रधानमन्त्री कार्यालय र सर्वोच्च अदालतलाई गराइएको छ ।

न्यायपरिषद्को सचिवस्तरीय निर्णयबाट प्रधानन्यायाधीश पराजुलीको अवकाश भइसकेको जानकारी पत्रमार्फत गराइएको हो।  पत्रमा प्रधानन्यायाधीश पराजुली गत साउन २१ गते नै ६५ वर्षको उमेर हद पार गरिसकेको जानकारी गराउँदै उनी अब पदमा नरहेको उल्लेख छ।

प्रधानन्यायाधीशको उमेर विवाद सम्बन्धि शैक्षिक प्रमाणपत्र तथा अरु कागजात हेरेर बुधबार नै पराजुली पदमा नरहेको निर्णय भएको हो। न्यायपरिषदका सचिवले यो निर्णय गर्न पाउँछन् कि पाउँदैनन् भन्ने अर्को प्रश्न पनि उठेको छ । सँगै पदमुक्त भैसकेको अवस्थामा पराजुलीले कसरी राष्ट्रपतिलाई शपथ गराए भन्ने गम्भीर प्रश्न पनि उब्जेको छ ।

न्याय परिषदले यस्तो निर्णय नै गर्नुथियो भने अघिल्लो दिन नै नगरेर राष्ट्रपतिको शपथकै बेला पारेर किन गरेको भनेर प्रश्न गर्नेहरु पनि छन् ।

पराजुलीको जन्ममिति विवाद सडकदेखि सर्बोच्चसम्म

जन्ममितिको विवादमा तानिएका प्रधानन्यायाधीश पराजुलीको विषयलाई लिएर न्यायालय नै विभाजित हुन पुग्यो । पराजुलीको सेवाअवधि सकिएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीशले तोकेको इजलास नै बहिष्कार गरे । चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चका ९ न्यायाधीशले पराजुलीको नेतृत्वमा न्यायसम्पादन गर्न छाडेका थिए ।

प्रधानन्यायाधीश पराजुलीको पक्ष र विपक्षमा नेपाल बार एशोसिएसन पनि विभाजित भयो । पराजुलीको वैधताबारे विवाद बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत उचित निकास दिन सल्लाह दिए । यसअघि नै पराजुलीलाई बालुवाटार बोलाएर ओली र प्रचण्डले बिदामा बस्न या राजीनामा दिन सुझाव दिएका थिए । तर पराजुलीले सुझाव मान्नुभएन । राष्ट्रपति समेत शपथ लिन तयार भएको बुझेपछि पराजुलीको मनोबल बढ्यो ।

यही मनोबलका साथ उहाँ राष्ट्रपतिलाई शपथ गराउन शितल निवास पुग्नुभयो र शपथ पनि गराउनुभयो । सँगै न्याय परिषदको सचिवस्तरीय निर्णयबाट उहाँ पदमुक्त भएको खबर सार्बजनिक भयो ।

source:ujyaaloonline

चाउचाउको लोभ देखाई बालिकालाई बलात्कार गर्ने पक्राउ

फागुन ३०, २०७४ गुल्मी : बालिका बलात्कार गरेको आरोपमा गुल्मीको इस्मा गाउँपालिका–४ का १६ वर्षीय हिमाल दमाईलार्ई प्रहरीले पक्राउ गरेको छ।

आरोपित युवकले मंगलबार दिउँसो सोही गाउँपालिका–३ की ६ वर्षीया एक बालिकालाई चाउचाउ र पैसाको लोभ देखाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए।

घरमा आएपछि बालिकाले आमासँग आफूलाई दुखेको र रगत पनि आएको बताएपछि बालिकाकी आमाले के भयो भनेर सोधपुछ गरेपछि मात्र बालिकाले घटनाबारे जानकारी गराएकी थिइन्।

घटना लगत्तै बुधबार बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि दर्जीलाई पक्राउ गरी सदरमुकाम ल्याइएको छ। बालिकाको घर नजिकै घर बनाउने काममा खटिएका युवक काम सकेर घर फर्कने क्रममा स्थानीय मन्दिर नजिकै खेलिरहेकी बालिकालाई बोलाएर चाउचाउको लोभ देखाउँदै बलात्कार गरेको प्रहरीले जनाएको छ।

पीडित बालिकालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचापछि गएराति नै जिल्ला अस्पताल तम्घास ल्याइएको छ।

source:thahakhabar