जिल्ला प्रहरी कार्यालय अर्घाखाँची द्धारा १३ वटा मोटरसाईकल बितरण ।

श्याम घिमिरे चैत १५ अर्घाखाँची
प्रहरी प्रधान कार्यालय सवारी महाशाखा नक्साल काठमाण्डौबाट अर्घाखाँची जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुको लागि निकाशा भएको १५० सि.सिको बजाज भि. १५ मोटरसाईकल ५ वटा र अपाची मोटरसाईकल ७ वटा तथा पाणिनी गाउँपालीकाबाट प्रहरी चौकी पालीको लागि १२५ सि.सि. को डिस्कोभर मोटरसाईकल १ गरी जम्मा १३ वटा मोटरसाईकल मौज्दात रहेकोमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतका प्रहरी युनिटहरुको लागि बुधबार उलब्ध गराईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रबक्ता द्धारा जारी प्रेस बिज्ञप्तीमा जनाईएको छ । हस्तान्तरणपछि जिल्लाभर  शान्ती सूरक्षा कायम राख्नको लागि थप सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।

 

Advertisement