महिला हिंसा न्यूनिकरणका लागि आर्धिक शसक्तिकरणमा जोड

हरि प्रसाद भुसाल, फागुन २३ सन्धिखर्क

अन्तराष्टिय महिला दिवसको पूर्वसन्ध्यामा अर्घाखाँचीका सरोकारवालाहरुले महिला हिंसा न्यूनिकरणका लागि आर्धिक शसक्तिकरणमा जोड दिएका छन् ।

जनचेतना सरकोकार मन्चले सदरमुकाम सन्धिखर्कमा गरेको संयुक्त जग्गाधनी प्रमाण्पूर्जा सम्वन्धी अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्नेहरुले महिला अधिकार कागजमा आइसकेको भएपनि यसलाई कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शंकर प्रसाद भुसाल, महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमुख बिमला लम्साल, नेपाल पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी, गैसस महासंघका सचिव राधा नेपाली, अन्तरपार्टी महिला सन्जालकी अध्यक्ष शुशिला गैरे, मालपोत कार्यालयका नायव सुव्वा रुकेन्द्र पालुङ्गे लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा युवराज ज्ञवालीले कार्यक्रमको औचित्य र संयुक्त जग्गाधनी प्रमाण पुर्जाको महत्वको विषयमा परियोजना अधिकृत युवराज ज्ञवालीले कार्यपत्र प्रस्मुत गरेका थिए । कार्यक्रम कमल पोख्रेलको संचालनमा सम्पन्न भएको हो।

Advertisement

माओवादी केन्द्र पाणिनी गाँउपालिका को सचिवालय स्तरीय बैठक सम्पन्न

सन्धिखर्क एफएम फागुन २३ अर्घाखाँची
ने.कपा माओवादी केन्द्र पाणिनी गाँउपालिका को सचिवालय स्तरीय बैठक पोलिटव्युरो सदस्य तथा जिल्ला संयोजक ठाकुर कुमार वि.क किशोरको प्रमुख आतिथ्यता जिल्ला संहसयोजक छम कुमारी खनाल चिनारीको विशेष आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अथिति किशोरले फागुन मसान्तभित्र सबै वडामा बैठक सम्पन्न गर्ने सबै तहका कमिटिको अभिलेख तयार गर्ने पार्टी सदस्यता नबिकरण गर्ने निकट भविष्यमा हुन गइरहेको पार्टी एकताको पक्षमा कार्यकर्ता र जनतामा उत्साह पैदा गर्ने पार्टी निति विपरीत कार्य गर्नेलाई कार्यवाही गर्ने बताउनुभयो ।

कार्यक्रम पाणिनी गाँउपालिका अध्यक्ष जागिर हुँसेनको अध्यक्षता सचिब श्रीहरि गौतमको सञ्चालनमा सम्पन्न भएको हो ।

अनेरास्वबियू क्रान्तिकारीको २५ औ जिल्ला सम्मेलन सन्धिखर्कमा सम्पन्न ।

अनिल नेपाली, फागुन २३ अर्घाखाँची

नेपाल कम्युनिस्ट पार्टी को भाातृ सगठन अनेरास्वबियू क्रान्तिकारीको २५ औ जिल्ला सम्मेलन बुधबार एक कार्यक्रमका बीच सन्धिखर्कमा सम्पन्न भएको छ ।

सम्मेलनले कुलराज बन्जाडेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटिको गठन गरेको छ । जसको सचिबमा विष्णु राउत कोषाध्यक्षमा हिमा कुँबर लगायत रहेका छन । सम्मेलन संगठनका केन्द्रिय सचिवालय सदस्य तथा लुम्विनी व्युरो प्रमुख प्रेम चन्द्र भुसालको प्रमुख आथिथ्यता र जिल्ला सेक्रेटरी खेम घर्तीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अथिति भुसालले शिक्षामा विदेशी हस्तक्षेप बढ्दै गएकोे र शिक्षा दलालकिरण भ्रष्टचारकोे व्यापारको उदगम स्थलका रुपमा चिनिएकोले त्यसलाई जोगाउनका लागि सम्पूर्ण विद्यार्थीहरु एकहुनुपर्ने बताउनु भएको थियो । कार्यक्रम विष्णु राउतको सञ्चालनमा सम्पन्न भएको हो ।

इन्द्रबहादुर राईको अनन्त प्रस्थान

काठमाडौं : जीवन के हो ? सायद उनले सबैभन्दा चिन्तन गरेको प्रश्न यही थियो। उनले जति लेखे दैहिक र आत्मिक जीवनले समष्टिमा निर्माण गर्ने अस्तित्वलाई केन्द्रमा राखेर लेखे। अस्तित्वको जगमा उभिएर लेखनको तेस्रो आयाम सुरु गर्ने तिनै साहित्यकार इन्द्रबहादुर राई (इबरा) मंगलबार साँझ दैहिक रूपमा हामीबाट सदाका लागि बिदा भएका छन्। नेपाली मूलका दार्जिलिङ निवासी साहित्यकार राईको ९० वर्षको उमेरमा मंगलबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनले नेपाली साहित्यमा जति लेखे– नागार्जुन क्युबिज्म र विनिर्माणबाट झिकेका थोकहरूलाई हतियार बनाएर लेखे। नेपाली लेखनलाई उनले नयाँ फर्म दिए। ती अध्ययनशील, जिनियस, ट्यालेन्टेड सर्जकले केही समयअघि भनेका थिए, ‘दार्जिलिङको जीवनमा उत्तराधुनिकता आयो त ? अब आफूमा परिवर्तन जाँच्नुपर्छ।’ उनले जाँचेका कुरा मानिसमा आइरहेको परिवर्तन थियो।

एक अन्तर्वार्तामा उनले भ्यानगगको जुत्ताको चित्रको उदाहरण दिँदै उत्तराधुनिकता चिनाइरेहका थिए। भ्यानगगको त्यो जुत्ता, फाटेको, हिलोमैलो लागेकाले ‘क्लास’ चिनाउने र अहिलेका हजारौं कम्पनीहरूबाट बनिएको जुत्ताको फोटोले कुनै क्लास नचिनाउने उनको तर्क थियो। ‘भ्यानगगको जुत्तामा फिलिङ र मिनिङ दुवै थियो,’ उनले भनेका थिए, ‘अहिले फिलिङ मात्र छ, मिनिङ छैन।’

नेपाली साहित्यमा अस्तित्ववादी धार स्थापित गर्न ठूलो योगदान दिएका राई लीलालेखनका प्रणेतासमेत हुन्। १९८४ साल माघ १७ गते दार्जिलिङको खर्साङमा जन्मिएका राई २०१० को दशकमा आधार, भारती, दियो, दियालो र रुपरेखाजस्ता चर्चित साहित्यिक पत्रिकामा आफ्ना साहित्य प्रकाशन गरेर स्थापित भएका थिए। ३० वटा कथा संगृहीत उनको पहिलो पुस्तक ‘विपना कतिपय’ सन् १९६१ मा प्रकाशित थियो। सन् १९६४ मा ‘आज रमिता छ’ नामक उपन्यास प्रकाशन गरेर नेपाली साहित्यमा अस्तित्ववादको स्तम्भ खडा गरेका राई कलकत्ता विश्वविद्यालयबाट स्नातक र उत्तरबंगाल विश्वविद्यालयबाट स्नातकोत्तर हुन्।

इन्द्रबहादुर राई भन्थे, ‘मरेपछि मानिसले केही लाँदैन।’ ‘विचार गर्दै जाँदा म साधु-सन्तजस्तो पो हुन्छु कि त,’ राईले निष्कर्ष निकालेका थिए, ‘अनि यस्तो लागेपछि के लेख्नु ? किन पो लेख्नु ? ’

‘आफ्नो लाइनको, विचारको, त्यही विचारलाई पछ्याउँदै गएर भेटेको ज्ञान, कुरा लेख्नै पाइँदैन,’ अन्नपूर्ण पोस्ट्सँगको वार्तामा उनले भनेका थिए’, ‘अब लेख्दिनँ भन्नु गाह्रो। अबचाहिँ एउटा लेखेको दुई हजार लिन्छु भनौं लागेको छ। यसो भन्दा नलेख भन्छन् कि ? ’

सन् १९६० को दशकको सुरुमा वैरागी काइँला, ईश्वरवल्लभसँग मिलेर उनले सुरु गरेको तेस्रो आयाम नेपाली साहित्यमा एक विशिष्ट मोड दिने अभियान थियो। निश्चित समयमा बाँचेको मानिसको पूर्णताको खोजीको रुपमा राईले तेस्रो आयामलाई अथ्र्याएका थिए। त्यसैले त कवि विप्लव प्रतीक भन्छन्, ‘राई भूतो न भविष्यतः भन्न मिल्ने स्रष्टा र द्रष्टा हुन्।’

‘पाण्डुलिपि’ साहित्यिक मासिकसँग मनोज बोगटीलाई दिएको अन्तर्वार्तामा उनले भनेका थिए, ‘मरेपछि आफूले केही लाँदैन, सबैले भन्छन्। त्यही कुरा आफूले सोच्दा गहिरिनुपर्‍यो म। भौतिक कुरा केही जाँदैनन्। हजारको नोट, टेबल, चौकी केही पनि। हिन्दू धर्मले भनेको छ, ज्ञान पनि भौतिक हो। म ठूलो इतिहासकार हुँ भने, त्यसको ज्ञान पनि शरीरदेखि वियक्त हुन्छ। ज्ञान पनि जाँदैन। इमोसन, फिलिङ्गस ? के यो पनि भौतिक हो ? माया लाग्नु, रिस उठ्नु भौतिक हो ? मरेपछि सायद यही कोठामा घुमिबस्छौं होला। ए म त मरेँछु भन्ने याद हुन्छ। माया पनि लाग्दैन।’

‘विश्वव्यापी ज्ञानका सबै क्षेत्रमा उत्तिकै दखल र अद्यावधिक रहने राईको हाराहारीमा अर्को नेपाली स्रष्टा छैन। उनले नेपाली साहित्यमा स्थापना गरेको तेस्रो आयामलाई बुझ्ने आजको मितिसम्म कोही जन्मिएको छैन’, कवि विप्लव प्रतीकको टिप्पणी छ।

तेस्रो आयाम एउटा मोडमा पुगेपछि विस्तारै धमिलो हुँदै गयो। राईले साहित्यमा अर्को मोड ल्याए। त्यो थियो लीलालेखन। त्यसो त राई लीलालेखन र तेस्रो आयामलाई एउटै यात्राका फरक मोडहरू मात्र भन्ने गर्थे। राईको ‘कठपुतलीको मन’लाई लीलालेखनको प्रथम आधारकृतिका रूपमा लिने गरिन्छ।

राई केवल आख्यानमा मात्र सीमित छैनन्। ‘नेपाली उपन्यासका आधारहरू’ नामक समालोचना कृतिका लागि सन् १९७५ को ‘साहित्य अकादमी पुरस्कार’ प्राप्त गरेका राईका ‘सेतो ख्याकको बनोट र बुनोट’, ‘टिपेका टिप्पणीहरू’, ‘सन्दर्भमा ईश्वरवल्लभका कविता’, ‘साहित्यको अपहरण माक्र्सवादी प्रतिबद्धता’, ‘दार्जिलिङमा नेपाली नाटकको अर्धशताब्दी’, ‘अर्थहरूको पछिल्तिर’, ‘पृष्ठ पृष्ठ’ लगायतका समालोचना कृति प्रकाशित छन्। त्यस्तै, उनका ‘कथास्था’ नामक कथासंग्रह, ‘पहाड र खोला’, ‘लेखहरू र झ्याल’, ‘लीला प्रस्तावना’ नामक निबन्ध संग्रह प्रकाशित छन्। २०५१ सालमा जगदम्बा श्रीबाट सम्मानित राई दैहिक रूपमा हामीबाट बिदा भए पनि नेपाली साहित्यको लामो इतिहासमा उनी सधैँ स्मरणीय रहनेछन्।

‘विचार गर्दै जाँदा म साधु–सन्तजस्तो पो हुन्छु कि त,’ राईले अन्तर्वार्तामा निष्कर्ष निकालेका थिए, ‘अनि यस्तो लागेपछि के लेख्नु ? किन पो लेख्नु ? ’

Source: annapurnapost

कांग्रेसबाट राष्ट्रपतिमा लक्ष्मी राईको उम्मेदवारी दर्ता

काठमाडौं, फागुन २३ – नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी राईले केहीबेरअघि राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नु भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर राईले उम्मेदवारी दर्ता गर्नु भएको हो । पूर्व सांसद समेत रहनु भएकी राई कांग्रेस नेता देवानसिंह राईकी छोरी हुनुहुन्छ ।

राईको प्रस्तावकमा चित्रलेखा यादव, मानवहादुर विश्वकर्मा, पार्वत डिसि चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे रहेका छन् । यस्तै समर्थकमा सरिता प्रसाई, सूजता परियार, मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी र राधा घले रहेका छन् ।

वाम गठबन्धनबाट विद्यादेवी भण्डारीलाई अघि सारेपछि कांग्रेसले राईलाई राष्ट्रपति उम्मेदवारमा उठाएको हो । उम्मेदवारी दर्ताका लागि विहान १० देखि २ बजेसम्मको समय तोकिएको छ । आगमी २९ गते राष्ट्रपतिको चुनाव हुनेछ ।

Source: ujyaaloonline

Kumari-Laxmi-Rai.jpg                                                            Photo:onlinekhabar.com