चिनियाँ मगन्तेबारे गम्भीर चासो

काठमाडौं, (नेस)

पर्यटक भिसामा नेपाल आउने तर फरक किसिमको गतिविधिमा संलग्न रहने चिनियाँ नागरिकमाथि चीनले गम्भीर चासो लिएको छ।

काठमाडौं उपत्यकाका व्यस्त चोक र सडकमा मगन्तेका रूपमा चिनियाँ भेटिन थालेपछि सो मुलुकले चासो लिएको हो। त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिएर तत्काल कारबाही गर्न शुक्रबार चीनको विदेश मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासलाई निर्देशन दिएको हो।

शुक्रबार नेपाल समाचारपत्रको प्रथम पृष्ठमा ‘काठमाडौंमा भेटिन थाले चिनियाँ मगन्ते’ शीर्षकको समाचार छापिएको थियो। त्यसपछि चिनियाँ विदेश मन्त्रालयले दूतावासलाई वास्तविकता बुझ्न र त्यस्तो किसिमको गतिविधिमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको दूतावासका एक उच्च अधिकारीले बताए।

‘मन्त्रालयले समाचारसँग जोडिएको वास्तविकता के हो भन्दै बुझ्न र विस्तृत रिपोर्ट बुझाउन भनेको छ।’ –ती अधिकारीले नेपाल समाचारपत्रसँग भने। पर्यटक भिसामा नेपाल प्रवेश गर्नेमध्येका केही चिनियाँ सुकिला पोसाक र कतैचाहिँ विपन्न परिवारका झैं भएर चिनियाँ गीतसंगीत र आफ्नै मुलुकका वाद्यवादन बजाउँदै पैसा मागिरहेका भेटिन्छन्। याे खबर नेपाल समाचारपत्रमा छ ।

Advertisement

‘वीरेन्द्र बियर’को विरोधपछि उत्पादकको स्पष्टीकरण

राजा वीरेन्द्रको तस्बिर अंकित ‘ वीरेन्द्र बियर’को धेरै विरोध भएपछि उत्पादक स्वीस कम्पनी टर्बिननब्राउले स्पष्टीकरण दिएको छ ।

कम्पनीका मालिक एड्रियन वेबरले नेपालमा धेरै रुचाइएका राजाका नाममा केही उत्पादन ल्याउँदा यसले दुई देशको सम्बन्ध अझ सुदृढ पार्दै लैजान सक्ने ठानेका रहेछन् ।

तर, सामाजिक सञ्जालमा थुप्रै विरोध भएको देख्दा आफू अचम्ममा परेको बताएका छन् ।

‘नेपालमा एभरेस्ट र गोर्खा नाम गरेका बियर उत्पादन हुन्छन् तर तिनको विरोध कसैले गर्दैनन्,’ वेबरले निराशा व्यक्त गरेको स्वीस इन्फोमा उल्लेख छ ।

५ दिन भित्र प्याब्शन र एनप्याब्शनका पदाधिकारीले राजिनामा दिन अखिल छैठौं अर्घाखाँची द्धारा आग्रह

सन्धिखर्क एफएम अर्घाखाँची ,बैशाख १७

अखिल छैठौं अर्घाखाँचीले प्याब्शन र एन प्याब्शनका जिल्ला समितिको राजिनामा माग गरेको छ । नेपालको संविधानमा कक्षा ८ सम्म निःशुल्क र अनिवार्य शिक्षा,कक्षा १२ सम्म निःशुल्क शिक्षा पाउने मौलिक हक अनुसार निजि शिक्षण संस्थालाई सरकारीकरण गर्नुपर्ने र त्यसो गर्दा प्याब्शन र एन प्याब्शनको आवस्यकता नपर्ने भन्दै राजिनामाको माग गरेको अखिल छैठौं अर्घाखाँचीले जनाएको छ ।

संविधानले गरेको ब्यबस्थालाई कुल्चदै आफु अनुकुल गर्ने अधिकार सरकार,निजि क्षेत्र वा जो कसैलाई पनि नभएकोले शिक्षामा देखिएको बिभेदकिरणको अन्त्य र शैक्षिक ब्यापारिकरणको अन्त्य गर्न अखिल छैठौंको केन्द्रिय समितिले नै देशैभरका निजि शिक्षण संस्थाका संघ संगठनहरुको खारेजिको माग गरको हुनाले आफुहरु ले सोही अनुसार अर्घाखाँचीका प्याब्शन र एन–प्याब्शन जिल्ला समितिको राजिनामा माग गरेको अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराईले बताउनुभएको छ ।

निजि शिक्षण संस्थाले विद्यार्थी,अभिभावक तथा सरोकारवाला कसैलाई जानकारी नगराई,सरकारी निकायबाट स्विकृति नलिइ हरेक बर्ष चर्को गर्दै आएको र त्यसमा प्याब्शन र एन प्याब्शनले निर्देशन गरेको,पाठ्यपुस्तक,स्टेश्नरी र ड्रेसमा सिन्डिकेट खडा गरेको र शैक्षिक ब्यापारिकरणलाई बढवा दिंदै आएको आरोप लगाउंदै ५ दिन भित्रमा सम्पूर्ण पदाधिकारीको राजिनामा दिन आग्रह गरिएको खबरमा उल्लेख छ ।

कपिलवस्तु उद्योग ब्यापारमा गौतम

 

माधव भाट क्षेत्री, कपिलवस्तु बैशाख १५

अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ कपिलवस्तुको प्रथम जिल्ला भेला संघका केन्द्रीय अध्यक्ष ढुण्डीराज पौडेलको प्रमुख आतिथ्यतामा कपिलवस्तुको जितपुरमा सम्पन्न भयको छ।

सम्पन्न भेलाले भबिलाल गौतमको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ कपिलवस्तु गठन गरेको छ ।जस्को उपाध्यक्षमा देवि पान्डे,सचीवमा कृष्ण गैरे, सह-सचिव सुरज भुसाल ,कोषाध्यक्षमा तिलक गैरे त्यस्तै सदस्यहरुमा तेज प्रसाद घिमिरे ,गोविन्द पौडेल , हुम बहादुर खत्री ,अभिषेक आचार्य ,बिमला श्रेष्ठ ,हरि भुसाल र गणेश खनाल रहेका छन।

सल्लाहकारमा माधव भाट क्षेत्री रहनु भयको छ । “सामुहिक लगानी राष्ट्रिय उत्पादन अभिबृदिको अभियान हाम्रो प्रतिबद्धता ,राष्ट्रिय पुजिको बिकाश तथा आर्थिक समृद्ध आजको आवश्यकता “भन्ने मुल नाराका साथ सम्पन्न भयको भेलामा प्रमुख अतिथिको आसनबाट बोल्दै केन्द्रीय अध्यक्ष ढुण्डिराज पौडेलले दलाल पुजीपतिहरुलाइ परास्त गर्दै राष्ट्रिय पुजिपतिहरुलाइ साथमा लियर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न तथा परिवर्तनको निम्ति राष्ट्रिय पुजिपतिहरु नजिकको मित्र शक्ति भयको तर्फ इङ्गित गर्दै राष्ट्रिय पुजिपतिहरुको संरक्षण गर्दै ठूलो पैमानामा भारत तथा तेस्रो मुलुक बाट आयात भैरहेका सामाग्रीहारुलाइ रोक्न अब उत्पादनमा जोड दिनु पर्ने र सरकारले राष्ट्रिय पुजिपतिहरु संरक्षण गर्नुपर्ने कुरामा जोड त्यही प्रकारको पोलिसि बनाउनु पर्नेमा जोड दिनुभयो।

भेलामा सफलतको शुभकामना दिनेहरुमा जालान्दर बन्जाडे , अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष मन बहादुर नेपाली,ने.क.पा.मसाल जिल्ला प्रवक्ता छबिलाल गैरे,राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर ५ का सदस्य हिमलाल वाग्ले , अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल लगायतले सफलताको शुभकामना दियका थिय ।

भेला भविलाल गौतमको अध्यक्षता ,ब्याससायी हुम बहादुर खत्रीको स्वागत मन्तव्य र अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रिय सदस्य माधव भाट क्षेत्रीको सन्चालनमा सम्पन्न भयको थियो ।

अखिल नेपाल महिला संघ सन्धिखर्क नगरपालिकाको दाेस्रो भेला सम्पन्न,अध्यक्षमा मिना बिसी चयन

FB_IMG_1524924873854.jpg

श्याम घिमिरे,अर्घाखाँची १५ बैशाख

राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ सन्धिखर्क नगरपाीकाको दास्रो नगरपालीका स्तरीय भेला सनिबार सन्धिखर्कमा सम्पन्न भएको छ ।

भेलाले मिना बिसीको अध्यक्षतामा १३ पुर्ण र ४ बैकल्पीक गरी १७ सदस्यीय नगर समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा निर्मला भट्टराई,सचिब लिला भुसाल,कोषाध्यक्ष शुसिला पराजुली र सहसचिबमा गरीमा बिसी रहनु भएको छ । त्यस्तै सदस्यमा क्रमश सीता थापा,आरता टण्डन,शारदा खड्का,कमला बन्जाडे,लक्ष्मी अधिकारी,सारदा आचार्य,राधा खनाल रहनु भएको छ भने बैकल्पीक सदस्यमा सारदा खनाल,जुना पन्थी र पबित्रा सुनार रहनु भएकोछ ।


त्यस्तै भेलाले बास्मता भट्टराईको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समितिकोपनी चयन गरेको छ । जसको सदस्यहरुमा कमला खनाल,कमला बन्जाडे,गंगा भट्टराई,यमकला पौडेल र सरस्वता भुसाल रहनु भएको छ । यसअगी भेलाको एक कार्यक्रमका बिच संघकी केन्द्रीय उपाध्यक्ष सकुन्तला रानाले ब्यानर बाचनगरी उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै उपाध्यक्ष रानाले देश परीबर्तनमा नेपाली महिलाहरुको उल्लेखनिय भुमिका रहेको भन्दै अन्याय अत्यचारको बिरुद्धमा सबै महिलाहरु एक जुट हुनुको बिकल्प नरहेको धारणा ब्यक्त गर्नु भएको थियो ।


कार्यक्रममा नेकपा मसालका जिल्ला प्रबक्ता थम्मन केसी,अनेमसंघकी जिल्ला अध्यक्ष कल्पना पोख्रेल,युबक संघका जिल्ला सचिब ठाकुर सुनार,अन्टुकका अध्यक्ष शिद्धी भट्टराई,किसान नेता भिमलाल आचार्य,पुर्ब शिक्षक नेता कमलप्रसाद घिमिरे,अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष देबेन्द्र कुवँर लगाएतले शुभकामना मनतब्य राख्नु भएको थियो । कार्यक्रम कमला खनालको अध्यक्षता,मिना बिसीको स्वागत मनतब्य र लिला भुसालको सन्चालनमा सम्पन्न भएको थियो ।