बन्ने भो धुर्मुस–सुन्तलीको ‘लर्ड बुद्ध इन्टरनेशनल किक्रेट स्टेडियम’

काठमाडौं, चैत १६ – हाँस्य कलाकार भन्दा पनि सामाजिक अभियन्ताका रुपमा चिनिन थालेका सीताराम कट्टेलले बिहिबार ‘धुर्मस सुन्तली फाउण्डेशन’ले ‘अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ बनाउने घोषणा गरेपछि यो समाचार समाजिक सञ्जालमा भाइरल बन्दै गएको छ ।

यसअघि नमुना बस्ती बनाउँदै गर्दा देउता बराबरको सम्मान दिएका सर्वसाधारणले फेरि उनको अभियानमा न्यानो स्वागत जनाएका छन् ।

सामाजिक सञ्जालबाहेक अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने  घोषणा गरिसकेपछि जिल्ला–जिल्लाबाट सीतारामलाई फोन आउन थालेको छ । अधिकांशले अन्तराष्ट्रिय क्रिकेट मैदान आफ्नै ठाउँमा बनाउनु पर्यो भन्दै फोन गरिरहेका छन् । सीतारामले हामीसँगको छोटो कुराकानीमा भने, ‘यसले हामीलाई अन्तराष्ट्रिय क्रिकेट स्टेडियम निर्माणका लागि उर्जा थपिदिएको छ ।’

सीताराम र उनकी जीवनसंगीनी कुञ्जनाले नेतृत्व गरिरहेको संस्था धुर्मस सुन्तली फाउण्डेशनले यसअघि भूकम्प पीडितका लागि ३ वटा र बाढी पीडितका लागि १ वटा गरी ४ वटा नमुना बस्ती बनाइसकेको ‘धुर्मुस सुन्तली फाउण्डेशन’ले यसअघि नै घोषणा गरेको ‘नमुना नेपाल’को काम स्थगित गरेर अन्तराष्ट्रिय क्रिकेट स्टेडियम बनाउने तयारी गरेको छ ।

‘हामी अहिले प्रारम्भिक छलफलमा छौँ । कहाँ बनाउने ? कति क्षमताको बनाउने, कस्तो बनाउने भन्ने विषयमा यतिबेला खेलाडी, पत्रकार, व्यवसायी, विभिन्न सरकारी निकाय, सांसद र प्रदेश सरकारसँग छलफल गर्दैछौँ । यसैको सिलसिलामा शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग मैले समय मागेको छु उहाँले हुन्छ भन्नु भएको छ ।’ कुराकानीमा बिट मार्दै धुर्मुसले भने, ‘धुर्मुस सुन्तली फाउण्डेशन’ले बनाउने प्रस्तावित क्रिकेट स्टेडियमको नाम‘लर्ड बुद्ध इन्टरनेशनल किक्रेट स्टेडियम’ प्रस्ताव गरिनेछ ।’

‘यसले भगवान गौतम बुद्धको जन्मस्थानलाई लिएर भइरहेको बहसलाई संसारभर गौतम बुद्ध नेपालकै हुन् भन्ने चिनारीलाई अझ मजबुत बनाउन सक्नेछ । त्यसैले पनि प्रस्तावित क्रिकेट मैदानको नाम ‘लर्ड बुद्ध इन्टरनेशनल किक्रेट स्टेडियम’ राखिएको हो ।’

अब छिट्टै एउटा निर्माण समिति गठन गरेर दाताहरुको निर्माण सल्लाहकार टोली बनाउने र कामको सुरुवात गर्ने उनको योजना छ ।

-उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

Advertisement

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

काठमाडौँ — कांग्रेस नेता एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्काको शुक्रबार साँझ निधन भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार ६८ वर्षीय खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा साँझ ५ बजेर १५ मिनेटमा निधन भएको हो ।

 फागुन ४ गते राति हृदयाघात भएपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना भएका खड्कालाई फागुन ६ गते उपचारका लागि एपोलो लगिएको थियो। सुरुमा अवस्था सामान्य रहे पनि विस्तारै छाती र टाउकोमा समस्या देखिएको थियो भने मृगौलाले काम गर्न छाडेको थियो।
खड्काको ३० महिनाअघि एपोलोमै मृगौला प्रत्यारोपण गरिएको थियो।
खड्काको स्वास्थ्य जटिल भएपछि कांग्रेसले रमेश लेखक, शंकर भण्डारीलगायतका नेतालाई स्वास्थ्य अवस्था बुझ्न दिल्ली पठाएको थियो। बिहीबारमात्रै स्वदेश फर्किएका ती नेताले कांग्रेस केन्द्रीय समितिको शुक्रबारको बैठकमा स्वास्थ्य अवस्थाबारे रिपोर्टिङ गरेका थिए।
कांग्रेस प्रवक्ता शर्माले खड्काको पार्थिव शरीर नेपाल ल्याउनेबारे पार्टीले परिवारजनसँग सल्लाह गरिरहेको बताए। ‘श्रीमती र छोरी दिल्लीमै हुनुहुन्छ, छोरा पनि यूकेबाट दिल्ली जाँदै हुनुहुन्छ,’ शर्माले कान्तिपुरसँग भने, ‘परिवारसँग सल्लाह गरेपछि पार्थिव शरीर ल्याउने टुंगो लाग्छ।’
कांग्रेसले एउटा टोली शनिबार नै दिल्ली पठाउने प्रवक्ता शर्माले बताए।
कांग्रेस सभापति शेरबहादुर देउवाले खड्काको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन्। ‘लोकतान्त्रिक आन्दोलनका लागि जीवनभर निकै ठूलो संघर्ष गरेका कांग्रेस नेता एवं मेरा प्रिय मित्र खुमबहादुर खड्काजीको निधनको खबरले निकै दु:खी भएको छु,’ देउवाले शोक सन्देश जारी गर्दै भनेका छन्, ‘उहाँको निधनले मुलुकले एउटा जिम्मेवार र अनुभवी नेता गुमाएको छ। उहाँको पार्थिव शरीरप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना।’
२०४८ सालपछि गृह, जलस्रोतलगायतका शक्तिशाली मन्त्रालयको नेतृत्व गरेका खड्कालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै ६ वर्षअघि डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ बिगो र त्यति नै जरिवाना गरेको थियो। कैद भुक्तान गरेर निस्किएका खड्का त्यसपछि पुन: कांग्रेसको राजनीतिमा फर्किएका थिए। १३ औं महाधिवेशनमा खड्का लोकप्रिय मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
Source: Kantipur

आज नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवस

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाँले आज ६३ र्औ स्थापना दिबसको अबसर पारेर नागरीकको नजरमा मिडिया बिषयक अन्तरक्र्रिया कार्यक्रम गर्ने भएको छ ।

केही समय पछि कर्मचारी मिलन केन्द्रमा कार्यक्रम गर्न लागीएको संघका अध्यक्ष हिम लेकालीले जानकारी दिए । नेपाल पत्रकार महासंघले देशको विकास र समृद्धिको पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यद्धारा महासंघको ६३ औँ स्थापना दिवसको अवसरमा जारी विज्ञप्तिमा सञ्चार माध्यमलाई राज्यका सबै निकायका काम कारबाहीको निगरानी गर्नुका साथै सत्यतथ्य सूचना प्रवाह र जनताका आवाजलाई सार्वजनिक गर्न अझ बढी संवेदनशील बन्न आग्रह गरिएको छ ।

नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुरुप नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै उनले राष्ट्रिय आमसञ्चार नीति–२०७३ लाई कार्यान्वयन गदै सोही नीतिअनुरुप सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे ।

महासंघले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिबृद्धिका लागि केन्द्र र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आम सञ्चार प्राधिकरण, विज्ञापन परिषद् जस्ता निकायको स्थापना गर्न समेत सरकारसँग माग गरेको छ ।

यसैगरी, प्रेस काउन्सिलको पुनःसंरचना, समानुपातिक विज्ञापन नीतिको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, ज्येष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायत माग पूरा गर्न पनि आग्रह गरिएको छ ।

महासंघले पछिल्ला दिनमा प्रेस स्वतन्त्रता हनन्का घटनामा संख्यात्मकरूपमा केही कमी आएपनि अझैपनि दण्डहीनता र ‘सेल्फसेन्सरसीप’को अवस्था कायमै रहेको उल्लेख गरेको छ ।

source:malarani.com

सन्धिखर्कमा बुधबारबाट कपाल काट्ने तालीम सन्चालन

नेपाल नाइ संघ अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगरपालिकाका सहयोगमा एक महिने कपाल काट्ने तालिम सन्धिखर्कमा सुरु भएको छ ।

तालिमको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले उद्घाटन गर्नु भएको हो । तालिमको उद्घाटन गर्दै भुसालले कपाल काट्ने व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने हुँदा तालिम गरिसकेपछि व्यसाय गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भएको छ ।

उहाँले कपाल काट्ने व्यवसायमा पछिल्लो समयमा पहाडी मुलका मानिस समेत लागेको भन्दै खुसी व्यक्त गर्नुभयो । कुनै पनि व्यवसाय कुनै जाति विशेषको नहुने भन्दै उहाँले काम सिकेर व्यवसायमा लाग्नु सबै भन्दा राम्रो हुने बताउनु भएको छ ।

कार्यक्रम नाइ संघका अध्यक्ष दिनेश ठाकुरको अध्यक्षता र तारा घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो । तालिममा २० जना प्रशिक्षार्थीहरु सहभागी छन् ।

सहकारीको मध्यमबाट कृषकहरुलाई आत्मनिर्भर बन्न प्रदेस सांसद घिमिरेको आग्रह ।

अर्जुन भुसाल अर्घाखाँची चैत्र १६

साना किसान कृषि सहकारी संस्था लिमिटेड खाँचीकोट फुदवाङ्गले प्रवद्र्धन गरि अनुसरणमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड भुनपा ९ ढिकुरा शिवचौरमा व्यवस्थापन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा क्षेत्र नं. २ का सांसद रामजीप्रसाद घिमिरेले सहकारीका मध्यमबाट कृषकहरुलाई आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । उहाँले गरिवि न्युनिकरण गर्न सहकारीले ठूलो भूमिका निर्वाह गरेको भन्दै साना किसान कृषि संस्थाले देशै भर धेरै राम्रो काम गरेको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अथिति साना किसान विकास वैंक सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघ वोर्डका केन्द्रीय सञ्चालक समिति सदस्य खेम पाठकले २० वर्ग दखि कृषकहरुको उत्थानमा लागेको वैंकले चेपाङ, राउटे र मुसहर वस्तीलाई समेत सहकारीको माध्यमबाट व्यवसाय गर्न प्रोत्साहन गरिरहेको बताउनुभयो ।

भुमिकास्थन नगरपालिकाका प्रमुख रेशम थापाले ५ वर्ष भित्रमा आफ्नो नगरलाई साना किसान सहकारीमय बनाउने बताउनु भएको छ । उहाँले सहकारीको माध्यमबाट नगरलाई समृद्ध बनाउनका लागि आवश्यक वजेट विनियोजन गर्ने बताउनु भयो ।

कार्यक्रममा साना किसान विकास वैंक इलाका कार्यालयका प्रवन्धक शेर बहादुर चौधरी, साना किसान कृषि सहकारी संस्था खाँचीकोटका लक्ष्मण कंडेल, प्रवद्र्धित संस्था ढिकुराका अध्यक्ष नमकला चुदालीले सम्झौता गरि हस्तान्तरण गर्नु भएको छ ।

कार्यक्रम साना किसान कृषि सहकारीका अध्यक्ष लक्ष्मण कंडेलको अध्यक्षता, संस्थाका प्रवन्धक विष्णु प्रसाद मरासिनीको सञ्चालन र प्रवद्र्धित संस्था ढिकुराका व्यवस्थापक गिता पौडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।