काठमाडौं, चैत ३ – आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेदरल्याण्ड्ससँग नेपाल ४५ रनले हारेको छ ।
१ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले ओभरमा सबै विकेट गुमाएर रनमात्र बनाउन सक्यो ।नेपालका ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल ४ र अनिल साह ८ रनमा आउट भए । जारी प्रतियोगिताको कुनै पनि खेलमा जम्न नसकेका ज्ञानेन्द्रले आज पनि सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।
प्रतियोगितामा राम्रो ब्याटिङ गरेका कप्तान पारस खडकाले पनि आज राम्रो प्रदर्शन गर्न सकेनन् । खडका आज २२ रनमा आउट भए । नेपालका आरिफ सेख (५) रोहित पौडेल (शून्य) दिपेन्द्रसिंह ऐरी (२५) रनमा आउट भए ।
लामो समय बेञ्चमा बसेर आजको खेलमा मैदानमा उत्रिएका शक्ति गौचन पनि शून्य रनमा आउट भए । करण केसी (१३) रनमा आउट हुँदा बलिङ र ब्याटिङ दुबैमा चम्केका सोमपाल कामी सर्वाधिक (३६) रनमा आउट भए । ललित राजवंशी (२) रनमा आउट हुँदा सन्दीप लामिछाने (१४) रनमा नटअाउट रहे ।
यसअघि टस हारेर फिल्डिङ गरेको नेपालका लागि १० ओभर बलिङ गरेका सोमपालले २ मेडन ओभर फाल्दै २४ रन दिएर ४ विकेट लिए ।
लिस्ट ए प्रतियोगितामा ५० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका सोमपालले आजको खेलमा ४ विकेट लिएसँगै ५४ विकेट लिएका छन । सन २०१४ मा युएइ विरुद्धको खेलबाट उनले लिस्ट ए को खेलमा प्रवेश गरेका थिए ।
१० ओभर नै बलिङ गरेका सन्दीप लामिछाने र ललित राजवंशीले २/२ विकेट लिए । शक्ति गौचनले १ विकेट लिए ।
नेदरल्याण्ड्सका बास डी लिडीले सर्वाधिक ३९ रन बनाए । म्याक्स डाउडले २८, रोयलिफ म्यरउइ र स्कट इडवार्सले २५/२५ रन बनाए ।