शिव बेल्बासे फागुन १८
गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कूल सन्धिखर्क अर्घाखाचीले एक दिने वाल प्रतिभा प्रर्दशनी सुक्रबार एक समारोहविच सम्पन्न गरेको छ । विद्यार्थीहरूमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गरि वालवालिकाको पाठ्यक्रमको ज्ञानसंगै व्यवहारिक एवं प्राविधिक ज्ञानलाई उजागर गर्न प्रदर्शनी गरिएको थियो ।
वालवालिकाले कागज, ढुङ्गा, माटो, काठ, पलाष्टिक, फलाम, पातपतिङ्गर, तार, टिन ,स्टिल, खाद्यान्न आदिबाट तीन सय पचास ओटा विभिन्न बस्तुहरू निर्माण गरेका थिए ।
कक्षा नर्सरीदेखि दश कक्षासम्मका चार सय विद्यार्थीहरूद्वारा घरहरू, फूलहरू, वगैँचा, जेसिवि, मन्दिर, पंखा, डुङ्गा, क्रेन, अग्नि नियन्त्रक, विद्यालय, सडक वत्ति, जनावरहरू, चराचुरुङ्गि संगै विभिन्न चित्रहरू, विज्ञानका सामग्रिहरू लगायतका नमुनाहरू प्रदर्शन गरिएको थियो।
यसरी विद्यालय परिसरमै प्रदर्श्नि गरेर सयौँ किसिमका वस्तुहरूका नमुना देख्दा विद्यार्थीहरू उत्साहित देखिन्थे भने अभिभावकहरूले कार्यक्रमको प्रसंसा गर्दै यस्ता रचनात्मक कार्यको निरन्तरता दिन सुझाव दिएका थिए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार वि.क.“किशोर“, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम वहादुर जि.सी “लेकाली“ , शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण खनाल, जिल्ला स्थित संचारकर्मीहरू, अभिभावकहरू, व्यवसायी , कर्मचारी लगायतको उल्लेखनिय उपस्थिति रहेको थियो ।
प्रदर्शनीमा उत्कृष्ट सामग्रिहरूको छनौट गरिएको र ति सामग्रि बनाउने विद्यार्थीहरूलाई विशेष पुरस्कारबाट सम्मान गरिने विद्यालयका प्रिन्सिपल गणेश क्षेत्रीले वताएका छन् ।