आर्थिक क्रान्ति बाट देशलाई सम्बृद्ध बनाउनु पर्छ -सांसद घिमिरे

वीरेन्द्र केसी फागुन,१६ सितगंगा

प्रदेश सांसद रामजीप्रसाद घिमिरेले मुलुकमा राजनीति क्रान्ति सकिएकाले अब आर्थिक क्रान्ति गरेर देशलाई सम्बृद्ध बनाउनुपर्ने बताउनुभएको छ । उहा“ले नगर, गाउ“पालिका र प्रदेशबीच सम्बृद्धिको प्रतिष्प्रधा गराएर नेपाललाई विकसित राष्ट्र बनाउनतर्फ सबै राजनीतिक दलका नेता एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

शीतगंगा सेवा समाजले आज सितापुरको सरस्वती माविमा शैक्षिक सामाग्री गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले सबै अधिकार स्थानीय तहमा आएकाले कसरी विकास गर्न सकिन्छ भन्नेमा सबैको ध्यान पुग्नुपर्ने बताउनुभयो । सरकारले गर्ने काम विदेशमा बस्ने युवाहरुले चन्दा उठाएर स्कुललाई कम्युटर, ल्यापटप र प्रोजेक्टर वितरण गरेर नमूना काम गरेको बताउनुभयो ।

शीतगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीले शीतगंगालाई कसरी सम्बृद्ध बनाउन सकिन्छ भन्दै विकासका खाका कोर्नमा आफनो ध्यान रहेको बताए । विकास विरोधी तत्वले आफुलाई बदनाम गरेर लान्छाना लगाएर चरित्र हत्या गर्न खोज्ने काम भएको भन्दै जनता विकासकै पक्षमा रहेकाले सम्बृद्धिको अभियान सफल हुने बताउनुभयो ।
जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउतले स्कुललाई कम्युटर दिएपछि शैक्षिक गुणस्तर बृद्धिमा ठुलो सहयोग पुगेको बताउनुभयो ।

शीतगंगा वडा २ का अध्यक्ष गोबद्धन थापाले र शीतगंगा नगर शिक्षा प्रमुख माधव बञ्जाडेले अब कम्युटर शिक्षा विना केही काम गर्न नसक्ने अवस्था आएकाले विद्यार्थीलाई कम्युटर सिक्ने ठुलो अवसर आएको बताउनुभयो । समाजका संरक्षक भीम खनाल, कान्तिपुर दैनिकका उपसम्पादक वीरेन्द्र केसी, सुचना तथा सुशासन अभियानका अध्यक्ष मुक्तनाथ भुसाल, समाजकी सल्लाहकार मिना भुसाल, स्कुलका पूर्व प्रअ राजेन्द्र केसी लगायतले विदेश र स्वदेशमा रहेका व्यक्तिको चन्दा संकलनबाट शैक्षिक सामाग्री हस्तान्तरण गर्नु उल्लेखनीय काम भएको बताउनुभएको छ ।

समाजले पहिलो चरणमा शीतगंगाका १२ माविमा कम्युटर, ल्यापटप र प्रोजेक्टर वितरण गर्न थालेका छन् । अहिलेसम्म सुबोधनी मावि बर्रेमा आठ, जनजागृती मावि सिद्धारामा पा“च, जनज्योती मावि ठाडामा दस, शिवादह मावि जुकेनामा आठ र सरस्वती मावि सीतापुरमा चारवटा कम्युटर, एउटा ल्यापटप र एउटा प्रोजेक्टर वितरण भएको समाजका अध्यक्ष कमल घिमिरेले बताए ।

 

सहयोग लागि आग्रह ,उमेश बचाउ अभियान सुरु

श्यामलाल पोखरेल , फागुन १६ बुटवल

एक बालकको उपचारका लागि प्युठान रुपन्देही सम्पर्क मञ्चले उमेश बचाउ अभियान सञ्चालन गरेको छ । रुखबाट लडेका प्यूठान गौमुखि गाउंपालिका वडा नम्बर ७ रातामाटा निवासी उमेश घर्तीमगर गत माघ २२ गते गम्भीर घाईते भएका थिए । रुखबाट लडेर १५ वर्षिय बालक उमेशको टाउकोमा गम्भिर चोट लागेको थियो ।

गम्भीर घाईते बालकको अहिले रुन्देहीको क्रिमसन अस्पतालमा उपचार भैरहेको छ । अति विपन्न परिवारका बालकको थप उपचारका लागि आर्थिक समस्या परेको छ । आर्थिक संकलन गरेर सहयोग पुराउनका लागि उमेश बचाउ अभियान सञ्चालन गरिएको मञ्चका सचिव श्यामलाल पोखरेलले बताएका छन् ।

बुटवलस्थित वाणिज्य बैंकमा ३१२००३८३७०१० नम्बरको घाईते उमेशका बुवा ईमानसिंह घर्तीमगरको नामा खाता खोलीएको छ । हालसम्म चारलाख रुपैया खर्च भईसकेको र अन्यत्र लगेर उपचार गर्न आर्थिक अभावका कारण नसकिएको उमेसका बुवा खिमानसिंहले बताए । छोरो बचाउने इच्छालाई पुरा गर्नका लागि आफु सक्दो सहयोग गरेर मानवीय धर्मगर्न खिमानसिंहले आग्रह गरेका छन् ।

उमेशलाई बचाउनका लागि लामो समयसम्म उपचार गर्नुपर्ने र त्यसका लागि ठूलो खर्च लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । घाईते उमेशलाई संस्थाले पनि सक्दो सहयोग गर्ने र व्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्न प्युठान रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष पदमबहादुर जीसीले सार्वजनिक रुपमा आग्रह गरेका छन् ।

सामुदायिक वन सहजकर्ता छनौट कार्य सम्पन्न

 बिष्णु खनाल, फागुन १६

अर्घाखाँची इलाका वन कार्यलय पावर सिमलपानीले सामुदायिक वन सहजकर्ताको छनौट कार्य सम्पन्न गरेको छ । शितगंगा नगरपालिका वार्ड नं. १३ र १४ मा रहेका सामुदायिक वनहरुका संस्थागत विकास र वन उपभोत्ता समुहलाई पारदर्शिता बनाउनका लागि सहजकर्ता छनौट गरिएको हो । ईलाका वन कार्यलय पावरमा भएको छनौट कार्यक्रममा १७ जना परीक्षामा सहभागी भएका थिए ।

१९ वटा सामुदायिक वनलाई आधार मानेर ५ जना सामुदायिक वन सहजकर्ता छनौट गरिएको छ । यसरि छनौट हुनेहरुमा राधा बि.सि., टेक बहादुर बि.सि., बिष्णु बहादुर सारु, हिमाल रेश्मी र कृष्ण प्रसाद अधिकारी रहनु भएको छ । छनौट भएका सहजकर्ताले सामुदायिक वन उपभोक्ता समुहलाई पारदर्शी बनाउन ईलाका वन कार्यलयसँग सहजिकरण गरि काम गर्नेछन् ।

सहजकर्ता छनौट कार्यक्रममा शितगंगा नगरपालिका वार्ड नं. १३ का वडाध्यक्ष दुर्गा बि.सि., वार्ड नं. १४ का वडाध्यक्ष दामादेर न्यौपाने, ईलाका वन कार्यलय पावरका प्रमुख जितेन्द्र सिंह खड्का, फरेस्टर धमेन्द्र धिक्त, प्रत्येक सामुदायिक वन समुहका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

अझै रोकिएन सिरियामा ‘नरसंहार’

फागुन १६– सिरियाको पूर्वी गुटा क्षेत्रमा मंगलबारदेखि दैनिक ५ घन्टा हवाई आक्रमण रोक्ने भनिए पनि त्यो लागू हुन सकेन । मंगलबार पहिलो दिन हवाई आक्रमण रोक्नका लागि निर्धारण गरिएको समयभित्र पनि विस्फोट तथा आक्रमण भइरहेको बीबीसीले जनाएको छ ।

अधिकारकर्मीले सरकारी सुरक्षाकर्मीले हवाई आक्रमण नरोकेको आरोप लगाएका छन् । तर सरकारलाई सहयोग गरिरहेको रुसले भने विद्रोही समूहले आक्रमणलाई निरन्तरता दिएको आरोप लगाएको छ । निर्धारित समयभित्रपनि आक्रमण नरोकिएपछि राहत सामग्री हिंसा प्रभावित ठाउँमा पुर्‍याउन र कसैलाई पनि सुरक्षित ठाउँमा लैजान नसकिएको बीबीसीमा उल्लेख छ ।

विद्रोहीको कब्जामा रहेको सिरियाको राजधानी दमास्कस नजिकै रहेको गुटामा ८ दिनमा झण्डै डेढ सय बालबालिकासहित ५ सय भन्दा धेरैको ज्यान गएपछि त्यहाँ दैनिक ५ घन्टे युद्दविराम गरिने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको थियो ।

४ लाख नागरिक फसेको अनुमान गरिएको गुटामा रुसी सेनाको सहयोगमा सिरियाली सरकारी फौजले निरन्तर आक्रमण गरिरहेको छ ।
राष्ट्रसंघ सुरक्षा परिषदले गएको शनिबार नै सिरियामा ३० दिनको लागि युद्दविराम गर्ने सम्झौता भएको थियो ।

source: ujyaaloonline

पहिलो अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी

काठमाडौं, फागुन १५– विश्वकप क्रिकेटको छनोट खेल्न जिम्बावे पुगेको नेपालले पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले जितेको छ ।

१ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपालको ओभरमा विकेट गुमाउँदै रन बनाएको हो । नेपालका लागि विष्फोटक ब्याटिङ गरेका दिपेन्द्रसिंह ऐरीले ४१ रन, पारस खडका २८, अनिलकुमार शाह ११, ज्ञानेन्द्र मल्लले १२ तथा अाेपनर दिलिप नाथ ४ रनमा अाउट भए ।  नट अाउट रहेका शरद भेषावकरले ४१ र  अारिफ शेखले २३ रन बनाए ।

युएर्इका अमिर हायतले २, माेहम्मद नावीद, अहम्मद राजा तथा राेहन मुस्तफाले १/१ विकेट लिए ।

बलिङतर्फ नेपालका ललित भण्डारीले सर्वाधिक चार विकेट लिए । त्यस्तै करण केसीले ३, ललित राजवंशीले २ र पारस खड्काले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा उत्रिएकाे युएर्इले २९ अाेभरमा अाफ्ना सबै विकेट गुमाउँदै १ सय ७१ रन बनाएकाे थियाे । युएर्इका लागि अस्फाक अहम्मदले सर्वाधिक ४२, गुलाम साबेरले ३२, अदनान मुफ्तीले ३७, मुहम्मद  उस्मानले २६, साइमन अनवरले १६ रन बनाए ।  युएर्इका ६ जना ब्याट्सम्यानले दाेहाेराे अंकमा रन जाेडन सकेनन् ।

नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टूमा बिजेता बनेको युएई र दोश्रो भएको नेपाल विश्वकपको छनौट खेल्न जिम्बावे पुगेका हुन् । दुई हप्ताको फरकमा नेपाल र युएई तेस्रो पटक खेलेका हुन् ।

नामिबियामा भएको डिभिजन २ मा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले हराए पनि फाइनलमा ७ रनले हारेको थियो । जिम्बावेमा २० गतेदेखि हुने विश्वकप छनोट प्रतियोगितामा नेपालसहित १० देश सहभागी छन । जसमा उत्कृष्ट हुने २ टिमले विश्वकप खेल्न पाउने छन् ।

नेपाल अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै समूह बीमा छ । नेपालले पहिलो खेल २० गते घरेलु टोली जिम्बावेसँग, दोस्रो खेल २४ गते स्कटल्याण्डसँग, तेस्रो खेल २६ गते अफगानिस्तानसँग र  लिग चरणको अन्तिम खेल २८ गते हङकङसँग खेल्नेछ ।

source: ujyaaloonline