टुँडिखेलमा हजारौंले बाचन गरे बुद्ध वचन, बन्ला त विश्व रेकर्ड ?

१९ फागुन, काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत मेत सहभागी भएका थिए ।

पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलका अनुसार ७५ हजार आधिकारिक पास लिएर सहभागी भएका थिए । त्यति नै मानिस पास नलिई प्रवेश गरेको भन्दै उनले भने, डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरेका छन् ।’

यसलाई गिनिज बुद्ध अफ दि वर्ल्ड रेकर्डले मान्यता दिन बाँकी छ ।

‘धेरै मानिस एकै ठाउँमा जम्मा भएर एकसाथ पढेको’ रेकर्ड अहिले भारतको नाममा छ । भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता बढेर यो रेकर्ड बनाएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्ध नेपालको लुम्बिनीमा जन्मेको सत्यतामा भ्रम नछर्न विश्व समुदायलाई आग्रह गरे । अझै पनि कतिपय शैक्षिक संस्थाले बुद्धको जन्मबारे भ्रम श्रृजना गर्ने काम गरेको भन्दै उनले विश्वका सबै सरकार, देश र विश्वविद्यालयलाई अब अलमलमा नपर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले हिंसाको बाटो रोज्नेलाई बम बनाउने र अशान्ति तथा आतंक फैलाउने काम छोडेर सम्वृद्ध नेपाल बनाउने काममा योगदान पुर्‍याउन पनि आहृवान गरेका छन् ।

तस्बिरहरु: Onlinekhabar

 

Advertisement

सर्वोच्चले क्षेत्राधिकार नाघ्यो: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले क्षेत्राधिकार नाघेको बताएका छन्।

संसद भवनमा एमाले र माओवादी सांसदहरूलाई प्रशिक्षण दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाका तीन सांसदलाई सपथ नगराउन सर्वोच्चले दिएको अन्तरकालीन अन्तरिम आदेशले कार्यकारीको क्षेत्राधिकारमा हस्तक्षेप भएको बताएका हुन्।

‘यो अदालतको क्षेत्राधिकारको विषय होइन, कार्यकारीको क्षेत्राधिकार भित्रको विषय हो’, ओलीले भने, ‘भोलि पेशी तोकिएको भन्ने सुनेको छु। यस विषयमा अनावश्यक उल्झनमा नरहँदा र चासो व्यक्त नगर्दा हुन्छ।’

उनले न्यायाधीशको जन्ममिति विवादको प्रसङ्ग पनि उप्काए।

‘अस्तिसम्म भाइ भनेकालाई जेष्ठ सदस्य भनेर सपथ लिनुपर्ने भएको छ, ‘ओलीले भने, ‘न्यायाधीशको जन्ममिति, डाक्टरको जन्ममिति जताजतै जन्ममिति। एउटा मात्र जन्ममिति भएको म मात्र रहेछु।’

ओलीले आफ्नो जन्ममिति समेत सुनाए। साथै जन्ममिति विवादले देशको अवस्था चित्रण गर्ने बताए।

आइतबार ६३ वर्षका महिन्द्रराय यादवले नागरिकतामा भएको जन्ममितिका हिसाबले जेष्ठ सदस्यको रुपमा सांसदहरुलाई सपथ खुवाउँदै छन्। नागरिकता अनुसार यादवको जन्ममिति ८० वर्ष पुगेको छ।

ओलीले वाम गठबन्धनले ल्याएको दुई तिहाई गाई कि त्रिशुल खेलेर नआएको टिप्पणी गरे। ‘गाई कि त्रिशुल खेल्दा त्रिशुल परेर यो दुई तिहाई आएको होइन’, ओलीले भने, ‘धेरैको रगत पसिना बग्यो। कतिले जेल नेल र युद्ध भोगे। कसैको छातीमा गोली लाग्यो,  कसैको छेवबाट गयो। यो अनेकौँ संघर्षको परिणाम हो।’

उनले वाम गठबन्धनले ल्याएको दुई तिहाईलाई दुरुपयोग गर्ने सुविधा कसैलाई नभएको  पनि बताए।

 Source: Setopati

१० दिनभित्र प्रधानन्यायाधीश पराजुली पदमुक्त नभए अनसन बस्छु : डाक्टर केसी

त्रिवि शिक्षण अस्पतालका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली १० दिनभित्र पदमुक्त नभए आफूले अनसन थाल्ने बताएका छन्।

शनिबार एक विज्ञप्ति जारी गर्दै डाक्टर केसीले  प्रधानन्यायाधीश पराजुलीको भ्रष्टाचार र दुष्कर्मका कारण देशको न्यायालय नै बन्धक बनिरहेको र पराजुलीले पदमा बसेर निरन्तर न्यायको संहार गरिरहेकाले त्यो अवस्था अन्त गर्नका सत्याग्रहसहित विरोधका कार्यक्रम ल्याउन बाध्य भएको बताएका छन्।

उनले चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै दोषी ठहर्याइएका पदाधिकारीहरुलाई तत्काल आयोगको सिफारिशबमोजिम कारबाही गर्न पनि फागुन २९ गतेसम्मको समयसीमा दिएका छन्।

डाक्टर केसीको विज्ञप्तिको पूर्णपाठ :

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा सुशासनका मुद्दामा हामी निरन्तर लडि आएको विदितै छ। त्यसै क्रममा न्यायालय लगायत देशका संवैधानिक निकायका पदाधिकारीहरुलाई समेत जवाफदेही बनाएर ती निकायको कार्य सम्पादन निष्पक्ष र प्रभावकारी हुनुपर्छ भनेर हामीले बारम्बार भन्दै आएका छौं।

त्यसै क्रममा प्रधान न्यायधीश गोपाल पराजुलीले गरेको भ्रष्टाचार र चरम् पदीय दुरुपयोगका कारण नेपालको न्यायालयको मर्यादामा गहिरो आँच पुगेकाले न्यायालयको मर्यादा फर्काउनका लागि पनि उनले पद छाड्नुपर्छ भनेर हामीले यस अघि एक चरण सत्याग्रह गरिसकेका छौं। त्यस क्रममा रातारात अवैध रुपमा हामीमाथि धरपकड गरिए पनि अन्ततः सर्वोच्च अदालतको इजलासले प्रधान न्यायधीश पराजुलीको विवादित नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाएर अनुसन्धान गर्ने आदेश दियो।

त्यो अवस्थामा निष्पक्ष न्याय सम्पादनका लागि उनले पद छाड्नुपर्छ भनेर हामीले निरन्तर भन्दै आएका छौं। यसैबीच पराजुलीचाहिं हाम्रातर्फका वकिललाई आफैं ज्यान मार्ने धम्की दिनेसम्मका कुकृत्यमा संलग्न मात्र भएनन्, मिडियामाथि सेन्सरसिप लगाएर आफ्ना कुकर्महरु छोप्ने प्रयासमा लागिरहेका छन्। लोकतान्त्रिक व्यवस्थामा योभन्दा लाजमर्दो अवस्था अर्को हुन सक्दैन।

त्यसैले अब न्यायालयको छवि थप धमिलिन र न्याय सम्पादनमा थप भ्रष्टाचार संस्थागत भएर निरपेक्ष दण्डहीनता आउने अवस्था रोक्नका लागि लगत्तै बस्ने संसदले उनीमाथि महाभियोग लगाएर हटाउनुको विकल्प छैन। साथै संसदले चिकित्सा शिक्षा अध्यादेशलाई पनि यथाशीघ्र ऐनमा परिणत गर्नेछ भन्ने विश्वास हामीले लिएका छौं। समयमै सही रुपमा ऐन पारित नभएको खण्डमा त्यसका लागि उचित कदम चाल्न हामी बाध्य हुनेछौं। तत्कालचाहिं गोपाल पराजुलीको भ्रष्टाचार र दुष्कर्मका कारण देशको न्यायालय नै बन्धक बनिरहेको र पराजुलीले पदमा बसेर निरन्तर न्यायको संहार गरिरहेकाले त्यो अवस्था अन्त गर्नका लागि हामी सत्याग्रहसहित विरोधका कार्यक्रम ल्याउन बाध्य भएका छौं।

त्यसैले निम्न मागहरु पूरा नभएको खण्डमा यही फाल्गुण २९ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गर्दर्छौं।

सत्याग्रहका मागहरुः

१) न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने, न्यायालयको मर्यादा गिराउने, सिंगो न्यायालयलाई आफ्नो स्वार्थको बन्धक बनाउने तथा लोकतान्त्रिक संविधानको मर्ममा प्रहार गर्दै मिडियामा सेन्सरसिप लगाउन प्रयास गर्ने प्रधान न्यायधीश गोपाल पराजुलीबाट तत्काल राजीनामा दिइयोस्, नदिएको अवस्थामा तत्काल महाभियोगको प्रक्रियाबाट उनलाई पदबाट हटाएर उनीमाथि कानुनी छानविन र कारवाही गरियोस्।

२) चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै दोषी ठहर्याइएका पदाधिकारीहरुलाई तत्काल आयोगको सिफारिशबमोजिम कारबाही गरियोस्। 

धुलोको कारण स्वास्थ्यमा प्रभाब

 

अर्घाखाँची ,फागुन २०

हावाहुरीको मौसम सुरु भएसँगै अर्घाखाँचीका कच्ची सडकबाट उड्ने धुलोका कारण यहाँको जनजीवन प्रभावित भएको छ । अर्घाखाँचीको सन्धिखर्क,चुत्राबेसी,लगायतका अन्य ठाउँका सडकहरुबाट अत्यधिक धुलो उडेका कारण यस क्षेत्रको जनजीवन प्रभावित भए,२०को हो । साथै ती बाटो भएर यात्रा गर्ने यात्रीलाई समेत सास्ती भएको यात्रीहरुले बताएका छन् । ती सडक छेउछाउका वस्तीका मानिसहरुलाई श्वासफेर्न समेत गाह्रो भएको छ । विशेषगरी बालबालिका तथा वृद्धवृद्धालाई बढी अप्ठेरो भएको छ ।

निधनप्रति दुख प्रकट

अर्घाखाँची , फागुन २०

रिपोर्टर्स क्लव नेपालका केन्द्रय सदस्य तथा अर्घाखाँचीका अध्यक्ष रामकुमार क्षेत्रीकी आमा र प्रदेशसभा सदस्य निर्मला क्षेत्रीकी सासुआमा अम्बिका क्षेत्रीको फागुन १५ गतेको दिन ८६ वर्षको उमेरमा दुःख निधन भएको प्रति रिपोर्टर्स क्लव अर्घाखा“चीज्ञ शाखा मर्माहित भएको छ । क्लवका जिल्ला उपाध्यक्ष वीरेन्द्र केसी र सचिव गणेश खनालले एक शोक वक्तव्य प्रकाशित गरी मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्रदान होस भन्दै कामना गरेको छ । शोक वक्तव्यमा एउटा असल अभिभावक गुमाएको उल्लेख छ ।