११ लाख मूल्य पर्ने जग्गा वडा कार्यालयलाई दान ।

श्याम घिमिरे अर्घाखाँची चैत्र १४ –

अर्घाखाँचीको भुमिकास्थान नगरपालीका वडानम्बर १ ढाकावाङ्गको साम्नेगाउँ स्थीत सिठेनीमा वडा कार्यालय स्थापनाका लागी स्थानीयले वडालाई जग्गा दान गरेका छन् । भुमिकास्थान नगरपालीका वडा नम्बर १ निवासी स्वर्गिय जग्गनाथ चुँदालीकी श्रीमति गंगा चुदालीको नाममा रहेको करीब ६ लाख मुल्य पर्ने २४ आना जग्गा वडा नम्बर १ को वडा कार्यालय स्थापनाका लागि निःशुल्क दान गर्नुभएको हो ।

त्यस्तै वडा नम्बर १ कै स्वर्गिय भिमलाल खनालका छोरा दुर्गाप्रसाद खनालको नाममा रहेको ३ लाख पर्ने करीब ११ आना जग्गा दर्गा प्रसाद खनाल र उहाँकी श्रीमति शान्ता खनालले निःशुल्क दान गर्नुभएको हो ।

यस्तै साही वडाकै नगेन्द्र प्रसाद खनालकी श्रीमति धनकला खनालको नाममा रहेको ३ लाख मुल्यपर्ने करीब १३ आना जग्गा वडा कार्यालयको लागि प्राप्त भएको वडा अध्यक्ष भोजराज खनालले जानकारी दिनु भयो ।

वडा अध्यक्ष तथा स्थानीय बासीहरुको विशेष पहलमा आफुहरुले जनतालाई सेवा लिन सहज होस भन्ने उदेश्यले वडा कार्यालय स्थापनाका लागि वडाकोे नाममा जग्गा पास गरि दिएको जग्गादाताहरुले बताउनु भयो । उक्त जग्गा वडा कार्यालयको नाममा पास गरी पूर्जा समेत लिईसकिएको वडाअध्यक्ष खनालले जानकारी दिनु भयो ।

वडा कार्यालय स्थापनाका लागि प्राप्त जग्गामा आगामी आर्थिक वर्ष देखि नै भवन निर्माणका कार्य अगाडी बढाईने अध्यक्ष खनालले बताउनु भयो । वडा कार्यालयको लागी जग्गा दानगर्नुहुने उल्लेखीत दाताहरुलाई सम्पुर्ण वडाबासीहरुले आभार समेत ब्यक्तगरेको स्थानीय शिक्षक युबराज खनालले जानकारी दिनु भयो ।

 

Advertisement

शितगंगा नगरपालिमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

श्याम घिमिरे चैत्र १४ अर्घाखाँची

शितगंगा नगरपालिका अर्घाखाँचीको सहकार्य र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा आज शितगंगा नगरपालिका वडा नम्वर ८ लाई लक्षित गरि लाहापेमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी तथा नगरप्रमुख सूर्य प्रसाद अधिकारीले यहाँ रहेका प्राकृर्तिक सम्पदाहरु जोगाउन र सही सदुपयोग गराउन सकेमा मुलुककैई सम्बृद्ध वडा वनाउन सकिने बताउदै स्थानियलाई सहयोग गर्न अपिल गर्नु भएको थियो ।

यसैगरि, वडा नम्वर ८ का वडा अध्यक्ष रुक वहादुर आलेले आफु नष्ट हुन तयार रहेको तर भ्रष्ट नहुने भन्दै सबैजना मिलेर विकास निर्माणमा जुटन आग्रह सहित सहभागीहरुलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रममा स्थानिय नेता तथा प्रतिनिधीहरुले आफना समस्या खुलेर वडा अध्यक्ष तथा नगरप्रमुख समक्ष राखेका थिए ।

सूचनाको हक सम्वन्धमा सिआईजी अध्यक्ष तथा सूचनाको हकका अभियन्ता मुक्तिनाथ भुसालले गहिराईमा जानकारी गराउनु भएको सो कार्यक्रम गिता केशिको सन्चालन र जस वहादुर रोकाको स्वागत मनत्व्य रहेको सो कार्यक्रममा २५० भन्दा बढीको सहभागिता रहेको थियो ।

सन्धिखर्क नगरलाइ स्मार्ट सिटी बनाछौं – प्रमुख भुसाल

29597337_1663989896982837_6026660626936247274_n.jpgश्याम घिमिरे १४ चैत्र सन्धिखर्क
सन्धिखर्क नगरपलीकाका प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरलाई स्मार्ट सिटीको परि कल्पना गरि नमुना नगर बनाउने गरि काम भैरहेको बताउनु भएको छ । सन्धिखर्क एफएमबाट प्रसारीत हुने कार्यक्रम हेलो नगरपालीकामा आज बिहान समसामुयिक बिचारहरु राख्दै प्रमुख भुसालले यस्तो बताउनु भएको हो । उहाँले सन्धिखर्क नगरपालिकालाइ भ्रष्टाचार मुक्त नगर बनाउने अभियानमा आफुहरु लागेको पनि बताउनु भएको थियो ।
नगरलाई उत्पादनमुखी कार्यक्रममा अगाडी सारेर दूध, अण्डा, मासु, तरकारी, मसलाबाली लगायत उत्पादनमा वृद्धि गर्ने गरी काम थालिएको भन्दै नगरवासीहरुका सबैखाले समस्याहरुलाई क्रमश हल गर्दै जाने प्रयासमा आफुहरु लागी परेको बताउनु भएको थियो ।

साथै प्रमुख भुसालले सन्धिखर्क नगरपालिका सबैभन्दा बढी विकास र सम्भावना भएको नगर भएकोले विकासका पूर्वाधार शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, जलविद्युत, खानेपानी, सिँचाइ सुविधा लगायतका सेबाहरु उपलब्ध गराउने गरी काम थालेको बताउदै उक्त कार्यमा सबैको सहयोगको अपेक्षा गरेको बताउनु भएको थियो ।

त्यस्तै प्रमुख भुसाले नगरपालीका भित्र दलिल,जनजाती,महिला,अपाङ्ग,बृद्धाबृद्ध,युबा लगायतलाई लक्षीत गरी बिभिन्न कार्यक्रहरु ल्याउने पनी बताउनु भएको थियो ।