चैते दशैको दिन छत्रदेव गाउँपालिका ५ छत्रमहाराजको मन्दिरमा भव्य मेला सम्पन ।

घनश्याम पौडेल चैत्र ११ अर्घाखाँची-

रामनवमी अर्थात चैते दशैको दिन अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ५ छत्रमहाराजको मन्दिरमा भव्य मेला लागेको छ । पौराणिक रुपमा स्थापना भएको मन्दिर महाभारतको युद्धसँग सम्बन्धीत भएको बुढापाकाहरु बताउँछन ।

बलीप्रथाका रुपमा पञ्चबली देखी भेडाँ बली चढाउँन ल्याएका थिए, भेडा मात्रै ५२ वटा मन्दिरमा चढाएको मन्दिर व्यवस्थापन समितीले जनाएको छ । भ्कल गरेपछी आफुले सोचेको कुरा पुरा हुने एकमात्र चर्चित छत्रमहाराजको मन्दिरमा रामनवमीको दिन अर्घाखाँची सहित छिमेकी जिल्लाहरु गुल्मी, कपिलवस्तु, रुपन्देही, प्युठानबाट भक्तजनहरु आएर बली चढाएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष भोजबहादुर रायमाझीले जानकारी दिए ।

जिल्लाको एक स्थानिय तह छत्रदेव गाउँपालिकाको नामाकरण भएको छत्रमहाराजको मन्दिर प्रचारप्रसार तथा व्यवस्थापनका लागी गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलको ध्यान गएको छ । ऐतिहासिक छत्रमहाराजको मन्दिरमा आउँनका लागी १० लाखको बजेटमा ऐतिहासिक सिढी बनाउँने गरी कार्य यहिँ आवमा सम्पन्न गर्ने अध्यक्ष पोख्रेलले बताए । पुरातात्वीक ईतिहास बोकेको मन्दिरको विकास भएमा समग्र गाउँपालीकाको विकास हुन्छ, हाम्रो ध्यान गएको छ, अध्यक्ष पोख्रेलले भने ।

विशेषगरी छत्रमहाराज चैतेदशैको रामनवमी, दशैको समयमा नवदुर्गा, प्रत्येक आईतबार पुजाँआजा हुने गरेको मन्दिर व्यवस्थापन समितीका सचिव कुलबहादुर रायमाझीले बताए । छत्रमहाराजको मन्दिर परिसरमा विभिन्न मन्दिरहरु पनि छन, यहाँ गणेशको मन्दिर तथा विस्नुको मन्दिर पनि रहेका छन्।

मन्दिरमा घण्टा तथा गेट निर्माण भएको छ, यहाँ जिल्ला तथा जिल्ला बाहिरबाट मेलापर्वमा भिडभाड हुने गर्छ । पुरातत्व संरचना अनुसार बनेको छत्रमहाराज मन्दिरलाई प्रचारप्रसार गर्नमा अझै ध्यान दिनुपर्ने स्थानीयको भनाई छ ।

Advertisement

जिल्ला अस्पतालका विरामीलाई फलफुल वितरण

 कृष्ण परियार चैत्र–११ अर्घाखाँची ।

रामनवमी अर्थात चैते दशैको अवसरमा जिल्ला अस्पताल अर्घाखाँचीका विरामीहरुलाई आइतबार  फलफुल तथा दुध वितरण गरिएको छ ।

संन्धिखर्क बजारमा होटल गर्दै आउनु भएका  व्यवसायी  पुनाराम र उनका छोरा निमानन्द आचार्यले  एक कार्यक्रमका बिच जिल्ला अस्पताल अर्घाखाँचीमा भर्ना भएर उपचार गराईरहेका २१ जना विरामी हरुलाई फलफुल तथा दुध वितराण गरेका छ्न । कार्यक्रममा जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख जगन्नाथ तिवारी,पत्रकार व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।

फलफुल वितरण गरेकोमा विरामीहरुले धन्यवाद संगै खुसी व्यक्त गरेका थिए । आचार्यले विगत केहिबर्ष अघिदेखि सन्धिखर्कमा शुभ लक्ष्मी होटलको नाम बाट होटल व्यवसाय संचालन गर्दै आएका छन्।

बन्ने भो अर्घाखाँचीमा एयरपोर्ट

प्रेमनारायण आचार्य चैत्र ११ अर्घाखाँची

अर्घाखाँची, चैत ११ – अर्घाखाँचीको सन्धिखर्कमा निर्माण हुने अर्घा भगवती  विमानस्थलको शिलान्यास भएको २१ महिनापछि बल्ल विमानस्थल बन्ने क्षेत्रमा रुख कटान सुरु भएको छ ।

सन्धिखर्क नगरपालिका  वडा नम्बर १० धरम्पानीको शिखरबार्नीमा निर्माण हुन थालेको   विमानस्थलको २०७३ सालको असार १३ गते तत्कालीन नेपाल सरकारका उपप्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीले शिलान्यास गर्नुभएको थियो ।

शिलान्यास भएको २१ महिनापछि शनिबार रातिबाट मात्र रुख कटान सुरु गरिएको छ । एउटा सल्लाको रुख काटेर पूर्व उपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझीले रुख कटान सुरु गर्नुभएको हो ।

पूर्व उपप्रधानमन्त्री रायमाझीले अबको तीन वर्षमा विमान नियमित उडान गर्न मिल्ने गरी काम अगाडि बढ्ने बताए । वनमा रुख कटानको प्रक्रिया नमिलेका कारण निर्माणको काम अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो ।

विमानस्थल बन्छ र छिटो छरितो यात्रा गर्न पाइएला भनेर आश गरेर बसेका अर्घाखाँचीका नागरिक विमानस्थल नबन्ने त हैन भनेर चिन्ता गर्न सुरु  गरिसकेका थिए । रुख कटान सुरु भएपछि अब ढिलै भए पनि विमानस्थल बन्छ भन्नेमा स्थानीय तथा जिल्लाबासीहरुले आशा गर्न थालेका छन ।

अहिले अर्घाखाँचीका नागरिक सन्धिखर्कबाट रुपन्देहीको भैरहवामा गएर हवाई यात्रा गरिरहेका छन । आफ्नै जिल्लामा विमानस्थल भएमा बिहान काठमाडौं गई काम सकेर साँझ घर फर्कन सक्ने सपना देखेका जिल्लाबासीको सपना पूरा हुन कति वर्ष लाग्ने हो त्यो भने हेर्न बाँकी छ ।

अमेरिका हिँडेका चार सय नेपालीको बिचल्ली

पैसा लिएर मानव तस्कर हिँडेपछि भोकभोकै

काठमाडौँ: मानव तस्करलाई लाखौँ रकम दिएर अमेरिका जान स्थलमार्गबाट हिँडेका सयौं नेपाली महिनौदेखि बाटामै अलपत्र परेका छन् । मानव तस्करको पछि लागेर अमेरिका हिँडेका सयौँ नेपालीको ब्राजिल र कोलम्बियासहितका देशमा बिचल्ली भएको हो ।

अमेरिका पुर्‍याउने आश्वासनसहित ती नेपालीसँगै हिँडेका तस्करहरु पैसा लिएर बाटैबाट भागेपछि बिजोग भएको हो । निकरागुवा, कोलम्बिया, बुल्गेरिया, कोस्टारिका, पेरु र मेक्सिकोसहितका ल्याटिन अमेरिकी देशसम्म पुगेका नेपाली ठाउँ ठाउँमा अलपत्र परेका हुन् ।

अमेरिका हिँडेका चार सय नेपालीको बिचल्ली

अमेरिका जान हिँडेका नेपालीसहितका युवा ल्याटिन अमेरिकी देशमा अलपत्र परेपछि ।

करिब ४ सय अलपत्र

मानव तस्करले अलपत्र पारेका ४० नेपाली निगरागुवामा र ३५० जना कोलम्बियामा २७ महिनादेखि अलपत्र रहेका पीडितहरुले बताएका छन् । अन्य देशमा समेत धेरै नेपालीको विचल्ली भएको छ ।

अलपत्र नेपालीले नेपाल सरकार र नेपाली सञ्चार माध्यमलाई आफुहरुको उद्धारको लागि पहल गरिदिन गुहार गरेका छन् । अधिं‌कांश नेपाली अबैधरुपमा पसेकाले ती देशमा बन्दी जीवन बिताइरहेका छन् ।

अन्य नेपाली भने अमेरिका छिर्न नसक्दा र फर्कन पनि नसक्दा लामो समयदेखि लुकेर बसिरहेका छन् । कतिखेर एजेण्डा आउँछ र लगेर जान्छ भन्दै होटलमा थुनिएर बसिरहेका नेपालीको झन् बिजोग भएको छ ।

अमेरिका पुग्ने आशमा हिँडेका दीपेन्द्र घर्तीले आफू बोलिभिया हुँदै ब्राजिलबाट कोष्टारिका पुगेर अलपत्र परेको बताए । उनले कोष्टारिकासम्म पुग्न एजेण्टहरु राजेन्द्र अधिकारी र नारायण रेग्मीलाई तीन हजार अमेरिकी डलर तिरिसकेको बताए । ‘भएका पैसा सकिएपछि धेरै नेपालीको विचल्ली भएकोछ’, उनले भने, ‘म ३ हजार अमेरिकी डलर डलर तिरेर कोष्टारिका आइपुगेको छु । यहाँबाट न अघि बढ्ने अवस्था छ न त पछाडि फर्कन नै सक्छु ।’

बाटैमा जान्छ ज्यान

मानव तस्कारको पछि लागेर उक्त रुटबाट अमेरिका पुग्ने सपना बोकेर हिँडेका कयौँ नेपाली बीच बाटैमा ज्यान समेत गुमाउने गरेका छन् । नेपालीहरु भारतको दिल्ली, रुसको मस्को, स्पेन र बोलिभियासहितका देश हुँदै कष्टपुर्ण यात्रा झेलेर जल र स्थल मार्गबाट अमेरिका तर्फ हान्निने गरेका छन् ।

मानव तस्करले मोटो रकम लिएर जहाज, डुंगा, रेल र ट्रकमार्फत जोखिमपूर्ण तरिकाले विभिन्न देशका मान्छे अमेरिका पुर्‍याउँदै आएका छन । पछिल्लो समय तस्करले नेपालीलाई समेत यस्तो जोखिम मोलेर अमेरिका पुर्‍याउने भनेर लाने गरेका छन् ।

अमेरिका जाने सपनासहित नेपालीले ४० देखि अधिकतम ७५ लाखसम्म रकम खर्च गरेर खर्च गर्छन् । पछिल्लो समय डोनाल्ड ट्रप राष्ट्रपति भएपछि मेक्सिकोको सीमामा कडाई गरिएको छ ।

त्यसैगरी आप्रवासीप्रति कडा नीति लिएपछि गैरकानुनी रुपमा प्रवेशी गर्ने नेपालीलाई अमेरिका असहज भएको छ । अमेरिका प्रवेश गर्ने मेक्सिकोको नाकामा कडाइ भएका कारण सयौँ नेपालीको विभिन्न ल्याटिन अमेरिकी मुलुकमा बिचल्ली भएको हो ।

दलाल बोल्नै चहाँदैनन्

नेपालीहरुलाई अमेरिका लाने काममा सक्रिय काठमाडौँका प्रकाश श्रेष्ठले यसबारेमा बोल्नै चाहेनन् । उनले आफुलाई नेपाली अपलपत्र परेकोबारेमा थाहा नभए भन्दै बोल्नै तयार भएनन् । ‘मलाई थाहा छैन’उनले यति मात्रै उत्तर दिए । तर, पीडित नेपालीहरुले उनीसहितका ५ जना भन्दा धेरैले लाखौँ पैसा लिएको भन्दै सम्पर्क नम्बर पनि दिएका छन् ।

परराष्ट्र के भन्छ ?

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरताराज पौडेलले मानव तस्करले उक्त रुटबाट अबैध रुपमा नेपालीलाई अमेरिका लाने गरेको धेरै घटना भेटिएका बताए । उनले मानव तस्करले अलपत्र पारेका धेरै नेपालीलाई पटक पटक परराष्ट्र मन्त्रालय र वासिङटन डिसीस्थित नेपाली राजदुतावासको पहलमा उद्धार गरिरहेको जानकारी दिए ।

पौडेलले जोखिमपूर्ण रहेको भन्दै पटक जमिनको बाटोबा अमेरिका नजान समेत नेपालीलाई सचेत गराइरहेको बताए । ‘हामीले धेरैको उद्धार गरेका छौँ, त्यो बाटो अमेरिका पुर्‍याउने भन्दै धेरै नेपालीलाई मानव तस्करले विचल्ली बनाएका छन्’, उनले भने, ‘त्यो बाटो जोखिमपूर्ण छ भनेर पटक पटक सचेत समेत गराइरहेका छौँ ।’उनले पछिल्लो घटनाबारे आफूहरुसँग सूचना नआएको बताए ।

source:annapurnapost

गाई काटेको आरोपमा चारजना पक्राउ

कपिलवस्तु, चैत ११ – कपिलवस्तुको विजयनगर गाउँपालिका – ४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

रातिको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीय ७० वर्षीय हुमबहादुर रानालाई झण्डै ३० किलो मासुसहित पक्राउ गरेको हो । रानासँग धेरैे मासु फेला परेपछि केको मासु हो भनेर सोधपुछ गर्दा गाईको मासु भएको रानाले स्वीकार गरेपछि यो तथ्य बाहिर आएको हो ।

राना पक्राउ परेको एक दिनपछि गाई काट्नमा सहयोग गरेको भन्दै त्यहि गाउँबाट शनिबार अन्य तीनजनालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शनिबार पक्राउ पर्नेमा कुमारी घर्ती, रामकुमारी घर्ती र कुन्ती थापा रहेको गणेशपुर इलाका प्रहरी कार्यालयका प्रमुख खिमबहादुर घमले जानकारी दिनुभयो । पक्राउ परेकालाई कृष्णनगर प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

– रासस