सिद्ध ने रा माबि मालारानी १ मा बिदाइ तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न

शेषकान्त गैरे,फागुन २२ मालारानी

सिद्ध ने रा माबि मालारानी १ भण्डारथुममा कक्षा ९ का विद्यार्थीद्वारा कक्षा १० का बिद्यार्थीलाई बिदाइ तथा शुभकामना प्रदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रम बिधालयका प्रअ रुद्रप्रसाद आचार्य

को अध्यक्षता शिक्षक शेषकान्त गैरेको सन्चालन र कक्षा ९ कि छात्रा सूचना पाण्डेको स्वागतमा सम्पन्न भएको हो ।

कार्यक्रममा एसईइ परीक्षा २०७४ मा सहभागि हुने कक्षा १० का सम्पूर्ण विद्यार्थीलाई अबिर माला र डाएरी कलम उपहार दिई बिदाइ गरिएको थियो ।

कार्यक्रममा बि ब्य स सदस्य गोपालप्रसाद सुवेदी सहायक प्र अ कलाधर पाण्डे शिक्षकहरु हिमाल आचार्य ढुनिराज खनाल दुर्गा पाण्डे कौशिला खनाल डिलाराम आचार्य मीन प्रसाद सुवेदी पसुपती आचार्य बिद्यार्थीहरु मीन प्रसाद सुवेदी सरोज आचार्य दिपा आचार्य आशिष पाण्डे लगायतले शुभकामना दिनुभएको थियोे । त्यस्तै कार्यक्रममा गित नृत्य र कबिता बाचन समेत प्रस्तुत गरिएको थियोे ।

Advertisement

जन्म उत्सवको अवसरमा सुस्त मनस्थिति भएका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

अभिनव चौहान,फागुन २२ सन्धिखर्क

पाणिनी बहुमुखी क्याम्पसका स्ववियु सभापति लक्ष्मण खड्काले आज आफ्नो २४ औं जन्म उत्सवको अवसर पारी सन्धिखर्कमा रहेको सुस्त मनस्थिति भएका बालबालिकाले पढ्दै आएको श्री निर्मल नवज्योति सुस्त मन स्थिति बिद्यालयमा एक कार्यक्रमका बीच विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन ।

कार्यक्रममा मन्तव्य राख्दै खड्काले प्रकृतिले ठगेका बालबालिकालाई हौसला स्वरुप आफुले एउटा सहयोग गरेको बताउनु भएको थियोे । हाम्रो समाजमा अझै पनि यस्ता बालबालिकालाई उचित सम्मान गर्न नसकेको , हेलाको दृष्टिकोणले हेर्ने र यो बिद्यालय सबै तिर बाट ओझेलमा परेको हुँदा यस्ता बिद्यालय र बालबालिकालाई सबैले आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्नेको कुरामा जोड दिनु भएको थियोे ।

त्यस्तै प्र.अ. कमला भुसालको आजको कार्यक्रम एउटा उदाहरणीय भएको बताउदै खड्कालाई जन्म दिनको शुभकामना समेत दिनु भएको थियो । उक्त बिद्यालयमा अध्यान गर्ने १३ जना विद्यार्थीलाई एक एक थान कापी पेन्सिल र कटर बितरण गरिएको कार्यक्रममा माधब खनाल , गणेश श्रेष्ठ , पुष्पा अधिकारी अभिनव चौहान र धिरनराज आचार्य उपस्थिति रहेको थियो । कार्यक्रम सुदिप खनालले सञ्चालनमा सम्पन्न भएको हो ।

जनकल्याण मावि भगवतीमा शुभकामना तथा बिदाई कार्यक्रम सम्पन्न

मधुसुधन पाण्डे
छत्रदेव, २२ फागुन । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ७ मा रहेको जनकल्याण माध्यमिक बिद्यालय भगवतीमा शुभकामना आदानप्रदान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयका कक्षा १० मा अध्ययनरत गर्ने बिद्यार्थीलाई कक्षा ९ मा पढ्ने बिद्यार्थीले एक कार्यक्रमको आयोजना गरि विदाई गरेका हुन्। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कविराम अधिकारीको प्रमुख अतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद पाण्डेको विशेष आतिथ्यता तथा बिद्यालयका शिक्षक तथा बिदाई हुने विद्यार्थीको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बिद्यार्थीहरु फर्सुराम पाण्डे, अस्मिता पाण्डे तथा शिक्षक शिक्षिकाहरु शुसन साह, खुमकला मुखिया,बिष्नुप्रसाद पाण्डे तथा प्रमुख अतिथि कविराम अधिकारीले मन्तव्य राखे ।

बोल्ने बिद्यार्थीहरुले आफुहरु बिद्यालयमा रहदा गरेका गल्ती कमजोरीलाई सबैले स्विकार गरि आफुहरुलाई खुसियालीका साथ बिदाई गर्न आग्रह गरेका थिए ।

साथै शिक्षक शिक्षिकाले बिद्यालय भनेको एउटा परिवार भएको र बिद्यार्थी परिवारका सदस्य रहेको र परिवारमा सानोतिनो गल्ती हुने र त्यस्तो गल्तीलाई आफुहरुले सहर्ष स्विकार गर्ने कुरामा जोड दिनुभएको थियो साथै उहाहरुले चैत ८ गतेदेखि सञ्चालन हुने एसईइ परिक्षामा उत्कृष्ट नतिजाका साथ सफल हुन आग्रह तथा शुभकामना समेत दिए । कार्यक्रम कक्षा ९ का विद्यार्थी सुस्मिता आचार्यको अध्यक्षता, अनुका श्रेष्ठको स्वागत र दुर्गा पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

नेकपा एमालेको जिल्ला कमिटी वैठक सम्पन्न 

अर्जुन भुसाल फागुन,२२ अर्घाखाँची

नेकपा एमालेको जिल्ला कमिटी वैठक सम्पन्न  भएको छ । नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश सांसद चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न वैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नजिर मियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

वैठकले निर्वाचनको समिक्षा गरेको छ । वैठकले नगरपालिका गाउँपालिका र वडालाई वैठक बसि संठनलाई चुस्त बनाउन निर्देशन गर्ने निर्णय गरेको छ । पार्टी संगठित सदस्यतालाई चैत्र मसान्त भित्र अनिवार्य नविकरण गर्नु पर्ने निर्णय गरेको छ ।

प्रदेश सभाका सांसद र स्थानीय तहका जनप्रतिनिधहरुलाई विकास निर्माण कार्यमा परिचालन गर्न पार्टी इन्चार्ज निजर मियाको संयोजकत्वमा सात सदस्यीय जनप्रतिनिधि परिचालन कमिटी गठन गरेको छ । सदस्यहरुमा नरेन्द्र कुमार क्षेत्री, पिताम्वर भुसाल, पवित्रा पौडेल, वुद्धि बहादुर रायमाझी, जनार्दन खनाल रहनु भएको छ ।

यस्तै वैठकले नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझीका वुवा विनबहादुर रायमाझीको निधन प्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदन प्रकट गरेको छ । यस्तै नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य जीवन चौहान, उहाँका बुबा र जिल्ला किमटी सदस्य झविन सुनामकी आमाको निधन प्रति दुःख प्रकट गर्दै शोक व्यक्त गरेका छ ।

वैठकमा नेकपा प्रदेश सांसद तथा पाँच नम्वर प्रदेश सदस्य रामजीप्रसाद घिमिरे, पाँच नम्वर प्रदेश सदस्य नरेन्द्र कुमार क्षेत्री, पवित्रा पौडेल, केन्द्रीय स्कुल विभागका सदस्य वुद्धिबहादुर रायमाझी, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य कुटमदिन अलिको आतिथ्यता रहेको थियो । वैठकको सञ्चालन जिल्ला कमिटी सचिव राम बहादुर चौहानले गर्नु भएको एमाले प्रचार विभाग प्रमुख भोजबहादुर गन्धर्वले जानकारी दिनु भएको छ ।

आजको राशिफल / वि.सं. २०७४ फाल्गुन २२ गते मङ्गलबार

वि.सं. २०७४ फाल्गुन २२ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ मार्च ०६ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११३८, (चिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२६ बजे र सूर्यास्त : साँझ ०६:०६ बजे,  इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१८ बजे र सूर्यास्त : साँझ ०५:५८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३२ बजे र सूर्यास्त : साँझ ०६:११ बजे, चैत्र कृष्णपक्षको पञ्चमी तिथि, मध्यरात्रीपछि ०३:३६ बजेसम्म, त्यसपछि षष्ठी तिथि, स्वाती नक्षत्र, मध्यरात्रीपूर्व ११:३९ बजेसम्म, त्यसपछि विशाखा नक्षत्र, चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त), ध्रुव योग, बेलुका ०८:१७ बजेसम्म, त्यसपछि व्याघात योग, कौलव करण, दिउँसो ०३:२२ बजेसम्म त्यसपछि तैतिल करण, आनन्दादि योग : ध्वज, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : दक्षिण, वारशूल : उत्तर, आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वास्तुमुहूर्त,

 आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), २४ गते : अन्तर्राष्ट्रिय नारी दिवस, मूहुर्त : अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), कर्णवेध(कान छेड्ने), पसल थाप्ने, वस्त्राभरण(गुन्युचोलो), डेरा सर्ने, पुराणश्रवण, २५ गते : अष्टमी व्रत, गोरखकाली पूजा, शीतलाष्टमीm वासेरा (नेवारी पर्व), मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा),

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कामका लागि अनुकूल समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रेमी÷प्रेमिकाका बीचमा सुमधुरता र सामीप्यता प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ ।  आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिन सक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अरूको विषयमा चासो राख्दा वादविवाद हुनसक्छ । धैर्यसाथ गरिएको कामबाट फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । बोलीमा मिठास र चाकरीको व्यवहार देखाउनु पर्छ । सहयोगीहरूले आशा गरेअनुरूप साथ दिन सक्दैनन् । मिहिनेत गरेबमोजिमको फाइदा लिन सकिंदैन । काममा बिलम्ब हुने लक्षण छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धनप्रदाय कुबेराय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

निराशाभाव बढ्नुका साथै प्रयत्न गरेको काममा बिलम्ब हुनाले दिक्क लाग्नेछ । परम्परा र बाध्यतामा खुम्चिनु पर्नाले नरमाइलो लाग्न सक्छ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य पाइने सम्भावना छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान जुटाउन सकिने छ । भोजभतेरमा सहभागी हुन पाइने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । होसियारीसाथ काम लिनुपर्ने समय छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएका काम बन्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । सँगीसाथी र सहयोगीको मद्दतले बिग्रनै लागेको काम पनि बन्नसक्छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रसिद्धि कमाउने र नाम राख्ने कुनै काममा मन जानेछ । गरेको कामले प्रशंसा पाउने छ । दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आजको प्रयत्न निष्फल जस्तै होला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )