माओवादी केन्द्र मालारानी वाड नम्वर ५ को बैठक सम्पन्न

सन्धिखर्क एफएम चैत्र ५ अर्घाखाँची

नेकपा माओवादी मालारानी गाउँपालीका वाड नम्वर ५ को बैठक सम्पन्न भएको छ । कार्यक्रममा मन्तब्य राख्दै अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष मान बहादुर पाण्डेले पार्टी संगठन आगामी कार्यभार,पार्टीले खेल्नु पर्ने भुमिका बारे प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै वाड अध्यक्ष शोभाकर भुसाले वाडको विकास निर्माणमा भएको प्रगतिबारे जानाकारी गराउनु भएको थियो । वाड अध्यक्ष शोभाकर भुसालको अध्यक्षता सचिव मोतीराम भटराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा केन्द्रिय आयोजक समिती सदस्य देवबहादुर खड्का,मालारानी गाउँपालीका पार्टी सचिव बसन्त खड्का,सिता विक लगाएतले मन्तव्य राख्नुभएको थियो ।

Advertisement

प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँची शाखाको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन

घनश्याम पौडेल, सन्धिखर्क चैत्र ५

प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँची शाखाको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।

अन्तक्रियामा प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकुत मनोज कुमार भट्टराईले जीवन विमा महत्वपुर्ण भएकाले सवैले विमा गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मार्केटिङ्ग हेड नविन थापा, क्षेत्रीय प्रमुख बुटवलका शिव पौडेल, बुटवल शाखा प्रमुख रिता केसी, अर्घाखाँची शाखा प्रमुख नारायण घिमिरेले अभिकर्ताहरूलाई जागरुक गराउने, प्राईम लाईफ मोवाईल एपको बारेमा जानकारी, जीवन बिमाको बारेमा जानकारी गराए । अन्तरक्रियामा २९ जना अभिकर्ताको सहभागिता रहेको थियो ।

कांग्रेसका क्रियासिल सदस्य चुँदालीको निधन

प्रेमनारायण आचार्य, अर्घाखाँची चैत्र ५

नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनालका ससुरा बुबा अर्घाखाँचीको धारापानी निवासी जीवलाल चुँदालीको निधन भएको छ ।

नेपाली कांग्रेसका क्रियासिल सदस्य चुँदालीको पार्थिब शरिरमा नेपाली कांग्रेसका पुर्ब जिल्ला सभापति कमल प्रसाद भुसाल, जिल्ला उपसभापति शान्ता भण्डारी लगायतले पाटीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

सन्धिखर्कको गच्छे घाटमा पुगि जिल्ला समन्वय समितिका सभापति पिताम्बर शर्मा, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, भुमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द वेल्वासे, कांग्रेस जिल्ला सदस्य सिता भुसाल, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, पुर्ब जिल्ला अध्यक्ष पिताम्बर खनाल, नेविसंघका पुर्ब जिल्ला सभापति मेघराज पाण्डे, सन्धिखर्क १ का सभापति माधब श्रेष्ठ, पत्रकार सुर्य भुसाल , प्रेम आचार्य, घनश्याम पौडेल लगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

७७ बर्षिय चुदालीको आफ्नै घर भुमिकास्थान नगरपालिकाको वाड नम्वर ४ कल्लेरीमा निधन भएको हो । उहाका १ छोरा र ५ छोरी रहेका छन ।

लागुपदार्थ पदार्थ सेबन गर्ने गराउनेलाई कडाभन्दा कडा कारबाही हुनु पर्छ – पुर्ब उपप्रधानमन्त्री रायमाझी

IMG_20180319_113744श्याम घिमिरे अर्घाखाँची चैत्र ५
नेपाल सरकारका पुर्ब उपप्रधानमन्त्री तथा बर्तमान अर्घाखाँची जिल्ला प्रतिनिधि सभा सांसद टोप बहादुर रायमाझीले लागुपदार्थ जन्य पदार्थहरु सेबनगर्ने र गराउने दुबैलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने भन्दै जनचेतना अभियानलाई प्रभाबकारी रुपमा अगाडी बढाउनुपर्ने धारणा ब्यक्त गर्नु भएको छ ।

गृह मन्त्रालय लागु औषध नियन्त्रण कार्यक्रमद्धारा आज सन्धिखर्कमा आयोजीत लागु औषध नियन्त्रणको क्षेत्रमा क्रियाशिल सरकारी गैरसरकारी संघसंस्था र सरोकारवालाहरुको लागी आयोजित एक दिबसीय लागु औषध नियन्त्रण सम्बन्धी प्रशिक्षण कार्यक्रममा मनतब्य राख्दै रायमाझीले उक्तकुरा बताउनु भएको हो ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका सन्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसाल,पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी, प्रहरी नायब निरीक्षक एकनारायण कोईराला लगायतले मनतब्य राख्दै एउटा असल नागरीकलेमात्र राष्ट्रकोलागी योगदान दिन सक्ने भन्दै राष्ट्र निमार्ण प्रकृयामा लाग्न सबैलाई आग्रह गर्नु भएको थियो ।

 

एक दिवसीय युवा परामर्श कार्यक्रम सन्धिखर्कमा सम्पन्न ।

 

श्याम घिमिरे अर्घाखाँची चैत्र  ५
जिल्ला सदरमुकाम सन्धिखर्कमा एक दिवसीय युवा परामर्श कार्यक्रम आज सम्पन्न भएको छ ।  जिल्ला युबा समिती अर्घाखाँची, सन्धिखर्क नगरपालीकाको कार्यालय सन्धिखर्क तथा जिल्लामा क्रियाशील राजनैतिक दलका युबा संघ संगठन एवं सामाजिक संघ संस्थाहरूको सहकार्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले सकरात्मक सोच युगको आबस्यकता भएकोले सबै पक्षले यसलाई अंगाल्नु पर्नेमा जोड दिनु भयो ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसालले अबका युबाहरु स्वस्थ्य र शिक्षित हुनुपर्ने भन्दै सकरात्मक सोचको बिकास हुनुपर्ने बताउनु भयो । सन्धिखर्कनगर प्रमुख कमलप्रसाद भुसालले युबाहरुलाई कसरी रोजगार बनाउन सकिन्छ भन्ने बिषयमा सबैको ध्यान जानुपर्ने धारणा ब्यक्त गर्नु भयो । पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसीले सकरात्कम र सन्देश मुलक कार्यमा सन्चारकर्मीको सधै साथ र सहयोग रहने बताउनु भएको थियो ।
कार्यक्रमको सहजीकरण मनोक्रान्ति अभियानका बरिष्ठ प्रशिक्षक योगी नवराज छम र बिज्ञान तथा प्रबिधि बिज्ञ खिम पन्थीले गर्नु भएको थियो । सो अबसरमा सकारात्मक सोंचको विकास,आत्मनिर्भरता, उच्च शिक्षाको सम्भावना र अवसर विषयमा करीब ५०० जना भन्दा बढी युवायुबतीलाई परामर्श सेबा दिईएको थियो ।

कार्यक्रम जिल्ला युबा समिती अर्घाखाँचीका अध्यक्ष लिलबहादुर बिकको अध्यक्षता, कार्यक्रम संयोजक कबिराम खनालको स्वागत मनतब्य र सदस्य सचिब लिलबहादुर राउत क्षेत्रीको सन्चालनमा सम्पन्न भएको थियो ।