पाणिनी बहुमुखी क्याम्पसमा अन्तर संकाय छात्रा भलिवल प्रतियोगिता सम्पन्न

29341447_2079789142304390_1224403484_n.jpgघनश्याम पौडेल चैत्र ९ अर्घाखाँची

पाणिनी बहुमुखी क्याम्पसमा अन्तर संकाय छात्रा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । स्नातक तह तेस्रो वर्ष स्वास्थ्य तथा शारिरिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुले प्रोजेक्ट मिट गुप्र अन्तगर्त गरेको भलिवलमा ४ टिमको सहभागीता रहेको थियो ।

जसमा विएड तेस्रोवर्ष प्रथम, विविएस तेस्रो वर्ष दृतिय र विएड द्रोस्रो वर्ष तृतिय भएका छन । भलिवलको उदघाटन गर्दै क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्रीले विश्वकै महत्वपुर्ण खेल भलिवल आयोजना गरेकोमा धन्यवाद दिदैँ स्वास्थ्यका लागी महत्वपुर्ण हुने बताए ।

स्ववियु सभापती लक्ष्मण खड्का, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली, स्ववियु उपसभापती श्रृजन भुसाल र कोषाध्यक्ष घनश्याम पौडेलले छात्रा भलिवल महत्वपुर्ण हुने बताए । कार्यक्रममा शिक्षक सुरज सारुले भलिवलको सहजीकरण गर्नुभएकोमा मेन रेफ्री बाबुराम रसाईली रहेका थिए । कार्यक्रमको उदघाटन सत्र विद्यार्थी नुमा गमालको अध्यक्षता, अनिता नेपालीको सञ्चालन र मिना झाक्रीको स्वागतमा सम्पन्न भयो ।

Advertisement

विश्व क्षयरोग दिवसको अवसरमा जिल्ला अस्पताल सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।

हिम लेकाली अर्घाखाँची ९ चैत्र

विश्व क्षयरोग दिवसको अवसरमा जिल्ला अस्पताल सन्धिखर्कमा क्षयरोग विसयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्षयरोग दिवसको पुर्व सन्ध्यामा जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको अध्यक्षता समेत ग्रहण गर्नुभएका जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालले क्षयरोग जनस्वास्थ्य समस्याको विसय भएपनी उपचार प्रक्रिया सहज र निशुल्क भएकोले धेरै मात्रामा रोग नियन्त्रण भएको बताउनु भयो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख जगन्नाथ तिवारीले प्रत्यक्ष निगरानी प्रणालीमा रहि उपचार गरे कुनैपनी मानिस क्षयरोगका कारण मर्न नपर्ने बताउनु भयो । यसैगरी जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले क्षयरोग तथा एच आइ भि एड्स बारे तथ्यांक सहित प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा खोप सुपरभाइजर राजाराम आचार्य , जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डाक्टर अर्जुनराज शर्मा , सु आहारा कार्यक्रम संयोजक सुनिल खतिवडाले समेत मन्तव्य राख्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा औसधि खाएर निको भएका सन्धिखर्क २ का शिवलाल बन्जाडे, बिन्दु भुसाल र सन्धिखर्क १ का सन्तोष सुनार लाई सम्मान गरिएको थियो । सु आहारा कार्यक्रमको सहयोग रहेको उक्त कार्यक्रमको संचालन क्षय कुष्ठ निरीक्षक सम्भुलाल कर्णले गर्नुभएको थियो ।

अहिले सम्मको जिल्ला रेकर्ड अनुसार प्रत्यक्ष निगरानीमा रहि स्वास्थ्यकर्मी हरुबाट ८७ जना बिरामिहरुले क्षयरोगको औसधि सेवन गरिरहेको बताइएको छ ।

अर्घाखाँचीमा आर्थिक गणना हुने

श्याम घिमिरे चैत्र ९ अर्घाखाँची

जिल्ला आर्थिक गणना कार्यालय अर्घाखाँचीले आर्थिक गणना कार्यक्रम बारे सरोकारवाला पक्षलाई जानकारी गराएको छ । पत्रकार महासंघका अध्यक्ष, जिल्ला स्थित रेडियोका पमुख उद्योग वाणिज्य संघका पदाधिकारीसँग छलफल गरेको छ ।

कार्यालयका गणना अधिकृत महेश पसाद बोहोराले वैसाख १ गतेबाट गणना सुरु गरिने बताउनु भयो । उहाँले राष्ट्रिय योजना आयोज अन्र्तगत कार्यालयले देशै भर आर्थिक गणना सुरु गर्न लागेको बताउनु भयो । चैत्र १ गते बाट सन्धिखर्कमा कार्यालय स्थापना गरेर गणनाको पक्रिया अघि बढाइएको छ ।

असार मसान्त सम्म कार्यालयले जिल्लाको आर्थिक अवस्थाका बारेमा सबै तथ्यांक संकलन गर्ने कार्यालयका कर्मचारी गणेश मरासिनीले बताउनु भयो ।

आर्थिक गणनाका लागि सत्ताइस जना गणकहरु नियुक्त गरिने भएको छ । जिल्लाका उद्योगी, व्यापारी, कृषि समुह वा फर्म दर्ता गरेका कृषक, संघ संस्थाहरु, वित्तिय संस्था सहकारी, विद्यालयहरु, हस्पिटल, संचार माध्यम लगायतका निकायको आर्थिक तथ्यांक तयार पारिने कार्यालयले जनाएको छ । राष्ट्रिय योजना आयोगले देशै भर पहिलो पटक आर्थिक गणना गर्न लागेको छ ।

यो कार्यक्रमले देशको अर्थतन्त्रको अवस्था उजागर हुने विश्वास लिइएको अधिकृत बोहोराले बताउनु भयो । पत्रकार तथा उद्योगी व्यापारीहरुले आर्थिक गणना अभियानलाई सक्दो सहयोग गर्ने पतिवद्धता जनाएका थिए ।

सम्मान कार्यक्रम सम्पन्न

विनोद गैरे अर्घाखाँची चैत्र ९

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोट ताराखसे स्थित श्री ताराखसे कालिका भगवति मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नव निर्मित श्री ताराखसे भगवति मन्दिर निर्माणका क्रममा आफ्नो चौसासी पुजामा लाग्ने फजुल खर्च कटौती गरी मन्दिर निर्माणमा ५२ हजार सहयोग गर्नुहुने भूमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोट ताराखसेका यमलाल भुसाल र ५१ हजार सहयोग गर्नुहुने वडा नं. ७ नुवाकोट बादुकाका खिम बहादुर खत्रीलाइ कार्यक्रमका प्रमुख अतिथि भुमिकास्थान नगरपालिका ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले टिका, माला, खादा तथा प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो ।

सहयोग दाताहरुलाई सम्मान गर्दै अध्यक्ष श्रेष्ठले मठ मन्दिरहरु हाम्रा सास्कृतिक धरोहरहरु भएकोले यिनीहरुको संरक्षण र समवद्र्धन गर्नु हामी सबको दायित्व भएको उल्लेख गर्दै आफ्नो चौसासी पुजामा लाग्ने खर्च कटौती गरी मन्दिर निर्माण जस्तो पवित्र कार्यमा सहयोग गर्नुभएकोमा सहयोगदाताहरुको मुक्त कण्ठले प्रशंसा गर्नुको साथै उहाँहरुको सु स्वास्थ्य तथा दिर्घायूको कामना गर्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष विनोद गैरले मन्दिर निर्माण गर्नु मात्र ठुलो कुरा नभई यसको संरक्षण र सम्वद्र्धन गरेमा मात्र सार्थकता हुने उल्लेख गर्दै मन्दिर निमार्णमा आर्थिक नैतिक तथा भौतिक रुपमा सहयोग गर्नुहुने स्थानीय वासी तथा बैदेशिक रोजगारीमा रहेका युवाहरुको धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु तथा स्थानीयको उपस्थिती रहेको थियो । कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण पौडेलको अध्यक्षता, मन्दिर निर्माण समितिका सदस्य लिलामणि उपाध्यायको स्वागत तथा सचिव प्रेमलाल भुसालको संचालनमा सम्पन्न भएको हो  ।