छत्रदेब गाँउपालीकाले फागुन ३० गते निशुल्क स्वास्थ्य शिबिर सन्चालन गर्ने ।

श्याम घिमिरे फागुन २९ अर्घाखाँची
जिल्लाको छत्रदेब गाउँपालिकाले भोलि फागुन ३० गते निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने भएको छ । छत्रदेब गाउँपालिकाका ८ वटै वडाहरुमा एकै पटक निशुल्क स्वास्थ्य शिबिर र बृद्ध भत्ता बाड्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनुभयो ।

छत्रदेब गाउँपालिकामा पटक पटक निशुल्क स्वास्थ्य शिबिर सञ्चालन हुँदै आएका छन् । बिहान १० बजे देखी साँझ ५ बजे सम्म स्वास्थ्य शिबिर सञ्चालन हुने पोख्रेलले जानकारी दिनुभयो । त्यस्तै बृद्धबृद्धाहरुलाई भत्ता बुझ्न सहजहोस भन्दै एकै पटक भत्तासमेत बितरण गरीने पोख्रेलले सन्धिखर्क एफएम लाई जानकारी दिनु भयो ।

साथै अध्यक्ष पोख्रेलले छत्रदेब गाँउपालीकालाई नेपालकै नमुना गाँउपालीका बनाउको लागी आफु लागीपरेको पनि बताउनु भयो ।

Advertisement

सुशासन र जवाफदेहिता अभिबृद्धि गर्न नागरीक संस्था एकजुट हुनु पर्छ ।

बसन्त श्रेष्ठ फागुन २९ अर्घाखाँची

सुशासन र जवाफदेहिता अभिबृद्धि गर्न नागरीक संस्था एकजुट हुँदै पैरवीको क्षेत्रमा काम गर्ने संस्थाहरु एकजुट हुनुपर्नेमा एक कार्यक्रका बक्ताले जोड दिएका छन् ।

पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा मंगलवार सन्धिखर्कमा सुशासन प्रबर्द्धन लागि जिल्ला स्तरीय नागरिक सञ्जाल अर्घाखँचीको बैठकमा बक्ताहरुले सो कुरा बताएका हुन् । बैठकमा बोल्ने बक्ताहरुले स्वास्थ्यको पहुच आम नागरिक माझ पुयाउनको लागि सबै नागरिक अगुवाहरु एक जुट हुने पर्ने बताएका छन् ।

उनीहरुले शिक्षा, स्वास्थ्य, कृषिको सेवामा प्रभावकारीता ल्याउन स्थानीय नागरिकको भूमिका महत्वपूर्ण भएकाले नागरिकलाई सचेत बनाउनु पर्ने बताएका थिए ।

बोल्ने वतmाहरुमा गैरसरकारी संस्था महासंघ अर्घाखाँचीका अध्यक्ष भोज बहादुर गन्धर्व, पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जि सी लेकाली, अन्तरपाटि महिला संञ्जालकी अध्यक्ष सुशिला गैरे, लोकतान्त्रिक गैरसरकारी संस्थाका बाबुराम पौडेल, कमल बिश्वकर्मा, एकीकृत ग्रामीण बिकास समाज अर्घाखाँचीका अध्यक्ष हृदय भुसाल, इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसाल लगायतका रहनुभएको छ ।

बैठक सुशासन प्रबर्द्धन लागि जिल्ला स्तरीय नागरिक संजालका अध्यक्ष फर्सुराम पाण्डेको अध्यक्षता, पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो

। बैठकले जिल्लामा शिक्षा स्वास्थ्य, कृषिका सवालहरुको बारेमा छलफल गर्दै पैरवीका लागि सम्बन्धित सरोकारवालाको ध्यानकर्षण गराउने समेत निश्कर्ष निकालेको छ ।

ट्रम्पको अग्निपरीक्षा : कसरी मनाउलान् उत्तर कोरियालाई ? यस्ता छन् ट्रम्पका चुनौती

फागुन २९, २०७४ नसोचेको घटनाक्रम विकास भयो भने अलग कुरा। अन्यथा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी मेइमा उत्तर कोरियाली सर्वोच्च नेता किम उन जोङसँग भेट्नेछन्।

‘महान् प्रक्रिया सुरु भइसकेको छ। तर सहमति हुनअघि नाकाबन्दी जारी रहनेछ। भेटघाटका लागि योजना बनिसकेको छ,’ ट्रम्पले गत बिहीबार आफ्नो ट्वीटरमा लेखेका छन्।  दक्षिण कोरियाका सुरक्षा सल्लाहकार चुङ इयु योङले दुई देशका शीर्ष नेताबीच भेटघाटको वातावरण बनाउन मध्यस्थता गरे।

चुङसँगको भेटमा उत्तर कोरियाली सर्वोच्च नेता किमले आणविक हतियार निसशस्त्रीकरण गर्न तयार रहेको बताएका थिए। त्यसपछि व्हाइट हाउस पुगेका चुङले किमको सन्देश ट्रम्पलाई सुनाए।  उत्साहित बनेका ट्रम्प मेइ महिनामा उत्तर कोरियाली शीर्ष नेतासँग भेट्न तयार देखिएका छन्।

उत्तर कोरियाली राष्ट्रपतिसँग वार्ता गर्ने योजना ट्रम्पले राष्ट्रपतिय निर्वाचनकै बेला सार्वजनिक गरेका थिए। त्यतिबेला तत्कालीन सत्तारुढ (अहिलेको विपक्षी) डेमोक्र्याट पार्टीले उत्तर कोरियाली नेतासँगको भेट अमेरिकी कुटनीति र मार्यादा विपरीत हुने भन्दै ट्रम्पको अभिव्यक्तीको भत्र्सना गरेको थियो।

ट्रम्पले चुनावमा गरेका थुप्रै वाचाहरु बिर्सिसकेका छन्। तर संयोगले किम उन जोङसँग भेट गर्ने र आणविक समस्याको समाधान गर्ने वाचा अहिले पूरा हुने संघारमा छ। स्टालिनवादी सोच हाबी भएको उत्तर कोरिया र उसको शत्रु राष्ट्र अमेरिकाका राष्ट्रप्रमुखबीचको यो भेटघाट इतिहासकै पहिलो हुनेछ।

किम जोङ र लभ हेटको सम्बन्ध राष्ट्रपतिको निर्वाचनताका ट्रम्पको वाचा थियो, ‘उनलाई भेटेर आणविक कार्यक्रम बन्द गर्न आग्रह गर्छु। विश्वशान्तिका लागि पहल थाल्छु।’  सन् २०१६ को डिसेम्बरमा चुनाव जितेका ट्रम्पले २०१७ को जनवरीमा शपथ लिए। तर, किम उन जोङ र उत्तर कोरियासँग अमेरिकाको सम्बन्ध सुध्रिएन। उत्तर कोरियाले सन् २०१७ को पूर्वसन्ध्यामा आणविक परीक्षण ग¥यो। त्यसपछि पनि लगातार मिसाइल परीक्षण गरिरह्यो।

उसले अमेरिकालाई समेत सखाप बनाउन सक्ने ब्यालेस्टिक मिसाइल्स र शक्तिशाली हाइड्रोजन बम तयार गरिसकेको छ। उत्तर कोरियाली नेता किमले अमेरिकामाथि आणविक हमला गर्ने चेतावनी दिएपछि एक समय ट्रम्प उनीसँग निकै चिढिएका थिए।

ट्रम्पले किमलाई र किमले ट्रम्पलाई पागलसमेत भने।  स्विचरल्यान्डबाट आफ्नो पढाई पूरा गरेका ३४ वर्षीय किमले अमेरिकाका सबै कुरा मन नपराउने भने होइनन्। उनी अमेरिकाको ‘नेशनल बास्केटबल लिग’ (एनबिए) हेर्न मन पराउँछन्। एनबिएका पूर्वस्टार माइकल जोर्डन, स्कटी पिपिन र डेनिस रोडम्यानका ठूला फ्यान हुन्।

थुप्रैपटक किमको निमन्त्रणामा रोडम्यान उत्तर कोरिया आइसकेका छन्। उनले पछिल्लो पटक उत्तर कोरियाली विदेशमन्त्रीलाई प्योङयाङमा भेटेर सन् १९८७ मा पहिलोपटक प्रकाशित ट्रम्पको पुस्तक ‘द आर्ट अफ द डिल’ गिफ्ट गरेका थिए।  किमलाई अमेरिकी गायिका तथा अभिनेत्री व्हाइट्नी हउस्टन निकै मनपर्छ।

कलेज  जीवनमा उनले हउस्टनका गीतहरु धेरै सुन्थे। उनलाई अमेरिकाको फ्लोरिडामा रहेको डिज्‍नी वल्र्ड निकै मनपर्छ।  उनी डिज्‍नी वल्र्डका टेलिभिजन शृंखलाहरु हेर्न रुचाउँछन्। उनले उत्तर कोरियामा पनि यसैबाट प्रभावित भएर टेलिभिजन कार्यक्रमहरु निर्माण गर्न लगाएका छन्। उनलाई अमेरिकी कम्पनी एप्पल तथा अमेरिकी ब्रान्डको जुत्ता ‘नाइक’ मनपर्छ।  यस्ता छन् ट्रम्पका चुनौती किमलाई अमेरिकी राजनीति र राजनीतिज्ञ भने कहिल्यै मन परेन किनकी अमेरिका उत्तर कोरिया जमानादेखिकै शत्रु हो।

दोस्रो विश्वयुद्धताका स्टालिनले कोरियाली प्रायद्वीपमा उत्तर कोरियालाई अलग देशका रुपमा उभ्याएका थिए। सोभियत संघको पतनपछि विश्वभर कम्यनुष्टि व्यवस्था संकटमा परेपनि उत्तर कोरियामा त्यसको कुनै असर देखिएको छैन। २ करोड ५० लाख जनसंख्याको यो देश अहिले अमेरिका तथा विश्वका सबै महादेशमा निशाना बनाएर मिसाइल हमला गर्नसक्ने अवस्थामा पुगिसकेको छ।

त्यसैले उत्तर कोरियासँग वार्ताको टेबलमा बस्दा संसारकै शक्तिशाली देश अमेरिकाका राष्ट्रपतिलाई झुक्न पनि नहुने र विपक्षीलाई समझदारीमा पनि ल्याउनुपर्ने दबाब हुनेछ। ‘राष्ट्रपति ट्रम्पको मानिसहरुसँग डिल गर्नसक्ने राम्रो खुबी छ। उनले यसैमा नाम कमाएका छन्,’ व्हाइट हाउसका एक अधिकारी भन्छन्,‘ निरङकुश देश उत्तर कोरियामा किम जोङ एक्ला व्यक्ति हुन् जसले निर्णय लिनसक्छन्। त्यसैले समस्या समाधानका लागि लामो बाटो हिंड्नभन्दा जोङको निमन्त्रणा स्विकार्नु नै ट्रम्पले राम्रो उपाय देखे।’

ट्रम्प र जोङ दुबै राजनीतिमा अपरिपक्व पात्रा मानिन्छन्। तर उनीहरु एउटै टेबलमा बस्दा विश्व समुदायको आशा भने ठूलो हुनेछ। ट्रम्पले आफ्नो जीवनको अधिकांश समय राजनीतिमा भन्दा व्यापारमा खर्चिए। राजनीतिमा लागेको छोटो समयमै अमेरिकाको राष्ट्रपति बन्न सफल भएका ट्रम्प अहिले चुनावका दौरान गरेका वाचा पूरा गर्न नसकेका कारण आलोचनामा छन्। यद्यपी, उनीसँग कुटनीतिमा गतिलो ज्ञान भएका सल्लाहकारहरु छन्। उनीहरुकै योजनामा ट्रम्पको चुनावी नारा ‘अमेरिका फस्र्ट’ तय भएको थियो। एक महिनाअघिसम्म उत्तर कोरिया नीतिका लागि अमेरिकाको विशेष प्रतिनिधि रहेका जोसेफ युन र अमेरिकाका अन्तर्राष्ट्रिय  इन्स्ट्यिच्युसनहरुले राष्ट्रपति ट्रम्पको भ्रमणमा तय हुने एजेन्डाहरु तयार पार्नेछन्।

युनले एक महिनाअघि मात्रै अवकाश पाएका हुन्। ‘ वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा अमेरिकी पक्ष धेरै खतरामा छ,’ सान डियगो स्कुल अफ ग्लोबल पोसिलीका प्राध्यापक तथा कोरिया विज्ञ स्टेफेन हागार्ड भन्छन्, ‘ अमेकिी प्रशासन जिम्मेवार हुनुपर्ने अवस्थामा छ। उसले जिम्मेवारी निभाउन सक्यो भने यो अवसरमा जित्न सक्छ।’    किम उन जोङको पृष्ठभूमि ट्रम्पभन्दा फरक छ।

उनको रगतमै राजनीति छ। सन् २०११ मा बाबु किम जोङ इलको निधन हुनअघि उनले समानान्तर सत्ता चलाइरहेका थिए। अर्थात सर्वोच्च नेता बाबु थिए। तर, शासनसत्ता सम्बन्धी धेरै काम उनले गर्थे।    किमका हजुरबुबा किम सुङ इल उत्तर कोरियाका संस्थापक हुन्।

उनले कहिले सोभियत युनियन त कहिले चीन निकट भए फाइदा लिने गरेका थिए। सोभियत युनियनको पतन भएपनि कोरियाको नीति फेरिएन। बाबु किम जोङले कहिले चीन त कहिले दक्षिण कोरियासँग मिल्ने, झगडा गर्ने र आफ्नो स्वार्थ पूरा गर्ने काम गरे। कुनै विषयमा सहमति नजिक पुग्ने र सहमति भंग गर्ने उनीहरुको पुरानै संस्कार थियो। अहिलेका सर्वोच्च नेता किमले पनि बाबु–बाजेबाट त्यही सिकेका छन्।

त्यसैले त किमको यु–टर्न अचम्मलाग्दो छ। उनले गत सेप्टेम्बरमा मात्रै अमेरिका ध्वस्त गर्ने चेतावनी दिएका थिए। समुन्द्रमै आगो बालिदिने चेतावनी दिएको ६ महिना नबित्दै उनी आणविक कार्यक्रम बन्द गर्नका लागि वार्ता गर्न तयार देखिएका छन्।  ‘मलाई लाग्छ यो एउटा राम्रो सहानुभूति हो।

उत्तर कोरियाजस्तो देशले आणविक हतियार बिना नै सुरक्षित महसुस हुने बाटो खोज्दैछ,’ सिओलस्थित योनसिई विश्वविद्यालयका पूर्वी एशियाविद् प्राध्यापक जोन डिलरी भन्छन्,‘ त्यसो भए प्रश्न यो हुने भयो कि अमेरिकाले कसरी उत्तर कोरियालाई सुरक्षाको प्रत्याभूति गराउन सक्छ।’ अमेरिकाको पछिल्लो अनुभव हेर्दा अवरोध ठूलो आउने देखिन्छ। अमेरिकामाथि उत्तर कोरियाले शंका गर्ने ठाउँहरु धेरै देखिएका छन्।

इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेन र लिबियाका तानाशाह मुआम्मर गद्दाफी दुबैले अमेरिकाकै आग्रहमा आफ्नो महत्वाकांक्षी आणविक कार्यक्रम स्थगित गरेका थिए। तर यसो गर्नाका बाबजुद उनीहरुले अमेरिकाको साथ र सहयोग पाएनन्। अमेरिकाले इराकलाई ध्वस्तै पा¥यो।  ओबामाले धेरै कसरत गरेर इरानसँग आणविक कार्यक्रम स्थगित गर्ने सहमतिमा ल्याए।

तर अहिले डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता बिगार्ने काम गर्दै आएका छन्। किमले यो राम्ररी बुझेका छन् कि प्रजातान्त्रिक देशले गरेको वाचा सरकार रहुन्जेल मात्रै हो। सरकार फेरिन्छ। वाचा फेरिन्छ।  यहाँ चीनले भूमिका खेल्न सक्छ। जसरी, जापान र उत्तर कोरिया अमेरिकाको ‘आणविक छातामुनि’ छन्।

त्यही शैलीमा उत्तर कोरिया सरकारलाई चीनले आफ्नो छातामुनि ल्याएर सुरक्षाको ग्यारेन्टी दिलाउनसक्छ। तर दुई आणविक देश बेइजिङ र चीनबीच रक्षा सम्बन्धी साझेदारी भइरहेको छ। यस्तो अवथामा चीन एक्लै काफी हुन्छ वा उत्तर कोरिया पनि आणविक शक्ति सम्पन्न नै चाहिन्छ भन्ने विषयमा यी दुई देशले सोचेका हुनसक्छन्।

यस्ता विषय परिस्थिती र चुनौतीहरुबीच आगामी मेइमा सन्काहा भनेर चिनिएका विश्वका दुई ठूला नेता भ्टेदा उनीहरुले एकअर्काका समस्यालाई कसरी समाधान गर्लान् ? किमले दक्षिण कोरियामा तैनाथ ३० हजार अमेरिका सैनिकलाई निकाल्नुपर्ने शर्त राख्न सक्छन्। यो अमेरिकी गठबन्धनको स्पष्ट हार हुनेछ। बेइजिङको सदासयताका बाबजुद संयुक्त राष्ट्रसंघले लगाउन खोजेको  कडा  खालको अर्को नयाँ नाकाबन्दीको डरले पनि किमलाई तर्साएको हुनसक्छ।

जबसम्म, ८ सय ८० माइल्स लामो सिमाक्षेत्र जोडिएको चीनले साथ दिनेछ, त्यतिबेलासम्म किमलाई नाकाबन्दीले खासै असर गर्नेछैन। तर पछिल्लो समय चीन पनि सहमतिको पक्षमा देखिएको छ। डोनाल्ड ट्रम्पले व्यापारीक युद्धको धम्की दिएपछि अमेरिकी बजारमा आफ्नो प्रभाव गुम्नसक्ने भयले चीनलाई शशंकित बनाएको छ। यस्तो अवस्थामा किमले पनि आफ्ना चीनियाँ प्रायोजकलाई देखाउनका लागि वार्ता गरेका हुनसक्छन्।

विभिन्न राष्ट्रका यी र यस्तै स्वास्र्थ तथा आशंकाहरुका बाबजुद उत्तर कोरियाको आणविक समस्या समाधानमा धेरैभन्दा धेरै उपलब्धीहरु हात पार्न चीन, रुस, दक्षिण कोरिया, जापान र अमेरिका एकिकृत योजनासहित प्रतिवद्ध भएर  लक्ष्यप्राप्तीमा लाग्न जरुरी छ। र, ट्रम्पले पनि प्रचारमा आएजसरी नै संवाद गर्नसक्ने आफ्नो खुबी प्रमाणित गरेर देखाउन जरुरी छ।

(टाइम्स म्यागेजिनका लागि चार्ली च्याम्पबेलले लेखेको लेखको भावानुवाद )

Source:thahakhabar

 

 

घोडाघोडीका मेयर त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौं, फागुन – गोली र खुकुरी प्रहारबाट घाइते भएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई काठमाडौंको त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।

घोडाघोडी नगरपालिकामा रहेको आफ्नै घरमा गएराति नचिनेका मानिसको समूहले गोली र खुकुरी प्रहार गरेपछि घाइते भएका चौधरीलाई थप उपचारको लागि सेनाको हेलिकप्टेरबाट काठमाडाैं ल्याइएको हो ।

यसअघि उहाँको नेपालगञ्जमा सामान्य उपचार गरिएको थियो । गोली हानेको आरोपमा प्रहरीले तीनजना पक्राउ गरि अनुसन्धान थालेको प्रदेश नम्बर सातका प्रहरी अतिरिक्त महानिरीक्षक माधव नेपालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरु नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको अनुमान गरिएको छ ।

source:ujyaaloonline

विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित

काठमाडौं, फागुन २९ – विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुनुभएको छ । आज भएको मतदानमा २९ हजार २ सय ७५ मतभार सहित भण्डारी विजयी हुनुभएको हो ।

उहाँकी प्रतिद्वन्दी कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मत पाउनुभएको छ । चुनावमा संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ सदस्य गरी ८ सय ८० जना मतदाता रहेकोमा १८ जना अनुपस्थित थिए ।

जम्मा ५२ हजार ५ सय मतभार कायम रहेको चुनावमा २६ हजार २ सय ५१ मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुनेमा भण्डारीले २९ हजार २ सय ७५ मतभार प्राप्त गर्नुभएको हो । यसको आधिकारिक घोषणा भने हुन बाँकी छ ।

संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको थियो । भण्डारीलाई एमाले, माओवादी केन्द्र र मधेश केन्द्रीत दलको समर्थन रहेको थियो ।  नयाँ शक्ति नेपाल र विवेकशील साझा पार्टी  भने चुनावमा सहभागी भएनन् ।

source:ujyaloonline