श्याम घिमिरे फागुन २७ अर्घाखाँची
नेकपा माओवादी भुमिकास्थान वाड नम्वर २ र वाड नम्वर ४ को बैठक सम्पन्न भएको छ । कार्यक्रमा मन्तव्य राख्दै जिल्ला सहसंयोजक छमकुमारी खनाल चिनारीले पार्टीले आगामी दिनमा लिने कार्य दिशाबारे बताउनुभएको थियो ।
बैठकले पार्टी सदस्य नविकरण,जनवर्गिय संगठन पुनगठन गर्ने निर्णय गरेको छ । शिव आचार्यको अध्यक्षता,चेतन खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला सचिवालय सदस्य रुद्रमणी खनालले मन्तव्य राख्नुभएको थियो । यस्तै ४ नम्वर वाडको बैठकको विष्णु बजान्डेको अध्यक्षता,कर्ण आलेको सञ्चालन र जिल्ला सदस्य सुवासचन्द्र बजान्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
यस्तै नेकपा माओवादी मालारानी गाउँपालीका वाड नम्वर ७ को बैठक सम्पन्न भएको छ । बैठकले पार्टी सदस्य नविकरण,जनवर्गिय संगठन पुनगठन गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल राष्टिय शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष मान बहादुर पाण्डेले पछिल्लो राजनितीक घटनाक्रम,पार्टी एकताको बारे प्रकास पार्नुभएको थियो । कार्यक्रममा मालारानी गाउँपालीका कोषाध्यक्ष नारायाण प्रसाद अर्याल सदस्यहरु मणिराम पराजुली,रुद्र भुसाल डिलबहादुर परियार लगाएतले मन्तव्य राख्नुभएको थियो ।
भेलाले मणिराम पराजुलीको अध्यक्षता १९ सदस्य कमिटी निर्माण गरेको छ । जसको उपाध्यक्ष युवराज भुसाल,सचिव रामबहादुर खड्का,सहसचिव मानबहादुर नेपाली कोषध्यक्ष सिमा भटराई लगाएतका रहनु भएको ।