युबाबर्ष जनता रबिचित्र माबि मा शुभकामना आदान प्रदान तथा बिदाई कार्यक्रम सम्पन्न

श्याम घिमिरे

फागुन २५, सन्धिखर्क

युबाबर्ष जनता र बिचित्र माबि सन्धिखर्क १ हटारीमा शुभकामना आदान प्रदान तथा बिदाई कार्यक्रम सुक्रबार सम्पन्न भएको छ ।

युबाबर्ष जनता र बिचित्र माबिमा अध्ययनरत कक्षा ९ का बिद्यार्थीहरुको आयोजनामा सोहि बिद्यालयबाट एसईई परीक्षा २०७४ मा सम्मीलितहुने बिद्यार्थीहरुलाई उच्च सफलताको लागी शुभकामना प्रदानगर्ने कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धर्मराज अधिकारीको प्रमुख आतिथ्यता, स्रोतब्यक्ति नमबहादुर सिंह रानाभाट र बिद्यालयका प्रअ टेकराज आचार्यको बिशेष आतिथ्यता रहेको थियो। कार्यक्रम कक्षा ९ का छात्रा आलोकश्री खनालको अध्यक्षतामा र बिष्णुप्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको हो ।

Advertisement

शैक्षिक गुणस्तर बृद्धिकाे लागि शिक्षक,बिद्यार्थी र अभिभाव बीच सुमधुर सम्बन्ध हुनुपर्छ अध्यक्ष -रायमाझी

कमल बिस्ट फागुन २५ सन्धिखर्क

सन्धखर्क नगरपालिका वार्ड नं. २ का अध्यक्ष माेतिजङ्ग रायमाझीले ले शैक्षिक गुणस्तर बृद्धिकाे लागि शिक्षक,बिद्यार्थी र अभिभाव बीच सुमधुर सम्बन्ध कायम गरेर अघि बढ्नुपर्ने बताउनु भयाे ।

भगवती माध्यमिक बिद्यालय सन्धिखर्क काे बधाई तथा शुभकामना कार्यक्रममा मन्तव्य राख्दै उहाँले बर्तमान शिक्षा प्रणालीमा व्यापक सुधारकाे खाँचो औल्याउनु भयाे ।

रायमाझीले शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको व्यापारी करण नराेके सम्म गरिब जनताका छाेरा छाेरीले पढ्न सक्ने अबस्था नै नरहेको भन्दै निशुल्क र अनिवार्य शिक्षाको बिषयमा जाेडदिनु भयाे ।

बिद्यालयका प्रधानाध्यापक श्यामबहादुर भुसालको अध्यक्षता र शाेभाखर पन्थीकाे संचालनमा सम्पन्न कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिबहरी पाैडेल, सदस्य द्वय भाेजबहादुर गन्दर्व, तुल्सी गैरे, सल्लाहकार लेखनाथ भुसाल , बिष्णु ढुङ्गाना,शिक्षक कृण्ण प्रसाद भुसाल लगायतका बक्ताहरुले मन्तव्य राख्दै शैक्षिक गुणस्तर बृद्धिमा जाेडदिनु भयाे ।

कार्यक्रममा बिद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । यसबर्ष भगवती माध्यमिक बिद्यालय बाट १२५ जना बिद्यार्थी एस.ई.ई. परिक्षामा समाबेस हुँदै छन् ।

भलिवल खेलाडीहरुको बनभोज कार्यक्रम सम्पन्न

बिनोद गैर फागुन २५ अर्घाखाँची

देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीका भलिवल खेलाडीहरुको आयोजनामा आज सन्धिखर्क लदाममा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

बनभोज कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक एक नारायण कोईराला, देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीका अध्यक्ष योगेन्द्र बहादुर खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चन्द्रिका चौधरी, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष विनोद गैरे लगायको बाक्लो उपस्थिती रहेको थियो ।

बनभोज यहि फागुन १३ र १४ गते भूमिकास्थान नगरपालिका वडा नं. ४ मकैडाँडा र फागुन १७ र १८ गते भूमिकास्थान नगरपालिका वडा नं. ५ असुरकोट बुदुन्मारामा आयोजना गरिएको जिल्ला स्तरीय खुल्ला भलिवल प्रतियोगितामा देउराली यातायात व्यवसायीको समुह प्रथम स्थान हासिल गरेको खुसीयालीमा आयोजना गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष योगेन्द्र बहादुर खड्काले अर्घाखाँचीमा यातायातको क्षेत्रमा गुणस्तरी र भरपर्दो सेवा प्रवाह गरेको देउराली यातायात व्यवसायी समितिले अव जिल्लाको खेलकुद विकासको क्षेत्रमा पनि टेवा पु¥याउदै जाने र एक दिन जिल्लामा उत्कृष्ट भलिवल समुह स्थापना गरि देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले जिल्लाकै गरिमा बढाउने प्रतिक्रिया दिनुभएको थियो ।

कहाँ–कहाँ ढल्यो लेनिनको शालिक ?

फागुन २५ – बीसौँ शताब्दीका सबैभन्दा महत्वपूर्ण तथा प्रभावशाली व्यक्तित्वमध्येका एक भ्लादिमिर लेनिनको मृत्यु भैसके पनि उनको विचारधारलाई धेरैलाई प्रभाव पारेको छ ।

सन् १९९१ मा सोभियत संघ नढल्दासम्म लेनिनको विचारधाराको प्रभाव निकै नै थियो ।

लेनिनका समर्थकले उनलाई समाजवादी नेताका रुपमा हेर्छन भने आलोचकले भने  एक तानाशाहका रुपमा । ठूलो परिमाणमा भएको राजनीतिक अत्याचार र हत्यामा उनलाई दोषी ठहराउनेहरु पनि छन् ।

भर्खरै भारतको त्रिपुरा विधानसभाका बीजेपीले जित हात पारेको ४८ घण्टामै बुलडोजर लगाएर रुसी क्रान्तिका नायक लेनिनको प्रतिमा भत्काइएको थियो । तर लेनिनको शालिक ढलाइएको यो पहिलो घटना भने होइन । योभन्दा पहिलो विश्वका धेरै ठाउँमा लेलिनको शालिक ढलाइएको छ ।

१. यूक्रेनमा ठूलो संख्यामा लेनिनसँग जोडिएका धरोहर भत्काउने काम भएको छ । सन् २०१३ देखि २०१५ को बीचमा यूक्रेनमा लेनिनका झण्डै ५ सय शालिक भत्काइएको छ । यो तस्बिर सन् २०१३ को हो जहाँ लेनिनको शालिक घनले हानेर भत्काइएको थियो । लेनिनको शालिक भत्काउने समूहले रुसको नजिक भएको भन्दै यूक्रेनका राष्ट्रपतिको विरोध गरेका थिए । 

२. सन् १९९१ मा बर्लिनका मेयरले लेनिनको शालिक भत्काउने आदेश दिएका थिए । उनले तानाशाही प्रवृत्ति झल्काउने कुनै प्रतिमा आफूहरुलाई मान्य नहुने बताएका थिए ।

 

३. सन् २०१४ को सेप्टेम्बरमा यूक्रेनकै खारकोभ शहरमा लेलिनको मूर्ति भत्काइएको थियो । यस घटनाको प्रत्यक्ष प्रसारण गरेको थियो । २०१७ को अगस्टसम्म यहाँ लगाइएका लेनिनका सबै शालिक हटाइएको थियो । 

४. सन् १९९० मार्च ५ मा रोमानियाको राजधानी बुकारेस्टमा दुई वटा क्रेनको सहयोगले स्टेट पब्लिसिङ हाउसको अगाडिको लेनिनको शालिक हटाएको थियो ।

 

यस्तो भनिन्छ कि यदि तपाईँ कुनै देशका बारेमा जान्न चाहनुहुन्छ भने त्यहाँ कस्तौ प्रतिक बनाइयो भन्दा पनि कस्तो प्रतिक हटाइयो भन्ने कुरामा ध्यान दिनुपर्छ । यही कुरा भारतको त्रिपुरा राज्यमा पनि लागू हुन्छ । जहाँ २५ वर्षदेखिको वाम किल्ला तोडेर बीजेपीले सरकार बनाएको छ ।

source:ujyaaloonline

राष्ट्रियसभाका तीन सदस्यले राष्ट्रपति चुन्न नपाउने

काठमाडौं, फागुन २५ – राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्यमा मनोनीत तीन सदस्यले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले शुक्रबार संघीय संसद् भवन, नयाँ बानेश्वरमा सदस्य डा युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौड्याललाई शपथ गराउनुभएको हो । नेपालको संविधानअनुसार ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था छ ।
यसअघि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत शपथमा रोक लगाएका कारण यही फागुन २० गते राष्ट्रियसभाका सदस्यको शपथ कार्यक्रममा उहाँहरु उपस्थित हुन पाउनुभएको थिएन ।
सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले फागुन २३ गते अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने आदेश जारी गरेपछि उहाँहरुलाई शपथ लिन बाटो खुलेको हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिश गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले संयुक्तरुपमा ‘असंवैधानिक रुपमा आफूहरूलाई मनोनीत नगरिएको’ भन्दै राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइ रिट निवेदन दायर गर्नुभएको थियो ।
सो रिट दायरपछि फागुन १३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासबाट राष्ट्रियसभा सदस्यका लागि मनोनयन भएका डा खतिवडा, विडारी र पौडेललाई माननीय सदस्यका हैसियतको शपथ नगर्न÷नगराउन संघीय संसद् सचिवालय तथा विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।
तत्कालीन प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाको सदस्यमा मनोनयन लागि बस्नेत, पौडेल र जोशीको नाम गत माघ २६ गते सिफारिश गरेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ती नाम फिर्ता लिएर फागुन ८ गते राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि डा खतिवडा, विडारी र डा पौड्यालको नाम सिफारिश गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरुलाई फागुन ८ गते नै राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको थियो । नेपालको संविधानमा सातै प्रदेशबाट आठ÷आठ जनाका दरले निर्वाचित ५६ जना र राष्ट्रपतिबाट मनोनीत तीन जना गरी कूल ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने प्रावधान छ ।
राष्ट्रियसभा सदस्यको शपथ लिए पनि डा खतिवडा, विडारी र डा पौड्यालले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा भने मतदान गर्न पाउनुहुने छैन । राष्ट्रपतिको निर्वाचन संघीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा० का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ ।
निर्वाचनको सिलसिलामा निर्वाचन आयोगले फागुन २२ गते मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गरिसकेको छ । उक्त सूचीमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० जना मतदाता कायम छन् ।
सरकारको सिफारिशमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत तीन जना र प्रदेशसभा सदस्य राजीव गुरुङको नाम भने मतदाता नामावलीमा समावेश छैन । तसर्थ आज शपथ लिनुभएका राष्ट्रियसभाका तीन सदस्यले यथाअवस्थामा मतदान गर्न नपाउने आयोगले जनाएको छ ।
तर सो सम्बन्धमा संघीय संसद् सचिवालयले लिखित जानकारी गराएको खण्डमा आयोग पदाधिकारी बैठकले बाधा अड्काउ फुकाउ सम्बन्धी केही निर्णय गर्नसक्ने अधिकार रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । – रासस