मालीका धार्मिक महोत्सवमा २५ लाख संकलन

घनश्याम पौडेल
सन्धिखर्क, ६ चैत्र । छत्रदेव गाउँपालिकाको ठुलापोखरामा मालिका धार्मिक महोत्सवमा करिव २५ लाख संकलन भएको महोत्सव मुल इकाइ समितीका संरक्षक तथा वडा अध्यक्ष कमल पौडेलले जानकारी दिए ।

नेपालको इतिहासमा प्रथम पटक वृन्दावनकै आकारमा श्री गोवद्वन प्रवर्द्धन गर्ने र द्वादश ज्योतिष लिङ्ग निर्माण गरि मालिका मन्दिर परिसरलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गरि विश्व भरि चिनाउँने उदेश्यका साथ आयोजित मालिका धार्मिक महोत्सवमा भक्तजनहरुको घुईचो लागेको आयोजकले जानकारी दिएको छ ।

महोत्सवको चैत्र ४ अर्थात आईतबार अर्घाखाँची प्रतिनिधी सभाका सासंद तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उदघाटन गदैँ मालिकाको विकासको लागी १५ लाख दान गरेको प्रतिवद्धता जनाए ।

महोत्सवको उदघाटनको सुरुको दिन जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. लोकनाथ पौडेलले मालिकाको विकासका लागि २ लाख ६६ हजार ६ सय ६ दान गरेका थिए । मालीका मन्दीर व्यवस्थापन समितीका अध्यक्ष भोला पौडेल भन्छन्, यहाँको विकासका लागी संकलन भएको पैसा तलमाथि हुदैँन आफु सक्दो दान गर्नुस ।

महोत्सवमा मुल पण्डीत भुवन गुरुको मुखार विन्दुबाट प्रवचन भईरहेको छ । आयोजकले भक्तजनहरुलाई मन्दिरमा आएर दर्शन गर्न तथा प्रवचन सुन्नका लागी सवैलाई आव्हान समेत गरेको छ ।

मालीका धार्मिक महोत्सवमा २५ लाख संकलन

Advertisement

बिदाइ तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

श्याम घिमिरे अर्घाखाँची चैत्र ६

भुमेदह माबि मालारानी ९ गोखुङ्गामा कक्षा ९ का विद्यार्थीद्वारा कक्षा १० का बिद्यार्थीलाई बिदाइ तथा शुभकामना आदान प्रदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रम बि.ब्य स अध्यक्ष घनश्याम खनालको प्रमुख आतिथ्यता, बिधालयका प्रअ भुपेन्द्र थापाको अध्यक्षता ,चुरा बहादुर चौहानको सन्चालन र शिक्षक कमल खनालको स्वागत मनतब्यमा सम्पन्न भएको हो । कार्यक्रममा एसईइ परीक्षा २०७४ मा सहभागि हुने कक्षा १० का सम्पूर्ण विद्यार्थीलाई अबिर माला र डाएरी कलम उपहार दिई बिदाइ गरिएको थियो ।

शिक्षक नारायण प्रसाद भुसालको बधाई तथा बिधाई मनतब्य सहित कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गित नृत्य र कबिता बाचन समेत प्रस्तुत गरिएको शिक्षक नारायण प्रसाद भुसालले खबर पठाउनु भएको छ ।

शिद्धेश्वर शिवालयमा अनाथ तथा असहायहरुलाई खाद्यान्न सामाग्री हस्तान्तरण

श्याम घिमिरे
सन्धिखर्क, ६ चैत्र । धारापानी रुपन्देही सम्पर्क मञ्चको आयोजनामा सन्धिखर्क स्थीत जिल्लाको प्रशिद्ध धार्मीक स्थल श्री शिद्धेश्वर शिवालय तथा आनन्द वृद्धाआश्र्रम सन्धिखर्क २ भक्तिटोलमा अनाथ तथा असहायहरुको लागी खाद्यान्न सामाग्री हस्तान्तरण गरीएको छ ।

सामाग्री हस्तान्तरणमा भुमिकास्थान नगरपालीकाका प्रमुख रेशम थापाले अनाथ तथा बृद्धाबृद्धहरुलाई यसरी सहयोग गर्नु सरानीय काम भएको भन्दै आगामी दिनहरुमा भुमिकास्थान नगरपालीकाबाट पनी यसप्रकारको कामलाई सहयोग गर्ने बताए ।

मन्चका अध्यक्ष प्रेम बन्जाडेको अध्यक्षता, बरीष्ठ उपाध्यक्ष टान बहादुर खत्रीको स्वागत मनतब्य र मन्चका महासचिब डिआर बन्जाडेको सन्चालनमा सम्पन्न कार्यक्रममा आश्र्रम संन्चालक समितिका अध्यक्ष नारायण खनाल, पत्रकार महासंघका कोषाध्यक्ष बिनोद गैरे, सन्धिखर्क नगरका श्रोतव्यक्ती युबराज भुसाल, उद्योग बाणीज्य संघ कपिलबस्तुका निबर्तमान उपाध्यक्ष माधब भाट क्षेत्री लगायतले मनतब्य राख्दै मन्चको खुलेरै प्रसंशा गरे ।

देउसीभैलो खेली जम्मा गरीएको रमक बाट आश्रमलाई विभिन्न खाद्य सामाग्रीहरु हस्तान्तरण गरीएको मन्चका अध्यक्ष प्रेम बन्जाडेले जानकारी दिए ।

शिद्धेश्वर शिवालयमा अनाथ तथा असहायहरुलाई खाद्यान्न सामाग्री हस्तान्तरण

आज विश्व मुख स्वास्थ्य दिवस

सन् २०१८ मार्च २० तारिख 

विश्व ओरल स्वास्थ्य दिवस, आज मार्च २० मा । मुख भनौं या मौखिक अझ मुख भित्रको स्वास्थ्यको दिवस भनौं आज । नारा छ यस वर्षका लागि से आः! अर्थात (मुख) आः गर भन्ने । यसो भन्दा मुख खोल्न पर्ने हुन्छ र मुख भित्रका स्वास्थ्य राम्रा भएमा मान्छेले खुलस्त अनि स्वतन्त्ररुपमा मुख खोल्दछ भनेर यस्तो नारा राखिएको हो ।

स्पेनको मेड्रिडमा भएको डेन्टल कांग्रेसले हरेक वर्ष यस दिवसका लागि नयाँ नयाँ नारा बनाउने कार्य गर्दछ । यस वर्षको नारा नै आः गर र मुखको स्वास्थ्य अनि पूर्ण स्वस्थ्यको बारेमा सोच भन्ने रहेको छ । सामान्यतया दन्त चिकित्सक कहाँ हामी जाँदा मुख खोल्नुहोस् त भन्दा आः गर्नुहोस् भन्ने गर्दछन्, याद गर्नुभएको छ ?

मुखलाई त स्वास्थ्यको दर्पण नै मानिन्छ, मान्छेको मुखको स्वास्थलाई उसको व्यक्तित्वसंग जोडेर हेरिन्छ । मुखको स्वास्थ्य अनि सम्पूर्ण शरीरको स्वास्थ्य अत्यन्त निकट कुराहरु हुन् । मुख नै हरेक खाना अनि सरसफाईको मुख्य बाटो हो, हैन र ?

मुख नै फोहोर भएमा शरीर स्वस्थ कसरी रहन सक्छ र ?

आजको दिनले मुखको स्वास्थ्यसंग सम्बन्ध राख्ने अन्य संक्रमण र रोगहरुको जनचेतना फैलाउने काम गर्दछ । जस्तै कि मधुमेह, हृदयरोग झैं कार्डियो भास्कुलर रोगहरु अनि श्वासप्रश्वासका रोगहरु मुखको स्वास्थ्यसंग सम्बन्ध राख्ने रोगहरु हुन् ।

यी कुराहरु हामीले आउने पुस्ताहरुमा पनि सिकाउन जरुरी मानिन्छ । बढ्दो फास्ट फुड, चिसो तातो खाने चलनले बालबालिका्हरु झनै मुखको स्वास्थ्यको जोखिममा रहन्छन्, विश्वव्यापी तथ्याकंका अनुसार केवल १३ प्रतिशत आमाबुवाले मात्र आफ्ना सन्तानलाई पहिलो जन्मदिन अघि दन्त चिकित्सककोमा लग्ने गर्दछन् ।

बच्चालाई पीडा भएपछि मात्र दन्त चिकित्सककामा लिएर जाने आमाबुवाको प्रतिशत २३ प्रतिशत छ । वास्तवमा पीडा हुनु अगावै नै चिकित्सकका मा रोकथाम अनि जाँचका लागि लान जरुरी छ । र अझ जरुरी छ उनीहरुको मुखको स्वास्थ्यका लागि जरुरी बानी व्यहोराहरुको शुरुवात । नियमित दन्त परीक्षण, दाँतको राम्रो सुरक्षा र स्वस्थ खानेकुराहरु मुखको ख्याल राख्नका लागि जरुरी कुराहरु हुन् । खैनी, चुरोट लगायतका विभिन्न अम्मलको सेवनले पनि मुखको स्वस्थ्यमा असर गरिरहेको हुन्छ, अझ हाम्रो देशमा यस्ता अम्मलको प्रयोग समाजका सस्कार मै जोडिएको सम्म पनि छ ।

यो राम्रो कुरा हैन, स्वस्थ हुनु नै धन हो हैन र ? अहिले त झन विभिन्न टुथपेस्ट अनि केही सुन्दरताका उत्पादनका विज्ञापनले मुखको स्वास्थ्यलाई धेरै उजागर गरेको छ तर मुखलाई स्वस्थ राख्न त्यति पनि जटिल छैन जति ति उत्पादनहरुले व्याख्या गर्दछन् ।

सानै उमेर देखि दिनहुँ सफा गर्ने, पखाल्ने, प्रभावकारी तरिकाले ब्रश र पेस्ट लगाउने गर्नाले दाँतको समस्या धेरै हदसम्म समाधान हुन्छ । ब्रश गर्दा धेरै घोटेर गर्नु राम्रो हुन्छ भन्ने सोच गलत हो, उपयुक्त तवरले तलमाथि गर्दै ब्रश गर्नु जरुरी हुन्छ । अन्य कुरामा हजारौं खर्च हुँदा पनि वास्ता नगर्ने औसत नेपाली हामी दाँत मोल्ने ब्रश चाहिँ खासै खर्च गरेर राम्रो किन्दैनौं, किन होला ?

मुखको स्वास्थ्यमा लगानी गर्न यस वर्षको ओरल हेल्थ दिवसले सबैलाई सिकाओस् ।
मुख खोलेर हाँसौं, हृदय खोलेर हाँसौं ।

source:hamropatro

नमूना विद्यालयमा नै छैन शौचालय

पुरुषोत्तम गिरी

सल्यान, चैत ६ – सल्यानकाे सदरमुकाम खलंगामा रहेको एक नमूना विद्यालयका विद्यार्थीहरुले खुल्लामा शौच गर्ने गरेको भेटिएको छ । जिल्लाको सरमुकाम खलंगा लुहापिङमा रहेको त्रिभुवन जन माद्यमिक विद्यालयका विद्यार्थीहरु विद्यालयमा शौचालय नहुँदा नजिकैको झाडीमा जान बाध्य भएका हुन् ।

यस विद्यालयलाई केही समय अगाडि नेपाल सरकारले जिल्लाकै नमूना विद्यालयको रुपमा घोषणा गरेको थियो ।

विद्यालयमा शौचालय पर्याप्त मात्रामा नहुदाँ आफूहरु शौच गर्न जगंल जानुपर्ने बाध्यता रहेको कक्षा ८ मा अध्ययनरत विद्यार्थी नवीन थापाले बताउनुभयो  । उहाँले भन्नुभयो ‘हाम्रो विद्यालयमा शौचालय पर्याप्त मात्रामा छैन, शौच गर्न विद्यालय हाता बाहिर रहेको जगंलमा जानु पर्छ, कहिलेकाहीँ पेटमा समस्या भयो भने त २/३ घण्टीको पढाई नै छुट्छ ।’विद्यालयमा ५ सयभन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

विद्यालयका प्रधानाध्यापक माधव विक्रम जिसीले विद्यालयमा आवश्यक मात्रामा शौचालय नहुँदा यो समस्या आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘विद्यालयमा शौचालय नभएको होइन, शौचालय छ । एउटा शिक्षक स्टाफहरुले प्रयोग गर्नुहुन्छ, अर्को शौचालय छात्राहरुले प्रयोग गर्छन्, तर छात्रहरु भने जंगलमा नै गएर शौच गर्ने गरेका छन् ।’

प्रधानाध्यापक जिसीले विद्यालयमा आर्थिक अभावले शौचालय निर्माण गर्न नसकेको बताउनुभयो । उहाँले जिल्ला शिक्षा कार्यालय, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपाल रेडक्रस सोसाईटीलगायतका विभिन्न निकायहरुसँग सहयोग मागेको भए पनि अहिलेसम्म कहीँबाट पनि सहयोग प्राप्त नभएको जानकारी दिनुभयो  ।

source:ujyaaloonline