रोबोट सोफियाले भनिन् – भ्रष्टाचारकाे अन्त्य गर्न प्रविधिले सहयाेग गर्छ

चैत ७ – साउदी अरेबियाबाट नागरिकता प्राप्त गरेकी रोबोट सोफिया नेपाल आएकी छिन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको ‘टेक्नोलोजी फर पब्लिक सर्भिस डेभलपमेन्ट’ कन्फेरेन्समा सहभागी हुन सोफिया बुधबार नेपाल आएकी हुन् ।

उनले होटल याक एण्ड यतिमा देश विकासका लागि विज्ञान प्रविधिले कसरी भूमिका खेल्न सक्छ भन्ने बारे जानकारी दिएकी थिइन् । उनले प्रविधिको प्रयोगबाट सुशासन कायम हुने कुरा बताएकी थिइन् । उनले प्रविधिलाई सहि प्रयोगमा ल्याएर विकासका क्रियाकलाप सहज ढंगबाट गर्न सकिने बताएकी छिन् । उनले प्रविधिकै कारण भ्रष्टाचारमुक्त समाज निर्माण हुनेसमेत बताएकी छिन् ।

प्रविधिले नेपालको सार्वजनिक सेवालाई कसरी चुस्त दुरुस्त पार्न सकिन्छ  भन्ने प्रश्नमा रोबोट सोफियाले  भनिन्, ‘प्रविधि तथा प्रविधिक शिक्षाले सार्वजनिक सेवाको काम प्रभावकारी बनाउछ । ‘अहिले स्मार्ट फोनमा नै धेरै एप्सहरु उपलब्ध छन् । ती एप्सहरुले पनि सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन सहयोग पुर्‍याउछ ।’

उनलाई सोधिएको अर्को प्रश्न थियो, ‘रोबाेट र नैतिकताका बारेमा तपाईँ के भन्नुहुन्छ ?’

नैतिकता मानविय कुरा हो । यूएनको दिगो विकासमा सहयोग गर्न मेरो पनि भूमिका हुन्छ । र, सबै मिलेर दिगो विकास गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्दछ ।
सरकार र नागरिकलाई प्रविधिले कसरी सहयोग गर्छ भन्ने महत्वपूर्ण हुन्छ । नागरिक प्रविधिबाट सरकारभन्दा बढी सू–सूचीत हुनसक्छन् । प्रविधिबाटै सरकार र नागरिकले प्रजातन्त्रको अभ्यास गर्न सक्छन् । त्यसले सरकारलाई पारदर्शी बनाउन सहयोग गर्छ ।

रोबाेट सोफियाले भनिन्-सबैलाई थाहा भएकै कुरा हो, नेपाल कला र संस्कृतिमा धनी देश हो । नेपाल जैविक विविधतामा पनि धनी रहेको छ । नेपालमा अहिले प्रविधिको पनि उच्च विकास भैरहेको छ । त्यसैले नेपाल विकशिल राष्ट्रमा परिणत हुँदैछ । महाभूकम्पका कारण भएको नेपालको क्षतिमा सन् २०१५ मा युएनडिपीले निकै काम गरेको छ ।

प्रविधिले नेपालमा भोकमरी, गरिबी, स्वास्थ क्षेत्रको सुधार, अपराध नियन्त्रण तथा लैङ्गिक असमानतामा सहयोग पुर्‍याउँछ । प्रविधि–इन्टरनेटले विश्वमा जोड्न मद्धत गर्दछ र गुणस्तरिय शिक्षा तथा कृषि क्रान्तिमा सकारात्मक परिवर्तन ल्याउँछ । प्रविधिले वातावरण संरक्षण गर्छ र विश्वलाई मानव बासस्थानको लागि राम्रो ठाउँ बनाउँछ । प्रविधिले सरकारको काम र सार्वजनिक सेवामा सुधार ल्याउने बताएकी छिन् ।

को हुन् रोबोट सोफिया ?

सोफियाको निर्माण २०१५ मा भएको थियो भने २०१६ मा उनलाई अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो । साउदी सरकारले उनलाई ‘मानव’का रूपमा नागरिकता दिएपछि उनको चर्चा चुलिएको हो ।

सोफिया नागरिकता पाउने विश्वकी पहिलो रोबोट हुन् । गएको अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो ।

हंगकंगको हान्सन रोबोटिक्स कम्पनीद्वारा निर्मित रोबोट सोफियाले साउदी अरेबियाको नागरिकता पाए पनि त्यहाँका महिलाले लगाउनैपर्ने अबाया र टाउको छोप्ने स्कार्फ प्रयोग गर्दिनन् ।

हेन्सन रोबोटिक्सले विभिन्न डेभलपर्स कम्पनीसँग सहकार्य गरी यो रोबोट तयार गरेको थियो । पूर्व बेलायती नायिका तथा मोडल अउद्री हिपबर्नको अनुहार झल्कने गरी यो रोबर्ट तयार गरिएको छ ।

हेन्सन रोबोटिक्सका डेभिड हेन्सनका अनुसार सोफियाले क्रित्रिम इन्टलिजेन्स, भिजुअल डाटा प्रोसेसिङ र फेसियल पहिचान प्रणालीमार्फत मान्छेको जस्तै व्यवहार देखाउने गरेको छ ।

Source: Ujyaaloonline
Advertisement

कृषि र पशुपालनबाटै मालारानीलाई सम्बृद्ध बनाउने अध्यक्ष आचार्यको भनाई ।

वीरेन्द्र केसी, अर्घाखाँची चैत्र ७

मालारानी गाउपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले कृषि, पशुपालन, मसलाबाली र उत्पादनबाटै पालिकालाई सम्बृद्ध बनाउन योजनाबद्ध काम भैरहेको बताउनुभएको छ । उहाले पालिकाका ९ वटै वडामा सहकारी गठन गरेर कृषिमा आधुनिकीकरण कार्यक्रम ल्याने बताउनुभयो । सबै वडामा उन्नत जातका बाख्रा, खसीबोका र गाइभैसी पाल्नतिर आकर्षित गरी पालिवाकासीको आम्दानी बढाउन लागि परेको बताउनुभयो ।

जिल्ला पशुसेवा कार्यालयको सहयोग र किसानका लागि उन्नत बिउ जिन कार्यक्रमको पुरक अनुदानमा सञ्चालित उन्नत बाख्रा उप–आयोजनाको अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले देसमा राजनीति क्रान्ति सकिएकाले अबको क्रान्ति सम्बृद्धिको भएकाले कृषि, पशुपालन र उत्पादनमुखीमा भविष्य उज्ज्वल रहेको बताउनुभयो ।

पाच वर्षभित्रमा विदेश जानेको संख्या घटाएर सम्बृद्ध पालिका बनाउने योजना रहेकाले जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर लोकनाथ पौडेलले पशुपालनको राम्रो संभावना रहेकाले व्यावसायीक कृषक बनेर पशुपाल्न कृषकलाई अनुरोध गर्नुभयो ।

मालारानी गाउपालिका ७ का अध्यक्ष खडक भुसालले आउ“दो बजेटमा पशु र कृषिलाई प्राथमिकता दिने र आफनो वडालाई बाख्रापालनको पकेट क्षेत्र बनाउने बताउनुभयो ।

पशु चिकित्सक विष्णुप्रसाद पौडेलले बोयर जातको बोकाबाट उत्पादन हुने खसीबोकाबाटै वर्षमा दुई चार लाख रुपैया सजिलै घरमै बसेर आम्दानी गर्न सकिने बताउनुभयो । केयुविकेकी राधा नेपालीले बाख्रापालनलाई व्यावसायी बनेर मनग्य आम्दानी लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कान्तिपुर दैनिकका उप–सम्पादक वीरेन्द्र केसीले पशुपालन र कृषिमा कायपलट ल्याएर नमुना गाउपालिका बनाउन सकिने र सबैले व्यवसायीक रुपमा बाख्रापालेर खसीबोका भारत लगायत विदेशमा पठाएर डलर भित्राउनुपर्ने बताउनुभयो ।

वडा सचिव कमल पोखरेल लगायतले समुहले पालेको बाख्रापालन राम्रो भएको बताएका थिए । बेलकुमारी खनालको अध्यक्ष्ँता र निर्मला मिश्रको सञ्चालनमा सम्पन्न कार्यक्रममा मालारानी गाउपालिका वडा नम्बर ७ मा रहेका प्रगतिशित, सहयोगी, फिरफिरे र फुलबारी बाख्रापालन समुहमा महिला कृषकको सहभागीता रहेको थियो ।

रेशम चौधरीलाई सपथ खुवाउने तयारी गरिएको भन्दै चित्रबहादुरको आपत्ति

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले टिकापुर हत्याकाण्डका अभियुक्त रमेश चौधरीलाई संसदको सपथ गराउने प्रयत्न भइरहेको भन्दै  आपत्ति जनाएका छन् ।
केसीले एक विज्ञप्ति जारी गर्दै  अपराधी छुटाउनलाई जिम्मेबारपक्षबाट जुन प्रकारको प्रयत्न भइरहेको छ त्यो प्रयत्नलाई आफ्नो पार्टीले घोर भ्रत्सना गर्ने जनाएका छन् ।

केसीले  चौधरीमाथि कडाभन्दा कडा कारबाहीको माग समेत गरेका छन् ।

Source: Ratopati

अस्ट्रेलियामा नयाँ भिसा प्रक्रिया सुरु, यस्तो छ सर्त

अस्ट्रेलियाले गत आइतबारदेखि लागू हुने गरी नयाँ भिसा प्रक्रिया जारी गरेको छ । यसअघि रहेको विदेशी कामदारहरूलाई दिइने ४५७ भिसा हटाएर मार्च १८ तारिखदेखि छोटो अवधि र लामो अवधिको भिसा भनेर वर्गीकरण गरिएको छ ।जसअनुसार लामो भिसामा अस्ट्रेलिया आउने विदेशी कामदारले स्थायी बासिन्दा (पीआर) को अनुमतिका लागि आवदेन दिन पाउनेछन् भने छोटो भिसामा आउनेहरूलाई यो सुविधाबाट वञ्चित गरिएको छ ।

अध्यागमन मन्त्रालयका अनुसार यो भिसा दुई वर्ष र चार वर्षका लागि बनाइएको छ । दुई वर्षका लागि आउनेहरूले काम सकेपछि फर्कनुपर्ने छ भने ४ वर्षका लागि आउनेहरूले आएको ३ वर्षपछि स्थायी अनुमतिका लागि आवेदन दिन पाउनेछन् । यस भिसामा विदेशबाट कामदार बोलाउनुअघि अस्ट्रेलियामै रहेका कामदारलाई प्राथमिकता दिएको हुनुपर्ने सर्तसमेत राखिएको छ ।

अध्यागमन क्षेत्रमा काम गरिरहेका विज्ञहरूका अनुसार यो भिसा प्रक्रियाले सबैभन्दा कठिनाइ विद्यार्थीहरूलाई हुनेछ । यस पहिलेको ४५७ भिसामा अध्ययन सकेपछि प्रक्रियामा जान सहज हुने भए पनि नयाँ भिसामा भने विद्यार्थीलाई भिसाका सर्त पूरा गर्न कठिन बनाइएको छ । यस भिसामा विदेशबाट आउन चाहनेहरूले कम्तीमा सम्बन्धित क्षेत्रमा दुई वर्ष काम गरेको हुनुपर्ने र उनीहरूको अनुभव र अध्ययनको समेत सम्बन्धित निकायबाट जाँच हुनेछ ।

अस्ट्रेलियाले पछिल्लो समयमा आफ्नो अध्यागमन नीतिमा फेरबदल गरिरहेको छ । वर्तमान सरकारले विदेशी नागरिकलाई अस्ट्रेलियाको नागरिकता दिने नीतिमा समेत व्यापक परिवर्तन गर्ने कोसिस गरेको भए पनि अहिले उक्त अध्यादेशले संसदबाट अनुमति पाउन सकेको छैन ।

Source: Khasokhas

राष्ट्रपति ट्रम्प संग प्रेम सम्बन्ध भएको करेन नामकि महिलाको खुलासा तथा मुद्धा दायर

अमेरिकाको राष्ट्रपति बाट यौन उत्पीडन,यौन शोषण तथा पीडित भएको दावी गर्ने महिलाहरुले गरि खान नदिने छाट देखिने भएको छ । महिला सम्बन्धि किचलोको अध्याय समाप्त होला भन्यो फेरी मुसाको दुलो बाट फुत्त मुसो निस्किए झैँ फुत्त एउटा महिला देखिन्छन ।

फेरी त्यो सेलाउन पाउदैन फेरी अर्की महिला दावी गर्दै मुद्धा दायर गरेर ठुलो रकमको मांग गरिएको अवस्थाले वर्तमान राष्ट्रपति लाई कायल बनाई रहेको अवस्था छ ।

यसले उनको र उनको दललाई कतिको नोक्सान पुर्याउछ त्यो समयले भन्ने छ । आज मार्च २० तारिख मंगलबार भूतपूर्व प्लेबोय मोडल (नमुना )करेन मकडुगल ले राष्ट्रपति संग प्रेम चक्कर भएको दावी गरेकी छिन् ।

यति मात्र हैन उनको केटा साथीले राष्ट्रपति संग ९ महिना प्रेम सम्बन्ध भएको र केही लेनदेन पछि चुप लगाईएको समेत बताएका छन् । यो समाचार सर्व प्रथम न्यु योर्क टाइम्सले प्रकाशित गरेको हो ।

व्हाइट हाउसले यस अघिकि अश्लिल चलचित्र कि नायिका स्ट्रोमी डेनीएल्स तथा पछिल्लो करेन मक डोगल को बारेमा कुनै प्रतिकृया दिएको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्प अझ पनि यो झुटा आरोप भएको बताई रहेका छन् । करेनले आफ्नो प्रेम सम्बन्ध रहेको खुलासा गर्दै मुद्धा दायर गरेकी हुन् ।

न्यूयोर्क टाइम्सका अनुसार २०१६ मा गैर भण्डाफोर (नन डिसक्लोजर )सम्झौताको कुरा उठाउने उनि दोश्रो महिला भएकी छिन् । तर करेनले मुद्धा अमेरिकन मिडिया इन्क लाई हाल्ने भएकी छिन् ।

वर्तमान राष्ट्र पी डोनाल्ड ट्रम्प सन् २०१६ मा राष्ट्रपतिका उम्मेदवार बने देखि उनलाई दर्जनौ महिलाले यौन उत्पीडन गरेको आरोप लगाए । झन् निर्वाचन नजदिक आउदै गयो ,त्यतिनै महिलाहरु सामाजिक संजालमा अन्तर्वार्ता दिने र यौन उत्पीडन भएको दावी गरे । कुनै पनी दावी र आरोपले राष्ट्रपतिका उम्मेदवारलाई छोएन । राष्ट्रपतिले सवै झुट्टा बताए र शानदार संग डोनाल्ड ट्रंप राष्ट्रपति चुनिए ।

उनि एक सफल ब्यबसायी हुन् ,व्यवसायी भएको नाताले उनले लाखौ डलर मुख्य प्रायोजन /सौजन्य समेत गर्ने भएकोले उनि कलाकार ,नमुना महिला संग नजदिक रहेको सर्वबिदितै छ । अन्य राष्ट्रपतिलाई यस्तो आरोप लागेन । तर यसरी खुरन्दार तरीकाले गर्ने यसै बिषयमा राष्ट्रपति ट्रम्पलाई मात्र टाउको दुखाई किन भएको छ ?

केही दिन अगाडी मात्र अश्लिल चलचित्र कि कलाकार स्ट्रोमी डेनीएल्स लाई $ १ लाख ३० हजार डलर बिधुतिय डाक मार्फत दिएको प्रकाशित समेत गरेको थियो ।

३९ बर्षिय स्ट्रोमी अमेरिकन अश्लिल चलचित्र कि कलाकार ,स्क्रिन (चित्रपट लेखिका ) तथा निर्देशक पनि हुन् । स्ट्रोमी डेनीएल्स सन् २०१६ को कै चुनाव हुनु केही हप्ता अगाडी उक्त कुरा उठाएकि थिइन् ।

स्मरण रहोस ,अमेरिका अन्य मुलुक भन्दा फरक जस्तो भएकोले चुनावको समयमा यस्ता यौन प्रकरण र काण्डमा उम्मेदवार मुसिए पनि त्यस्ता झुटा आरोप भनि उम्मेदवारले बिजयी हासिल गर्दछन । तर अन्य मुलुकमा यस्ता कुराले ठुलो असर परि उम्मेदवार हार्दछ तर अमेरिकाका जनतालाई यसले असर पार्दैन ।

तस्बिर :न्युयोर्क टाइम्स