Day: March 24, 2018
बालबालीकाको मानसिक स्वास्थ्य प्रवर्धन र हिंसा रोकथामका लागी सम्भाव्यता र प्रभावकारीता सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न
घनश्याम पौडेल चैत्र १० अर्घाखाँची
बालबालीकाको मानसिक स्वास्थ्य प्रवर्धन र हिंसा रोकथामका लागी सम्भाव्यता र प्रभावकारीता सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
हेल्थराईट ईन्टरनेशनलको सहयोगमा सक्रिय सेवा समाजको सहजीकरणमा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्मा भुसालले बालबालीकाको क्षेत्रमा काम गरेकोले प्रभावकारी हुने बताउँदै कुरा भन्दा काममा ध्यान दिनुपर्नेमा जोड दिए ।
जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउँतले जिल्लाका देखी दुर्गम देखी सुगम साविकका केही गाविसमा गरेको कार्यक्रमले विद्यार्थीहरुमा अनुशासनको पाठ यस कार्यक्रमले शिकाएको बताए ।
कार्यक्रममा संस्थाका प्रकाश पन्त, हरि राना र सक्रिय सेवा समाजका विष्णु घिमिरेले जिल्लामा गरेको कामको विषयमा चर्चा गरे । उनीहरुले हिंसा तथा जोखिममा परेका महिला तथा बालबालीका, किशोर किशोरीहरु, यौनीक अल्पसङख्यकहरु केन्द्रीत गरी कार्य गरेको बताए ।
संस्थाले यो कार्यक्रम नेपाल सहित केन्या, युकेन, युएसए, भीयतनाममा काम गरेको छ । यो कार्यक्रमबाट संस्थाले ३९८ अभिभावक, २४ विद्यालय, ९३७ विद्यार्थी, ३० प्रअ लाभान्वीत भएको संस्थाले जनाएको छ ।
यो कार्यक्रम सञ्चालन गर्दा मानसिक स्वास्थ्य प्रणालीको विकास र स्वास्थ्य तथा शिक्षा मन्त्रालय विचँको समन्वयमा कमि, कार्यान्वयनको बेलामा बन्द हड्ताल र राजनैतिक अस्तिरता चुनौती देखीएको छलफल कार्यक्रममा संस्थाले जानकारी दिएको पत्रकार ले जानकारी दिनुभएको छ ।
माओवादीको प्रदेश नेतृत्व हेरफेर : राम कार्की प्रदेश १ र मणि थापा ५ को इन्चार्ज
काठमाडौं : माओवादी केन्द्रले प्रदेश नेतृत्व हेरफेर गरेको छ । शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बसेको कार्यालयको विस्तारित बैठकले प्रदेश नेतृत्व हेरफेर गरेको हो ।
अन्य प्रदेशको नेतृत्व हेरफेर गरे पनि ३ र ७ प्रदेशको नेतृत्व भने परिवर्तन भएको छैन । माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार प्रदेश १ को इन्चार्जको जिम्मेवारी राम कार्कीलाई दिइएको छ । त्यसैगरी प्रदेश २ विश्वनाथ साह, प्रदेश ४ को इन्चार्ज हितराज पाण्डे, प्रदेश ५ को इन्चार्ज मणि थापा र ६ नम्बर प्रदेशको इन्चार्जको जिम्मेवारी जनार्दन शर्मा प्रभाकरलाई दिइएको छ ।
प्रदेश ३ का इन्चार्ज हितमान शाक्य र प्रदेश ७ का लेखराज भट्ट भने यथावत छन् । यो निर्णयसँगै मातृका यादव, वर्षमान पुन र शक्ति बस्नेतको इन्चार्ज पद खोसिएको छ । उनीहरु मन्त्री बनेपछि माओवादी कार्यालय बैठकले पार्टीको जिम्मेवारी परिवर्तन गरेको हो । यसअघि यादव २, पुन ५ र बस्नेत ६ नम्बर प्रदेशका इन्चार्ज थिए ।
त्यसैगरी प्रदेश नम्बर ४ को इन्चार्ज रहेका देव गुरुङ प्रमुख सचेतक बनेपछि उनको जिम्मेवारी समेत खोसिएको छ । माओवादी प्रदेश १ का इन्चार्ज गोपाल किराती भने पार्टीको कारबाहीमा परेकाले उक्त पद रिक्त थियो ।
source: annapurnapost
श्रीमतीको गुप्ताङ्गमा श्रीमानले पाइपले घोचे
अमर सुनार
दैलेख, चैत १० – दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४, चिमेगाउँमा आफ्नै श्रीमतीको गुप्ताङ्गमा पाइपले घोचेर घाइते बनाएका छन् । घटानापछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो रक्सी खाएर घरमा आएका चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ का सूर्यबहादुर राउतले श्रीमती डम्बरकुमारी राउतलाई गुप्ताङ्गमा पाइपले घोचेर घाइते बनाएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको मौकामा उनिहरुविच विवाद भएको थियो । त्यसपछि उनले डम्बरकुमारीलाई कुट्दै आगो फुक्न प्रयोग गरिने पाइपको ढुङ्ग्रीले गुप्ताङ्गमा घोचेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
व्यापारको सिलसिलामा अहिले भैरबी गाउँपालिका–४, गडाजिउला बस्दै आएका ४० वर्षीय सूर्यबहादुर रावतले ३६ वर्षीया श्रीमती डम्बरकुमारी रावतलाई गडाजिउलामा यातना र दुव्र्यवहार गरेको कारण कारवाहीका लागि हिरासतमा राखिएको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक सरोज पौडेलले जानकारी दिनुभयो ।
स्थानीय शिक्षिका ललिता थापाको पहलमा पीडित महिलालाई घटनास्थलबाट उद्धार गरी गएराति नै दैलेख जिल्ला अस्पताल पु¥याइएको छ । उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ डाक्टर निरन्जन पन्तका अनुसार योनीको बाहिरी सतहदेखि ४ इञ्च भित्र पाठेघरमा कडा घाउ लागेको छ ।
प्रारम्भिक उपचारपछि रगत बग्न रोकिएको र दुखाई पनि धेरै कम भइसकेको बताए पनि पीडित महिला ओछ्यानबाट उठ्न सक्नुभएको छैन । माइतीमा कोही नभएकोले अस्पतालमा आफैले किन्नै पर्ने २–४ सयको औषधि पनि डम्बरकुमारीले किन्न सक्नुभएको छैन । उहाँको स्याहार सुसार पनि अस्पतालकै कर्मचारी गरिहेका छन् ।
पीडित महिलालाई धेरै पहिलेदेखि पासविक यातना दिने गरेको खुलेको कारण घरेलु हिंसा, यातना र ज्यान मार्ने उद्योगसम्मको मुद्दा चलाउने तयारी भएको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो ।
२० वर्षअघि विवाह गरेका डम्बरकुमारी र सूर्यबहादुरबाट २ छोरा र २ छोरी छन् । १८ वर्षको ठूलो छोरा काठमाडौंमा आफन्तकोमा बसेर ११ कक्षा पढ्दै छन् । श्रीमानले घरमा निरन्तर श्रीमतीलाई निरन्तर कुटपिट गरिरहने भएकोले बाँकी ३ जना ११, ९ र ७ वर्षको बच्चाहरुको पढाई राम्रो हुन नसकेको छिमेकीहरुले बताएका छन् ।
source: ujayalloonline
मानव बेचबिखनमा संलग्न वडाध्यक्षलाई ३७ वर्ष जेल सजाय
नुवाकोट, चैत ९ – दुप्चेश्वर गाउँपालिका – १ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैद सजाय र दुई लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो । तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन कैद र टीकाराम तामाङलाई ३० वर्ष कैदसहित जनही दुई लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार महिमानसिंह विष्टले जानकारी दिनुभयो ।
भारतमा बेचिएका युवतीले घर फर्किएपछि सामाजिक संस्थाको सहयोगमा तीनैजना विरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए । नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले गत पुस ७ गते पक्राउ गरी मानव बेचबिखनको मुद्दा काठमाडौँ जिल्ला अदालतमा समेत दायर गरेको थियो ।
मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दाका आरोपित अवतार तामाङ, पासाङ तामाङ र राधा तामाङको मुद्दा भने मुल्तवीमा राखिएको छ । उनीहरु हाल फरार छन् ।
–रासस