बैशाख ९ गते पार्टी एकता हुन्छ -नेता परियार

श्याम घिमिरे फागुन २८ अर्घाखाँची

नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय संयोजक तिलक परियारले बैशाख ९ गते पार्टी एकता हुने बताउनुभएको छ । नेपाल दलित मुक्ति मोर्चा अर्घाखाँचीको छैठौ जिल्ला सम्मेलनलाई उढ्घाटन गदै परियारले मुख्य विषयमा सहमति भएको भन्दै औपचारिकताका लागी बैशाख ९ गते एक भव्य कार्यक्रमको आयोजना गरि एकता गर्ने बताउनुभयो ।

उढ्घाटनमा समारोहमा मन्तव्य राख्दै अर्का केन्द्रिय संहसंयोजक तथा पुर्व खेदकुद मन्त्रि दलजित श्रीपालीले गणतन्त्र ल्याउन,राजतन्त्रको अन्त्य गर्नका लागी दलित समुदायले गरेको योगदानको मुक्त कण्ठले प्रशासं गर्नुभयो ।

जंगबहादुर परियारको अध्यक्षता,गोविन्द सुनारको स्वागत मन्तव्य,विष्णु परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी पोलिटव्युरो सदस्य तथा जिल्ला संयोजक ठाकुर कुमार विक,जिल्ला सचिवालय सदस्य केवि भुसाल,मोर्चाका जिल्ला ईन्चार्ज खड्क दर्नाल लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा माओवादी जिल्ला सहसंयोजक छमकुमारी खनाल, नेकपा एमालेका प्रचार विभाग प्रमुख भोजबहादुर गन्धव,नेपाल दलित मुक्ति मोर्चा प्रदेश ईन्जार्ज खड्क बहादुर परियार, प्रदेश सचिव राधिका खतिवाड,नेपाल परियार समाजका जिल्ला अध्यक्ष विष्णु परियार,नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष गणेश खनाल लगाएतले शुभकामना मनतब्य राख्नु भएको थियो ।

Advertisement

राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौं, फागुन २८ – राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आज मित्रराष्ट्र बंगलादेशबाट काठमाडौंका लागि उडेको यात्रुवाहक यूएस बंगलाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा दुर्घटनामा परि जीवन गुमाउनेहरुप्रति गहिरो दुःख व्यक्त गर्नुहुँदै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

साथै राष्ट्रपति भण्डारीले दुर्घटनामा परेका सम्पूर्ण घाइतेको शीघ्रस्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

विमानमा रहेका ३३ नेपाली (नामावलीसहित)

काठमाडौं, फागुन २८ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको बंगलादेशी विमानमा ३३ जना नेपाली यात्रु रहेको पाइएको छ ।

नेपाल नागरिक उड्यन प्राधिकरणले दुर्घटनामा परेको विमानमा ३३ जना नेपाली यात्रु रहेको जानकारी गराएको छ ।

७१ जना सवार विमानबाट १७ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार हुनेमा केही नेपाली पनि छन् । विभिन्न ट्राभल्स एजेन्सीमा काम गर्ने १६ जना नेपाली पनि दुर्घटनामा परेका छन् । उनीहरु तालिमका लागि बंगलादेश गएर फर्कदै थिए ।

विमानमा ३७ पुरुष, २८ महिला र २ जना बच्चा रहेका थिए । विमानमा रहेका नेपालीहरुको नाम सार्वजनिक भए पनि उनीहरुको अवस्था बारे केही जानकारी आएको छैन।

विमानमा सवार नेपाली यात्रुहरु

दिनेश हुमागाई
शिला बजागाईँ
एलिजिना बराल
चारु बराल
सोबिन्द्र सिंह बोहोरा
बसन्त बोहोरा
समिरा ब्यञ्जनकार
प्रविन चित्रकार
सजना देवकोटा
प्रिन्सी धामी
ज्ञानीकुमारी गुरुङ
श्रेया झा
पूर्णिमा लोहनी
मिली महर्जन
निगा महर्जन
सञ्जय महर्जन
केशव पाण्डे
प्रसन्न पाण्डे
विनोदराज पौडेल
हरिशंकर पौडेल
सञ्जय पौडेल
आशिष रञ्जित
कृष्णकुमार सहनी
आश्ना शाक्य
सनम शाक्य
अञ्जिला श्रेष्ठ
सरुण श्रेष्ठ
हरिप्रसाद सुवेदी
दयाराम ताम्रकार
बालकृष्ण थापा
स्वेता थापा
किशोर त्रिपाठी
अवधेशकुमार यादव

Source: Ujyaaloonline

ठुलो दुर्घटना हुनबाट बच्यो बलेरो गाडी (तस्बिर सहित)

श्याम घिमिरे फागुन २८ सन्धिखर्क
अर्घाखाँचीको ढाकाबाङ्गबाट सन्धिखर्क तर्फ आउदै गरेको लु १ च ६२६८ नम्बरको मालबाहक बलेरो डबल क्याब जिप सन्धिखर्क २ बेलबाटीका नजिकै आज दुर्घटना हुदा गाडीमा सबार ५ जना मध्ये २ जना घाईते भएका छन ।

घाईते हुनेहरुमा मालारानी ९ गोखुङ्गाका ३८ बर्षिय रबिन्द्र खनाल र सन्धिखर्क १ बस्ने साबित्रा बन्जाडे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रदिप कुमार डिसीले जानकारी दिनु भएको छ । घाईतेको जिल्ला अस्पतालमा सामान्य उपचार पछी बुटबल जेनस अस्पतालमा रिफर गरीएको छ ।

गाडी ओरालोमा बे्रकफेल भई दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख चन्द्रीका प्रसाद चौधरीले जानकारी दिनु भएको छ । ढाकाबाङ्गबाट सामान बिक्रीगरी सन्खिर्कतर्फ फर्कदै गर्दा उक्त दुर्घटना भएको हो । गाडीको आकस्मीक रुपमा ब्रेक फेल भएपछी चालकले बाटोको छेउमै रहेको मन्दीरमा लगी ठोकेको गाडीमा सबार शान्ता खनालले जानकारी दिनु भएको छ ।

विमान दुर्घटना : प्रधानमन्त्री ओली दुर्घटनास्थलमा

फागुन २८, २०७४ काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल पुगेका छन्।

‌‌ओली दिउँसो ४ बजे दुर्घटनास्थल पुगेका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।  त्यस्तै, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल लगायत सरकारका उच्च पदस्थ अधिकारी विमानस्थल पुगेका छन्।

नेपालका लागि बंगलादेशकी राजदूत पनि दुर्घटनास्थल पुगेकी छन्।  बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि उडेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो।  विमानमा ४ चालकदलका सदस्यसहित ७१ जना रहेको बताइएको छ। विमानबाट १७ जना यात्रुको उद्दार गरिएको सुरक्षा निकाय र विमानस्थल स्रोतले जानकारी दिएको छ।

source:thahakhabar