सन्धिखर्क एफएम, अन्तरास्ट्रिय न्युज ब्यूरो:
फोब्स पत्रिकाले हरेक वर्ष विश्वका धनाड्यहरुको सुची सार्बजनिक गर्ने गर्दछ त्यसै अनुरुप यो वर्ष पनि २०१८ को विश्व का धनि व्यक्तिहरु लिस्ट बाहिर ल्याएको छ। जसमा इन्डियन ब्यापारी मुकेश अम्बानी १९ नम्बर मा परेका छन् भने नेपालका बिनोद चौधरी १५६१ नम्बर मा परेका छन्, उनको जम्मा सम्पत्ति १.५२ बिलियन डलर छ। फोब्सले २०१८ को लागि सार्बजनिक गरेको धनाड्यहरुको सुचीबाट केहि विवरण यस प्रकार छ।
२० – ज्याक मा, जम्मा सम्पत्ती ३९ बिलियन डलर
१९ – मुकेश अम्बानी, जम्मा सम्पत्ती ४०.१ बिलियन डलर
१८ – फ़्रनचोइस बेटरकोर्ट मेयेर्स, जम्मा सम्पत्ती ४२.२ बिलियन डलर
१७ – मा हुअतेङ्ग, जम्मा सम्पत्ती ४५.३ बिलियन डलर
१६ – एलिस वल्टोन, जम्मा सम्पत्ती ४६ बिलियन डलर
१५ – रोब वल्टोन, जम्मा सम्पत्ती ४६.२ बिलियन डलर
१४ – जिम वल्टोन, जम्मा सम्पत्ती ४६.४ बिलियन डलर
१३ – सेर्गेइ ब्रिन, जम्मा सम्पत्ती ५७.५ बिलियन डलर
१२ – लारी पेज, जम्मा सम्पत्ती ४८.८ बिलियन डलर
११ – माइकल ब्लूमबर्ग , जम्मा सम्पत्ती ५० बिलियन डलर
१० – लरी एलिसन, जम्मा सम्पत्ती ५८.५ बिलियन डलर
त्यसैगरी नम्बर ५ मा फेसबुकका मालिक मार्क जुकरबर्ग परेका छन्, उनको जम्मा सम्पत्ति ७१ बिलियन डलर छ।
टप ३ धनि मध्य तेस्रो नम्बरमा वारेन बफेट परेका छन् उनि अमेरिकन ब्यापारी अनि सेयर लगानी कर्ता हुन्, उनको जम्मा सम्पत्ति ८४ बिलियन डलर छ।
दोस्रो नम्बरमा परेका छन् माइक्रोसफ्ट मा मालिक बिल गेट्स, उनको जम्मा सम्पत्ति ९० बिलियन डलर छ।
त्यसैगरी बिश्व को सबैभन्दा धनि व्यक्तिमा अमेजोन का मालिक जेफ बेजोस परेका छन् , उनको जम्मा सम्पत्ति ११२ बिलियन डलर छ।