७७ लाख संकलन भईसक्यो मालिका धार्मिक महोत्सव

७७ लाख संकलन भई सहियो मालिका धार्मिक महोत्सव

घनश्याम पौडेल
सन्धिखर्क, १३ चैत्र । छत्रदेव गाउँपालिकाको ठुलापोखरामा मालिका धार्मिक महोत्सवमा करिव ७७ लाख संकलन भएको महोत्सव मुल इकाइ समितीका संरक्षक तथा वडा अध्यक्ष कमल पौडेलले जानकारी दिए । नेपालको इतिहासमा प्रथम पटक वृन्दावनकै आकारमा श्री गोवद्वन प्रवर्द्धन गर्ने र द्वादश ज्योतिष लिङ्ग निर्माण गरि मालिका मन्दिर परिसरलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गरि विश्व भरि चिनाउँने उदेश्यका साथ आयोजित मालिका धार्मिक महोत्सवमा भक्तजनहरुको घुईचो लागेको आयोजकले जनाएको छ ।

महोत्सवको चैत्र ४ गते अर्घाखाँची प्रतिनिधी सभाका सासंद तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उदघाटन गदैँ मालिकाको विकासको लागी १५ लाख दान गरेको प्रतिवद्धता जनाएका थिए । रायमाझी सहित अन्य प्रतिवद्धता जनाएका धेरै व्यक्तीहरु छन, नगद ७७ लाख र प्रतिवद्धता सहित करिव १ करोड संकलन हुन्छ, अध्यक्ष पौडेलले भने ।

महोत्सवको उदघाटनको सुरुको दिन जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. लोकनाथ पौडेलले मालिकाको विकासका लागि २ लाख ६६ हजार ६ सय ६ दान गरेका थिए । पौडेलले मालिकालाई नमुना भएको देख्नका लागी दान गरेको बताए ।

मालीका मन्दीर व्यवस्थापन समितीका अध्यक्ष भोला पौडेल भन्छन्, यहाँको विकासका लागी संकलन भएको पैसा तलमाथि हुदैँन आफु सक्दो दान गर्नुस । महोत्सवमा मुल पण्डीत भुवन गुरुको मुखार विन्दुबाट प्रवचन भएको थियो । महोत्सव अवधिभर अर्घाखाँची जिल्ला सहित छिमेकी जिल्लाबाट समेत भक्तजनहरुको घुईचो लागेको हो । महोत्सवको समापनमा गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले महोत्सवले समग्र गाउँपालिकाको विकासमा टेवा पुग्ने बताए ।

Advertisement

सामुदायिक बिद्यालयहरुको शैक्षिक अबस्था बीषयक अन्तरक्रिया कार्यक्रम गोखुंगामा सम्पन्न ।

नबिन केसी अर्घाखाँची १३ चैत्र

मालारानिका ६० वटा सामुदायिक बिद्यालयहरुले आगामी शैक्षिक सत्र बाट अग्रेजी माध्ययमा पठन पाठन सुरु गर्ने भएका छन । आज मालारानी गाउँपालिका वडा ९ गोखुङ्गामा सामुदायिक बिद्यालयहरुको शैक्षिक अबस्था समस्या र समाधान बीषयक अन्तरक्रिया कार्यक्रम बोल्दै मालारानी गाउँ पालिकाका अध्यक्ष बालकृष्ण आचार्यले मालारानी गाउँ पालिका भित्र ६० वटा बिधालयमा अग्रेजी माध्ययम बाट पठन पाठन सुरु गर्ने जानकारी गराउनु भयो ।

29550787_1349096221857039_697310839_n

अग्रेजी माध्यममा पठन पाठन नहुदा गाउँका बस्ती खाली हुँदै जाने र शिक्षा क्षेत्रमा लगानी धैरै लाग्ने हुदा यस कार्यक्रमको सुरुवात गर्न लागिएको अध्यक्ष आचार्यले बताउनु भयो । मालारानी ९ भित्र रहेका आठ बिदयालयका प्र अ हरुले बिदयालयमा दरबन्दी नहुदा शिक्षामा गुणस्तर कायम गर्न नसकियकोहुँदा पालिकाले दरबन्दि कायम गरेमा मात्र अग्रेजी माध्यममा पठन पाठन गर्न सकिने बताएका थिए ।

अन्तरकृया कार्यक्रमले समस्या समधान गर्न सहयोग पुराउने बिश्वास लिएको सुर्य मा बि बिदयालय ब्यबस्थापन समितिका अध्यक्ष पदम क्षेत्रीले बताउनुभयो । बिदयालका पुर्ब प्र अ कमल प्रसाद घिमिरेले सबै जना मिलेर समस्या समाधान गर्नु पर्नेमा जोड दिदै दरबन्दी मिलान र आबयसकता अनुरुप दरबन्दी सिर्जना गर्नु पर्ने बताउनु भयो ।

भूमिकास्थान नगरपालीकालाई सम्बृद्ध नगरपालिका बनाउछौ –प्रमुख थापा

वीरेन्द्र केसी, अर्घाखाँची १३ चैत
भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले सम्बृद्ध नगरपालिका बनाउन विकास योजनाको काम प्रभावकारी रुपमा धमाधम भैरहेको बताउनुभएको छ । पूर्वाधार विकास, कृषि, पशुपालन, खानेपानी योजना, सिचाइ, स्कुल भवन निर्माण र उत्पादनमुखी जस्ता अघि सारिएका कार्यक्रमको काम तीव्र गतिमा भैरहेको बताउनुभयो ।

नगरको वडा–५ खिल्जी र वडा–६ को असुरकोटका विभिन्न १९ वटा योजनाको अनुगमनपछि वडाबासीलाई सम्बोधन गर्दै थापाले उपभोक्ताले मेतहनस“ग गरेको कामको प्रशंसा गर्दैे विकासमा नमूना र सम्बृद्ध नगर बनाएर अर्घाखा“चीका ६ वटा स्थानीय तहमध्ये भूमिकास्थानलाई पहिलो बनाउने रणनीतिका साथ योजनाबद्ध रुपमा काम भैरहेको बताउनुभयो ।

नगर उपप्रमुख एवं अनुगनम समितिका संयोजक खडानन्द बेल्वासेले नगरभित्रका योजनाको काम प्रभावकारी रुपमा सम्पन्न गर्न निरन्तर अनुगमन गरिएको बताउनुभयो । उहा“ले छिटै विकासमा नमुना नगरपालिका बनाउन आफुहरु लागि परेको बताउनुभयो ।

अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासे, कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसाल, प्राविधिक प्रमुख जितेन्द्र श्रेष्ठ, कम्युटर अपरेटर दिलिप केसी वडा–५ का वडाध्यक्ष तुल्सीराम बेल्वासे, वडा–६ का वडाध्यक्ष झविलाल बञ्जाडे, वडासचिव मदन बेल्वासे लगायतले स्थलगत अनुगमन गर्नुभएको थियो ।

विकासका काममा १५ प्रतिशत जनश्रमदान गर्नुपर्ने प्रावाधान भएपनि आफनो गाउ“लाई विकास र उत्पादनबाट सम्बृद्ध बनाउन खिल्जी र असुरकोटबासीले ३० प्रतिशतसम्म श्रमदान गरेर योजना सम्पन्न गर्न लागि परेकोे छ ।

अवैध सम्बन्धको आरोपमा जेठाजु बुहारीलाई वडा अध्यक्षको चरम यातना (भिडियो)

महोत्तरी (सोनमा) : जेठाजुसँग बुहारीले अवैध सम्बन्ध राखेको भन्दै महोत्तरीको सोनमा गाउँपालिकाका वडा अध्यक्ष महेश यादवले जेठाजु र बुहारीलाई हात खुट्टा बाँधेर यातना दिएका छन्।

सोनमा गाउँपालिका ७ सुन्दरपुरका  वडा अध्यक्ष महेश (महेशी) यादवले स्थानीय ५५ वर्षीय इसराफिल बैठा धोवी र उनका बुहारी करीब ४५ बर्षीय  सैरुल खातुनलाई कुटपीट गरेर यातना दिएका हुन्।

वडा कार्यालयमा भएको पञ्चायतकै बीचमा  वडा अध्यक्ष यादवले उनीहरुलाई अवैध सम्बन्ध राखेको आरोपमा चरम यातना दिएको पञ्चायतमा सहभागीहरूले जनाएका छन्। घटना १० दिन अघिको भएपनि कुटपीट गरिएको भिडियो सोमबार मात्रै समाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको रहश्य खुलेको हो।

सुन्दरपुर वडा कार्यालयको सभाकक्षको ढोका बन्द गरेर गरिएको पञ्चायतमा बाँसको कर्चीले कुटपीट गरेको भिडियो सार्वजनिक पनि भएको छ।

पञ्चायतमा वडा अध्यक्ष यादवले  सैरुललाई आफैले कुटपीट गरेको छन्  भने, इसराफिललाई स्थानीय अमृत राय यादवले कुटेका हुन्।

उनीहरूलाई कुटपीट गर्दा कसैले प्रतिवादन भने गरेनन् । पञ्चायतमा सहभागीहरूले उनीहरूमाथि कुटपिट भइरहँदा कसैले ‘छोड् छोड्’ भनेको र कसैले ‘कुट् कुट्’ भनिरहेको भिडियोमा सुनिन्छ।

गाउँलेहरूका अनुसार ससुरा एैलुन र देवर जिलानी मिलेर पीडित महिला सैरुललाई इसराफिलसँग अवैध सम्बन्ध राखेको आरोप लगाउँदै वडा कार्यालयमा पञ्चायत बोलाएका थिए।

पीडित इसराफिलका अनुसार गाउँका भुपु  मुखिया रामेश्वर यादवले कमरको नुगि खोलेर खुट्टा बाँधे। घाँटीको गम्छा खोसेर हात पनि बाँधिदिए। ‘न कुटनुस्’ भन्दा भन्दै गाउँका अमृतले बाँसको दुई वटा कर्चीले पैताला र शरीरको विभिन्न भागमा बेहोस हुने गरी कुटे।

पीडित इसराफिल र उनकी बुहारीलाई अनैतिक सम्बन्धको आरोपमा पञ्चहरूले ढोका बन्द गरेर एक घण्टासम्म यातना दिएको गाउँलेहरूले अन्नपूर्णसँग बताए।

पीडितहरूले अनाहकमा आफूमाथि कुटपिट गरिएको बताएका छन्। अवैध सम्बन्ध राखेको पुष्टि भए समाजको जस्तो सुकै दण्ड जरिवना मान्ने उनीहरूको भनाई छ। बिना गल्ती अनाहकमा यातना दिनेहरूलाई कारबाही गर्न उनीहरूले माग गरेका छन्।

मरनासन्न हुने गरी दुवैलाई कुटपीट गरिएपछी इसराफिल बेहोस भएर लगेका थिए। वडा कार्यालयका कार्यालय सहयोगीलाई उनीहरूलाई घरबाट बोलाउन लगाएर वडा अध्यक्षको रोहबरमा गाउँले र वडा अध्यक्ष स्वयंमले  चरम यातना दिएको  खुलेको छ।

वडा अध्यक्ष र पूर्व मुखियाले तीन थान बाँसको कर्ची काट्न लगाएर उनीहरुलाई पञ्चायतमै कुटपीट गरेका थिए।

कुटाईबाट घाइते भएका इसराफिल र उनको नातामा बुहारीको  सैरुल खातुनको परिवारजनले वडा कार्यालयबाट घर लगेर गाउँकै स्वास्थ्य केन्द्रमा उपचार गराएका थिए।

उनीहरूमाथि कुटपीट भएको केही समय भित्रै प्रहरी चौकी मगरथानाबाट प्रहरी वडा कार्यालय पुगेका थिए। तर,  पञ्चहरुले केही नभएको बताएपछि प्रहरी त्यसै फर्किएको थियो।

पछि पीडत इसराफिल  र उनका दाजु इलाका प्रहरी कार्यालय गौशालामा उजुरी गर्न गए। तर, आफूहरूको  पीडा प्रहरीले नबुझेको पीडित इसराफिलले  बताए।

पीडत महिला पनि न्यायको माग गर्दै सोनमा गाउँपालिका प्रमुख राजकुमार यादव (राजाबाबु) लाई पीडा सुनाउन् गइन्। तर उनले वडा अध्यक्षमाथि कानुनी कारवाही गर्नुको साटो गुपचुपमा घटना मिलाइदिए।

सोनमा गाउँपालिकाका प्रमुख राजकुमार यादवले वडा अध्यक्षले कुटपिट गरेको विषय आफूलाई थाहा नभएको दावी गरेका छन्। उनले महिलाको घरको अंश बाँडफाँटको विवाद मिलाएको बताएका छन्।  प्रमुख यादवले  यातना दिएको भिडियो हेरेपछि भने घटनालाई गम्भीरतापूर्वक लिने बताए। भने, ‘यो यातना दिनु गल्ती हो । छिट्टै गाउँकार्यपालिकाको बैठक बोलाएर छलफल गर्छौं।’

इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर भोला भट्टले पीडितहरू आफूकहाँ नआएको दावी गरेका छन्। उनले घटनाबारे बुझ्ने बताए।

                                                             भिडियो

https://www.facebook.com/plugins/video.php?href=https%3A%2F%2Fwww.facebook.com%2FAnnapurnaPost%2Fvideos%2F1870755592993002%2F&show_text=0&width=560

source:annapurnapost

परराष्ट्र सम्बन्धबारे सचेत छौँ : मन्त्री ज्ञवाली

चैत १३, २०७४ काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल परराष्ट्र सम्बन्धलाई लिएर सचेत रहेको बताएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपालमा रहेका विभिन्न देशका कूटनीतिज्ञहरूसँगको छलफलको सुरुवातमा स्वागत मन्तव्य राख्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

 

मन्त्री ज्ञवालीले नेपालले दिगो विकासलाई प्राथमिकता दिन नेपाल प्रतिवद्ध रहेको बताएका छन्। उनले अन्तर्राष्ट्रिय शान्ति, सांस्कृतिक सम्बन्धमा पनि नेपालले चासो राखिरहेको बताएका छन्। उनले नेपालको सार्क, विमस्टेक, संयुक्त राष्ट्रसंघ सक्रिय सहभागिता रहेको बताए। वर्तमान सरकारले विभिन्न देशसँग आर्थिक विकास तथा व्यापारका लागि वातावरण बनाउन पनि छलफल गर्ने बताए।

उनले नेपाल दिगो विकासका लक्ष्यहरु प्राप्त गर्नका लागि काम गरिरहेको जनाए। मन्त्री ज्ञवालीले वर्तमान सरकारसँग दुई तिहाइ बहुमत रहेको भएपनि चुनौती भने अथाह रहेको बताए। उनले यी चुनौतीलाई सामना गर्दै सबै पक्षसँग मिलेर विकास, शान्ति र समृद्धिको दिशामा अगाडि बढ्न चाहेको बताए।

उनले वर्तमान सरकारलाई प्राप्त दुई तिहाइको राजनीतिक स्थायित्व, विकास यसलाई खेर जान नदिने बताए। नेपालले विभिन्न देशहरूसँग विकास र साझेदारीमा सहकार्य गर्न चाहेको उनको धारणा थियो। मन्त्री ज्ञवालीले भने, ‘अन्तर्राष्ट्रिय शान्ति, सम्झौता, सन्धि, सार्क, विमस्टेक, संयुक्त राष्ट्रसंघ सबैसँगको सम्बन्धबारे हामी सचेत छौँ। छिमेकी देशहरूसँग समदुरीका आधारमा सम्बन्ध कायम गर्न चाहेका छौँ। सबैसँग समान सम्बन्ध राख्न चाहन्छौँ।’ बालुवाटारमा सुरु भएको बैठकमा दुई दर्जनभन्दा बढी देशका कूटनीतिज्ञहरूको सहभागिता रहेको बताइएको छ।
source:thahakhabar.com