श्याम घिमिरे
फागुन २५, सन्धिखर्क
युबाबर्ष जनता र बिचित्र माबि सन्धिखर्क १ हटारीमा शुभकामना आदान प्रदान तथा बिदाई कार्यक्रम सुक्रबार सम्पन्न भएको छ ।
युबाबर्ष जनता र बिचित्र माबिमा अध्ययनरत कक्षा ९ का बिद्यार्थीहरुको आयोजनामा सोहि बिद्यालयबाट एसईई परीक्षा २०७४ मा सम्मीलितहुने बिद्यार्थीहरुलाई उच्च सफलताको लागी शुभकामना प्रदानगर्ने कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धर्मराज अधिकारीको प्रमुख आतिथ्यता, स्रोतब्यक्ति नमबहादुर सिंह रानाभाट र बिद्यालयका प्रअ टेकराज आचार्यको बिशेष आतिथ्यता रहेको थियो। कार्यक्रम कक्षा ९ का छात्रा आलोकश्री खनालको अध्यक्षतामा र बिष्णुप्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको हो ।