सुक्रवार सङ्क्रमण पुष्टि भएका ५ सय ९३ जना कहाँका हुन् ?

असार १२ काठमाडौँ – पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५९३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । शुक्रबार थपिनेमा १ सय ७ महिला र ४ सय ८६ पुरुष गरी ५ सय ९३ जना छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । जस अनुसार कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका दुई, झापाका एक र सुनसरीका १० जनामा सङ्क्रमण भेटिएको हो । त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका तीन, प्रादेशिक जनस्वास्थ्य अस्पताल जनकपुरमा धनुषाका १२, महोत्तरीका चार र सिरहका ६ जनामा सङ्क्रमण पाइएको हो ।

नारायणी अस्पताल वीरगञ्जमा धनुषाका तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका एक, बैतडीका २५, बझाङका नौ, बाजुराका २७, बाराका दुई, दार्चुलाका तीन, डोटीका ४६, गोरखाका पाँच, कैलालीका ३०, कञ्चनपुरका ४२, कपिलवस्तुका नौ, रौतहटका ४६ र सल्यानका एक जनामा कोरोना सङ्क्रमण भेटिएको छ ।

त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा गोरखाका एक, नवलपरासी पूर्वका दुई, नुवाकोटका एक र काठमाण्डौका तीन जनामा सङ्क्रमण पाइएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार भरतपुर अस्पताल प्रयोगशालामा चितवनका १२, कैलालीका एक र नवलपरासी पूर्वका २१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गुल्मीका १२, कपिलवस्तुका आठ, रौतहटका पाँच र सिन्धुलीका तीन जनामा कोरोना सङ्क्रमण पाइएको छ । काठमाण्डौको वीर अस्पतलामा गरिएको परीक्षणमा रौतहटका पाँच र सिन्धुलीका तीन जनामा सङ्क्रमण भेटिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा कास्कीका एक, लमजुङका ६ जनामा तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका एक, तनहुँका दुई र स्याङ्जाका एक जनामा सङ्क्रमण भेटिएको हो ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका तीन, गुल्मीका १३, कपिलवस्तुका चार, पाल्पाका ७६, नवलपरासीका एक र रुपन्देहीका ६ जनामा सङ्क्रमण पाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ७५ र प्युठानका २० जना तथा सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका पाँच, जाजरकोटका दुई, मुगुका एक, सल्यानका तीन र सुर्खेतका १२ जनामा सङ्क्रमण भेटिएको हो ।

त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा जुम्लाका तीन जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।

यस्तै, बुधबार एक महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि अस्पताल भर्ना गरे पनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ती महिलाको नाम ठेगाना नखुलेको बताए । अन्दाजी २५–३० वर्षिया महिलाको ११ गते नै स्वाव संकलन गरिएको थियो । राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आएको उनले बताए । यता पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३४ गरी आजसम्म २ लाख ६ हजार २ सय ७१ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९० हजार ३ सय ४९ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ७१ हजार १२ जना रहेका छन् । देशभरीका विभिन्न अस्पतालमा ९ हजार ३० जना आइसोलेसनमा उपचाररत रहेका छन् । शुक्रबार ४८ गरी अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.