मानवअधिकार योद्धा प्रकाश काफ्लेको स्मृति दिवस मनाईयो ।


सन्धिखर्क एफएम
साउन १६ अर्घाखाँची –

नेपालको मानव अधिकार आन्दोलनका एक अथक योद्धा एवं ईन्सेकका संस्थापक महासचिब स्वर्गीय प्रकाश काफ्लेको २८औं स्मृति दिवस सुक्रवार सन्धिखर्कमा बिभिन्न कार्यक्रम गरी मनाईएको छ । प्रकाश सचेतन समूह (प्राग) अर्घाखाँचीको आयोजनामा पाणिनी बहुमुखि क्याम्पस सन्धिखर्कको हातामा बृक्षारोपण ,हातको प्रयोग बिना खुट्टाको सहायताले हातधुने नयाँ प्रबिधिको स्थापना तथा कोरोना भाइरस महामारी र नागरिकको स्वास्थ्य अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाईएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का उज्ज्वलले प्रकाश सचेतन समूह प्रागले गरेको असल कार्यको प्रशंसा गर्दै स्वर्गिय काफ्लेप्रति श्रद्धासुमन व्यक्त गर्नु भयो । फरक प्रसंगमा खड्काले अब चाडपर्वको समयमा बिदेशबाट आउनेलाई होम क्वरेन्टीनमा राख्ने कुरा र शिक्षण संस्था खोल्ने कुरा सान्र्दभिक नभएको भन्दै कोरोनाको संक्रमण समुदाय स्तरमा समेत फैलिन थालेकोले उच्च सतर्कता अपनाउ सबैलाई आग्रह गर्नुभयो । यस्तै खड्काले देशबिदेश बाट आउनेको डाटा तयार गरी पहिले जस्तै क्वरेन्टीनमा राख्न सबै लाई सुझाब पनि दिनुभयो ।


प्रकाश सचेतन समूह ( प्राग)का अध्यक्ष बाबुराम शर्माको अध्यक्षता, सचिव छमकुमारि खनालको स्वागत मनतब्य र प्रागका निर्देशक प्रेमनारायण गैरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालीकाका प्रमुख कमल प्रसाद भुसाल ,मालारानि गाउँपालिकाका उपाध्यक्ष प्रमिला क्षेत्री ,पाणिनि बहुमुखि क्याम्पसका प्रमुख बुद्धिराम भुसाल ,कानून ब्यबसायी एवं अर्घाखाँची बारका पूर्व अध्यक्ष केवि भुसाल , पाणिनि बहुमुखि क्याम्पस पूर्व विद्यार्थी समाज अध्यक्ष राम बहादुर चौहान ,पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले मनतब्य राख्दै मानवअधिकार योद्धा प्रकाश काफ्ले प्रति श्रद्धासुमन ब्यक्त गर्दे मानव अधिकारको रक्षा र विकासको लागि जनतामा सचेतना र जागरण पैदा गर्नुपर्नेमा जोड दिनुभएको हो । सामाजिक दुरि कायम गरी सम्पन्न गरीएको कार्यक्रममा क्याम्पसका प्राध्यापक ,विभिन्न संघसंस्थाका प्रतिनिधि,सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

जिल्लामा प्रागले बिद्यालयको खानेपाी तथा सरसफाई स्तर उन्नतीकोलागी मेरो बिद्यालय कार्यक्रम अन्तरगत बायो स्यान्ड फिल्टर,बिद्यालय क्षेत्रमा सरसफाई,फुलबारी तथा बिद्यालय सुन्दरता,बिद्यालयमा पानी बितरण प्रणालीको मर्मत,बालमैत्रि शौचालय,हातधुने स्थान र धाराको निर्माण,फोहोरो व्यवस्थापनकोलागी खाडल, महिनावारी प्याड व्यवस्थापन लगायत सचेतनामुलक कार्यहरु सन्चालन गर्दे आईरहेको छ जसले बिद्यार्थी सहित समुदायको दैनिक कृयाकलापमा सकारात्मक परीबर्तन भएको देख्न सकिन्छ ।

Advertisement

चारतार बहुउद्धेश्यीय सहकारी डिभर्ना सल्लिकोटको भवन उद्घघाटन सम्पन्न

विक्रम पाण्डे समान्ता
अर्घाखाँची, १५ साउन –

चारतारा बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेट सन्धिखर्क नगरपालिका वडा नं. १२ को कार्यालय भवनको एक कार्याक्रमको वीच उद्घाटन गरीएको छ । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा कार्यालय भवनको उद्घाटन गरीएको हो । उद्घाटनसँगै सहकारीले नयाँ भवनबाटै सेवा सुरु गरेको छ। सहकारी कार्यालय भवनको उद्घाटन गर्दै नगर प्रमुख भुसालले आर्थिक रुपान्तरणको मेरुदण्ड सहकारी क्षेत्र भएकोले सहकारीमा आबद्ध भई आप्ःनो जिवनयापनलाई आर्थिक रुपमा बलियो बनाउनु पर्ने बताउनु भयो ।

भुसालले सहकारीले व्यावसायिक कृषि, पशुपालन तथा दुग्ध जन्य बस्तुहरुलाई प्रवद्र्धन गरी उत्पादनमा बृद्धि संगै आर्थिक समृद्धिको बाटालाई अघि बढाउनु पर्ने धारणा राख्नुभयो । सहकारीबाट जनताको चेतनामा बृद्धि विकास गर्दै सकारात्मक सोचको विकास हुने खालका आयआर्जनमुलक कार्यक्रम गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा मन्तब्य राख्दै सहकारीका सल्लाहकार तथा सन्धिखर्क १२ का वडा अध्यक्ष नारायण खड्काले नागरीकलाई आन्तनिर्भर बनाउनका लागि सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुपर्ने भनाई राख्नुभयो । उहाँले फजुल तथा अनाबश्यक खर्चलाई घटाएर सहकारीमा बचत गर्न सबैलाई आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार हरी बहादुर खड्काले व्यक्तिको आर्थिक विकास विना समाजको सम्रग विकास हुन नसक्ने भन्दै उहाँले यूवाहरुलाई आय आर्जन गर्न उत्साहित गरि लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै अर्का सल्लाहकार लिलाधर बस्यालले जिल्लाको सहकारीको क्षेत्रमा चारतारा बहुउद्धेश्य सहरकारीलाई नमुना बनाउने तर्फ आप्ःनो सुझाव सधै रहने बताउँदै सदस्यहरुलाई बचत गर्ने बानिको विकास गर्न आग्रह गर्नुभयो ।

कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षता , उपाध्यक्ष कृष्ण कुमार बस्यालको स्वागत मन्तब्य तथा सचिव तारा प्रसाद बस्यालको संचालनमा सम्पन्न भएको छ ।

२०७४ सालमा स्थापना गरी २०७६ सालमा बैधानिकता पाएको सहकारीमा ५४१ सदस्य रहेका छन् । सहकारीको हाल चाुल पुँजी ५० लाख ९१ हजार रहेको छ । संस्थाले सहरकारीको कार्य संपादनलाई पारदर्शि, भरपर्दो र सजिलो बनाउनको लागी विद्युतिय माध्यमबाट कारोबार सुरु गरेको पत्रकार विक्रम पाण्डे समान्ताले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीद्धारा वार्षिक प्रगति विवरण सार्बजनिक ,


श्याम घिमिरे
साउन १५ अर्घाखाँची-

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आ.ब २०७६।०७७ को अबधिमा सम्पादीत गरेका कार्यहरुको विहिवार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी वार्षिक प्रगति विवरणको जानकारी गराएको छ । पत्रकार सम्मेलनमा सहजीकरण गर्दे प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जिल्ला प्रशासन कार्यालयले गत आर्थिक बर्षमा गरेका बिभिन्न कार्यहरुको प्रगति बिबरण पेश गर्नुभएको हो । प्रजिअ पौडेलले जिल्लामा शान्तिसुरक्षाको अबस्था, कार्यालयबाट गरीएका बिभन्न काम कारबाहीको जानकारी , सुरक्षा समितिको काम, बिकास निर्माणका गतिबिधि, शुसासन, प्रवद्र्धधनात्मक कार्य, कोभिड १९ सम्बन्धी जिल्लाको अबस्था लगायत बिभिन्न बिषयहरुको चुनौति र समाधान लगायतका बिषयमाथी प्रकाश पार्नु भएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख ,जिल्ला स्थित बिभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी लगायको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लयागतले शुभकामना मनतब्य राख्नु भएको थियो ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँची गत आर्थिक वर्षमा अतिउत्कृष्ट भएको छ । कार्य सम्पादन सम्झौताको मूल्याङ्कनमा अतिउत्कृष्ट भएको प्रजिअ पौडेलले बताउनु भयो । विभिन्न शीर्षकको कार्य सम्पन्न गरे बापत पाउने अङ्कको आधारमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले ‘ए प्लस’ ग्रेड प्राप्त गरी अतिउत्कृष्ट भएको हो ।

अर्घाखाँची जिल्ला अदालतद्धारा गत आर्थिक बर्षको योजना कार्यान्वयनको बार्षिक कार्यप्रगति समिक्षा र आगामी योजना र फरक मुद्धा व्यवस्थापन सम्बन्धि प्रस्तुतिकरण

श्याम घिमिरे
साउन १५ अर्घाखाँची-

अर्घाखाँची जिल्ला अदालतको आयोजनामा गत आर्थिक बर्ष ०७६/०७७ को योजना कार्यान्वयनको बार्षिक कार्यप्रगति समिक्षा,आगामी योजना र फरक मुद्दा व्यवस्थापन सम्बन्धि प्रस्तुतिकरण कार्यक्रम बिहिबार अदालत परीषर्मा सम्पन्न भएको छ । कार्यक्रममा अर्घाखाँची जिल्ला अदालतका श्रेस्तेदार  महेश खनालले आर्थिक बर्षको योजना कार्यान्वयनको बार्षिक कार्य प्रगति समिक्षा,आगामी योजना र फरक मुद्धा व्यवस्थापन लगायतका बिषयमा प्रस्तुतिकरण गर्नुभएको हो ।

कार्यक्रममा मनतब्य राख्दै अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश बासुदेब न्यौपानेले जनताको पहँुच सम्म न्याय क्षेत्रलाई पु¥याउनका लागि आफुहरु लागी परीरहेको बताउनु भयो । न्यौपानेले अदालतले गर्ने कामकारवाही र न्यायका कुराहरुलाई आम जनता सम्म लैजाने कुरालाई आफुहरुले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । न्यौपानेले अदालतबाट जनतालाई प्रदानगरीने सेबा सुबिधामा कुनै प्रकारको ढिलासुस्ती हुन नदिनमा आफुहरु तत्पर रहेको भन्दै जनतालाई छिटो छरितो र जनमुखी न्याय दिनु अदालत को मुख्य दायित्व भएको दाबि समेत गर्नु भयो ।

जिल्ला स्थित बिभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिीति रहेको कार्यक्रम अनन्त मरासीनिको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा अर्घाखाँची जिल्ला बार ईकाइका अध्यक्ष बिजय केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।

गत आ.ब. को बार्षिक कार्यप्रगति समिक्षा र आगामी योजनाहरु बिस्तृत रुपमा हेर्नुहोस

अर्घाखाँची जिल्ला अदालत

आर्थिक वर्ष ०७६/०७७ को वार्षिक लक्ष्य र प्रगति विवरण

  • अघिल्लो आ.व २०७५/७६ बाट जिम्मेवारी सरेका मुद्दाः- १२७
  • नयाँ दर्ताको अनुमानः-                              २९४
  • जम्मा अनुमानित वार्षिक लगतः-                 ४२१
  • आ.व. २०७६/७७ मा फर्छ्यौट लक्ष्यः –              २७१
  • फर्छ्यौट लक्ष्य प्रतिशतमाः-                      ६५%
  • यथार्थ लगतः
    • जिम्मेवारी सरेका – १२७
    • नयाँ दर्ता –       २१६
    • जम्मा लगत –          ३४३
  • आर्थिक वर्ष २०७६/७७ मा फर्छ्यौट भएका मुद्दा
    • जिम्मेवारी सरेकाबाट – ०८३
    • नयाँ दर्ताबाट –    १११
    • जम्मा फर्छ्यौट –   १९४
    • फर्छ्यौट प्रतिशत –  ५७%
  • आर्थिक वर्ष २०७६/७७ मा फर्छ्यौट हुन बाँकी मुद्दा
    • जिम्मेवारी सरेका मध्ये –  ०४५
    • नयाँ दर्ता भएका मध्ये – १०४
    • जम्मा बाँकी       –    १४९
  • पुनरावेदन तर्फ
    • जिम्मेवारी सरी आएको – २
    • नयाँ दर्ता –             १
    • फर्छ्यौट –              ३
    • बाँकी –                     ०
  • रिट र निषेधाज्ञाको निवेदनः- कुनै पनि बाँकी नरहेको
  • बन्दाबन्दी भन्दा अघि फागुनसम्मको मुद्दाको स्थिति
    • मुद्दा फर्छ्यौट लक्ष्य –     १६३
    • मुद्दा फर्छ्यौट प्रगति –    १७८
    • लक्ष्यभन्दा १५ थान बढी
  • फर्छ्यौट हुन बाँकी मुद्दा मध्ये
    • २ वर्ष नाघेका –              ००
    • १८ महिनादेखि २ वर्षभित्रका –  ०३
    • १ वर्षदेखि १८ महिनासम्मका – ४१
    • ६ महिनादेखि १ वर्षभित्रको-          ६३
    • ६ महिनासम्मका –                 ४२
    • जम्मा –                          १४९
  • अघिल्लो वर्षसँग तुलना गर्दाः-
२०७६ असार मसान्तसम्मको  २०७७ असार मसान्तसम्मको  
जम्मा लगत३८८जम्मा लगत३४३
फर्छ्यौट  २६१ (६७.२६%)फर्छ्यौट १९४ (५७%)
बाँकी१२७ बाँकी१४९
  • २०७६ को तुलनामा २०७७ मा ६७ थान कम फैसला भएको।
  • फैसला कार्यान्वयनका निवेदनहरु
    • जिम्मेवारी सरेका –           १५
    • जिम्मेवारी सरेका मध्ये फर्छ्यौट- १५
    • नयाँ निवेदन परेका –               ३०
    • नयाँ मध्ये फर्छ्यौट –                १४
    • फर्छ्यौट हुन बाँकी –                १६
  • दण्ड जरिवाना असुली तर्फ
    • जिम्मेवारी सरेको लगत – रु. ४६,२१,९४३।५१
    • नयाँ लगत –           रु. १,८०,३२,६२५।-
    • जम्मा लगत –                रु. २,२६,५४,५६८।५१
    • असुल भएको-                रु. ७,७७,०५१।३७
    • असुल हुन बाँकी –       रु. २,१८,७७,५१७।१४
  • कैद तर्फः-
    • जिम्मेवारी सरी आएको लगत – ४३१।११।२६
    • नयाँ लगत –            २८५।५।१८
    • जम्मा लगत –                ७१७।६।१४
    • असुल भएको –               २६३।३।१९
    • असुल हुन बाँकी –       ४५४।१।२५
  • मातहतको न्यायिक निकाय निरीक्षण अनुगमन
    •  
निरीक्षण गरेको कार्यालयनिरीक्षण मिति निरीक्षण पटक 
डिभिजन वन कार्यालय, अर्घाखाँची । 2077/3/3
मालपोत कार्यालय, अर्घाखाँची ।2077/3/5
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची2077/3/8
भुमिकास्थान न.पा., अर्घाखाँची ।2077/3/12पहिलो पटक
छत्रदेव गा.पा., अर्घाखाँची ।2077/3/14पहिलो पटक
शितगंगा न.पा., अर्घाखाँची ।2077/3/15पहिलो पटक
सन्धिखर्क न.पा. अर्घाखाँची ।2077/3/17पहिलो पटक
पाणिनी गा.पा., अर्घाखाँची2077/3/19पहिलो पटक
मालारानी गा.पा., अर्घाखाँची ।2077/3/21पहिलो पटक
  • विविध
  • थुनुवा मुद्दा संख्याः १२
  • थुनुवा संख्याः १२
  • प्रतिवादी बालबालिका भएको मुद्दा संख्याः- ४
  • सजाय निर्धारण भएकाः १५ थान
  • मेलमिलापमा पठाइएका जम्मा मुद्दा संख्याः- ७५ थान
    • सफलः- ४
    • असफलः-      ४६
    • चालूः-  २५
  • मुलतवी रहेका मुद्दाः
    • देवानी मुद्दाः   १
    • फौजदारीः          ६
  • पक्राउ पूर्जीको अनुमतिः     ६
  • जरुरी पक्राउ पूर्जीको स्वीकृतिः४१
  • दर्ता विवाहः         २
  • दामासाहीः
    • लगतः   ३
    • फर्छ्यौटः
    • बाँकीः  १
  • मृत्युको न्यायिक घोषणाः   
    • लगतः-   १६
    • फर्छ्यौटः
    • बाँकीः  १६
  • धर्मपुत्र वा धर्मपुत्री राख्ने निवेदन
    • दर्ताः   
    • फर्छ्यौटः
    • बाँकीः  0
  • गुणस्तरीय न्याय सम्पादनमा भएका प्रयासहरुः-
    • पेशी स्थगनलाई व्यवस्थित गरिएको,
    • आदेश कार्यान्वयन छिटो गरी मुद्दामा अङ्ग पुर्‍याउने गरिएको,
    • लगातार सुनुवाई हुने मुद्दामा इजलासबाट छोटो तारेखको आदेश भई प्रमाण बुझ्ने गरिएको,
    • सम्पूर्ण प्रमाण बुझ्ने काम एकैपटक गरिएको,
    • मिलापत्र हुन सक्ने मुद्दामा कम्तीमा एक पटक मेलमिलापमा पठाउने गरिएको,
    • पूर्व सुनुवाई छलफल गर्ने गरिएको,
    • फैसला सुनिपाएको कागज तत्काल गर्ने गरिएको,
    • वादी दावी बमोजिम हुने गरी फैसला भएका मुद्दामा तारेखमा रहेका वादी समेतलाई फैसला कार्यान्वयनको लागि सिधै तहसिल शाखामा तारेख तोकी पठाउने गरिएको,
    • वन मुद्दामा जफत हुने ठहरेका काठ तथा ट्रक लिलाम गरिएको ।
  • व्यवस्थापकीय कार्यहरुको कार्यान्वयनको अवस्थाः-
    • न्यायाधीश र सेवाग्राहीहरु बीच मासिक रुपमा अन्तरक्रिया कार्यक्रम गरिएको,
    • आवश्यकता अनुसार कर्मचारीहरुसँग बैठक बसी दैनिक कार्यसम्पादनमा सुधारका लागि छलफल गर्ने गरिएको,
    • बन्दाबन्दीको अवधिमा सरकारी वकील, कानून व्यवसायी तथा सरोकारवालासँग सेवा सञ्चालन सम्बन्धकमा पटक पटक छलफल गरी अदालतबाट प्रवाह हुने सेवालाई थप गर्दै लगिएको।
    • न्याय क्षेत्र समन्वय समितिको बैठक बसी आवश्यक छलफल हुने गरेको। सोधपूछ कक्षलाई प्रभावकारी बनाइएको,
    • सेवाग्राहीलाई अदालतको काम कार्बाहीको बारेमा पर्याप्त परामर्श दिने गरिएको,
    • कर्मचारीहरुलाई कार्यविधि कानूनका बारेमा प्रशिक्षित गरिएको,
    • वैतनिक वकिलको सेवालाई पूर्णकालिन र प्रभावकारी बनाइएको,
    • प्रो-बोनो सेवाको सूची तयार गरी निजहरुबाट सेवा समेत लिइएको ।
    • बार्षिक कार्य योजनाले निर्दिष्ट गरेका लक्ष्य प्रात गर्न सरोकारवालाहरुसंग अन्तर्क्रिया गर्ने गरेको।

आ. व. २०७७।७८ को लागि कार्ययोजनाः

  • मुद्दाको लगतः-
    • जिम्मेवारी सरेकोः-             १४९
    • नर्याँ दर्ता अनुमानः-            ३०२
    • जम्मा अनुमानित वार्षिक लगतः- ४५१
  • फर्छ्यौट लक्ष्यः
    • जिम्मेवारी सरेकोबाटः- १४९
    • नयाँ दर्ताबाटः-          १५१
    • जम्मा फर्छ्यौट लक्ष्यः- ३००
  • कैद असुली लक्ष्यः- २९० वर्ष
  • जरिवाना असुली लक्ष्यः-११, ७२,०००।-
  • २०७७ साउन १ देखि दर्ता हुने मुद्दाहरुलाई निम्न तीनवटा मार्ग समूह अन्तर्गत राखिएको
    • सरल मार्गः- ६ महिनाभित्र फैसला गर्ने
      • संक्षिप्त कार्यविधि अपनाउने मुद्दा, उदाहरणः मानाचामल।
      • विशेष अदालतको कार्यविधि अपनाउने मुद्दा। लागू औषध।
      • लगातार कारवाही र सुनुवाइ गर्ने मुद्दा। ज.क.।
      • निषेधाज्ञाको निवेदन।
      • वादी वा निजको कानून व्यवसायीले प्रतिवादीका नामको म्याद तामेल गर्न माग गरेको मुद्दा।
      • अभियोगपत्र साथ सबै प्रतिवादी पेस भएको मुद्दा
      • मुलुकी फौजदारी कार्यविधि संहिताको अनुसूची ३ का मुद्दाहरु
      • मुलतवी र तामेलीबाट जागेका मुद्दा।
      • पुनरावेदन।
      • २ थानसम्म लगाउ भएको मुद्दा।
      • २ जनासम्म प्रतिवादी भएका मुद्दा।
    • सामान्य मार्गः- १ वर्षभित्र फैसला गर्ने
      • ३ देखि १० जनासम्म प्रतिवादी भएका मुद्दा।
      • ३ देखि १० थानसम्म लगाउ भएका मुद्दा।
      • सरल मार्गमा पर्ने र विशेष मार्गमा पर्ने बाहेकका मुद्दा।
    • विशेष मार्गः- १८ महिनाभित्र फैसला गर्ने
      • १० जनाभन्दा बढी प्रतिवादी भएका मुद्दा।
      • १० थानभन्दा बढी लगाउ भएका मुद्दा।
      • विदेशमा रहेको प्रतिवादीलाई म्याद तामेल गर्नुपर्ने मुद्दा।
  • व्यवस्थापकीय कार्यः-
    • निरीक्षण/अनुगमनः-
      • २०७७ माघमा अर्धन्यायिक निकाय (जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र मालपोत कार्यालय) को।
      • २०७७ फागुनमा स्थानीय न्यायिक समितिहरुको।
    • न्याय क्षेत्र समन्वय समितिको बैठकः-             ४ पटक
    • Judicial Out Reach:-                      ३ पटक
    • वैतनिक कानून व्यवसायीबाट कारागार भ्रमणः-      ४८ पटक
    • योजना कार्यान्वयनमा सरोकारवालासँग अन्तरक्रियाः-  ३ पटक
    • सञ्चारकर्मीहरुसँग अन्तर्क्रियाः-                    २ पटक
    • बार र सरकारी वकिलसँग अन्तरक्रियाः-      ४ पटक

स्रोत : महेश खनाल, श्रेस्तेदार अर्घाखाँची जिल्ला अदालत

अर्घाखाँचीमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ सय २७ पुग्यो, ३२२ जना संक्रमित डिस्चार्ज


श्याम घिमिरे
साउन १५ अर्घाखाँची-

अर्घाखाँचीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । बिहिबार सन्धिखर्क नगरपालीकाका एकजनामा कोरोना संक्रमण देखिएकोे हो । यो संगै जिल्लामा संक्रमितको संख्या ३ सय २७ पुगेको छ ।
जसमा सन्धिखर्क नगरपालीकामा ४४ जना, शितगंगा नगरपालीकामा ६६ जना, भुमिकास्थान नगरपालिकामा १०७ जना ,मालारानि गाउँपालीकामा ६८ जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २८ जना गरी ३ सय २७ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यता जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । हाल सन्धिखर्क नगरपालीका र शितगंगा नगरपालीकाका १/१ जना गरी जम्मा २ जना मात्रै संक्रमित आइसोलेसनमा रहेका छन् । ३२७ जना संक्रमितमध्ये ३२२ जना कोरोनामुक्त भएर घर फर्केको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । हालसम्म सन्धिखर्क नगरपालिकाका ४३ जना, शितगंगा नगरपालिकाका ६४ जना , भुमिकास्थान नगरपालीकाका १०६ जना,मालारानी गाउँपालीकाका ६७ जना, पाणिनी गाउँपालिकाका १४ जना र छत्रदेव गाउँपालिकाका २८ जना गरि ३२२ जना डिस्चार्ज भएका छन । कोरोना संक्रमणका कारण शितगंगा नगरपालीका, भुमिकास्थान नगरपालीका र मालारानी गाउँपालीकाका १/१ जना गरी ३ जनाको मृत्यु भैसकेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशन अनुसार आइसोलेशनमा बसेको १४ दिनसम्म पनि कोरोना संक्रमणको कुनै लक्षण नदेखिएकाहरुलाई पुनः परीक्षण नगरी घर पठाउने गरिएको छ ।

यसैबिच बिहिवार दिउँसो सम्म जिल्लाका बिभिन्न क्वरेन्टीनमा ११४ जना व्यक्तिहरु रहेका छन् । गत जेठ महिनासम्म क्वरेन्टीनमा बस्नेको संख्या ६ हजार भन्दा माथी पुगेको भएपनि पछिल्लो समय भारत लगायत अन्य मुलुकबाट आउनेको संख्या कमी भएको र दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि भएकोले क्वरेन्टीनमा बस्नेको संख्या घट्दै गएको हो ।

पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा १ जना, शितगंगा नगरपालीमा २ जना र भुमिकास्थान नगरपालीकाको क्वरेन्टीनमा ११ जना गरी जम्मा १४ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा भित्रिएका छन भने, सन्धिखर्क नगरपालीकाबाट २६ जना शितगंगा नगरपालीकाबाट १२ जना गरी जम्मा ३८जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनबाट डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वरेन्टीन स्थापना गरि भारत लगायत अन्य मुलकबाट आएका व्यक्तिहरुलाई क्वरेन्टीनमा राख्ने गरेका छन ।