थप १३ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या १ हजार ८११ पुग्यो

जेठ १९,काठमाण्डौ – नेपालमा साेमबार थप १३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका सात, रुपन्देही र पाल्पामा दुई/दुई तथा नवलपरासी र गुल्मीमा एक/एक जना गरी १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या एक हजार आठ सय ११ पुगेको छ । यसअघि आज दिउँसोमात्रै दुई सय २६ जनामा कोरोना पुष्टि भएको थियो । साेमबार एक जना डिस्चार्ज भएसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या दुई सय २२ पुगेकाे छ । सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या आठ पुगेकाे छ । 

Advertisement

साेमबार एकैदिन २२६ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १ हजार ७९८ पुग्याे

जेठ १९, काठमाण्डाै – नेपालमा साेमबार एकैदिन दुई सय २६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । यो एकैदिन सङ्क्रमित हुनेको सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कञ्चनपुरमा ११ महिने बालिकासहित दुई सय २६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार सात सय ९८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।

विराटनगरमा भएको परीक्षणमा झापाका दुई जनामा काेराेना पोजेटिभ देखिएको छ । यस्तै पोखरामा भएको परीक्षणमा नवलपरासीका तीन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ देखिएको छ, जसमा दैलेखका २४ र जुम्लाका १८ जना रहेका छन् ।

सुर्खेतमा भएको परीक्षणमा दैलेखका १७, सल्यानका १० र सुर्खेतका पाँच गरी ३२ जनामा काेराेना पोजेटिभ देखिएको छ । यस्तै धुलिखेलमा गरिएकाे परीक्षणमा कलिवस्तुका दुई, रौतहटका १८ जनामा पोजेटिभ देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९२ जनाको पोजेटिभ देखिएको छ, जसमा धनुषाका सात, कपिलवस्तुका ३८, महोत्तरीका दुई, मकवानपुरका एक, सर्लाहीका ३८, सिरहाका पाँच र उदयपुरका एक जनामा पोजेटिभ देखिएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको छ । कैलालीका १४ तथा अछाम, बैतडी, डोटी र कञ्चनपपुरका एक/एक जनामा पोजेटिभ देखिएको छ । भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका सात जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङका नाै जनामा पोजेटिभ देखिएको छ ।

अहिले प्रदेश नम्बर १ मा एक सय ३८, प्रदेश नम्बर २ मा पाँच सय ८९, वाग्मती प्रदेशमा १५ र गण्डकी प्रदेशमा २३ जना सङ्क्रमित आइसोलेशनमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा पाँच सय ७०, कर्णाली प्रदेशमा एक सय ९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना गरी एक हजार ५ सय ६९ जना सङ्क्रमित उपचाररत रहेको प्रवक्ता देवकाेटाले बताउनुभयो ।

देशभरिका विभिन्न अस्पतालमा उपचाररत दुई सय २२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म पीसीआर विधिबाट ७१ हजार नाै सय तीन र आरडीटी विधिबाट एक लाख १३ हजार सात सय ५७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट दुई हजार तीन सय १० र आरडीटीबाट दुई हजार ६ सय ४८ जनाको नमुना परीक्षण भएको छ । देशभरि क्वरेण्टीनमा रहेकाकाे सङ्ख्या एक लाख ३३ हजार नाै सय ७५ रहेकाे छ ।

सोमबार थपिएका सङ्क्रमितमध्ये दुई सय १३ जना पुरुष रहेका छन् भने १३ जना महिला रहेकाे मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

आज एक जना डिस्चार्ज भएसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई सय २२ भएको छ । सङ्क्रमणबाट अहिलेसम्म आठ जनाको ज्यान गएको छ । 

अर्घाखाँचीमा साढे ४१ सय भन्दा धेरै क्वरेन्टीनमा


श्याम घिमिरे
जेठ १९ अर्घाखाँची –
अर्घाखाँची जिल्लाका स्थानिय सरकारले निर्माण गरेका क्वरेन्टीनमा साढे ४१ सय भन्दा धेरै व्यक्तिहरु रहेका छन । जिल्लाका ६ वटा स्थानीय सरकारले १ सय ८३ स्थानमा निर्माण गरेका क्वरेन्टीनमा आज दिउँसो ३ बजे सम्म ४ हजार १ सय ६९ जना व्यक्तिहरु रहेको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिनुभयो ।

जसमध्ये सन्धिखर्क नगरपालीकामा ५६९ जना, शितगंगा नगरपालीकामा ९३० जना, भूमिकास्थान नगरपालीकामा १०८१ जना, छत्रदेव गाउँपालीकामा ३४९ जना, मालारानी गाउँपालीकामा ७६४ जना र पाणिनी गाँउपालीकामा ४८२ जना रहेको सहायक प्रजिअ खनालले बताउनुभयो । अर्घाखाँचीका स्थानीय तहहरूले निरन्तर क्वरेन्टीनको संख्या बढाउदै गएको र त्यसमा बस्नेहरुको संख्या पनि बढ्दो रहेको छ । अधिकांस क्वरेन्टीनमा भारतबाट आएका मानिसहरु नै बसेको जनाईएको छ ।

हाल सम्म सन्धिखर्क नगरपालीकामा १७, शितगंगा नगरपालीकामा ५८, भूमिकास्थान नगरपालीकामा ३८, छत्रदेव गाउँपालीकामा १८, मालारानी गाउँपालीकामा २९ र पाणिनी गाँउपालीकामा २३ गरी कुल १ सय ८३ स्थानमा क्वरेन्टीनको निर्माण गरीएको सहायक प्रजिअ बिक्रम थापाले जानकारी दिनुभयो । पछिल्लो दिन मात्रै ३७० जना भारतबाट आएकाहरुलाई बिभिन्न पालीकाले निर्माण गरेका क्वरेन्टीनमा राखीएको छ । यस्तै जिल्लाभर १ सय १८३ स्थानका क्वरेन्टीनमा ४ हजार ३ सय ८९ वटा बेड रहेका छन ।

रायमाझी र खड्काद्वारा भिटिएम किट सहित स्वास्थ्य साम्रागी हस्तान्तरण

गणेश खनाल,जेठ १९ अर्घाखाँची
अर्घाखाँचीमा भिटिएम कीट नभई क्वरेन्टीनमा बसेकाहरुलाई समय पुगेपनि चेक नगराई घर पठाउनु पर्ने अवस्था आएको बेला पुर्ब उपप्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी र राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्जवलको पहलमा भिटिएमकीट सहित स्वास्थ्थ साम्रागी जिल्लामा आएको हो ।

नेकपाका प्रभावशाली नेता समेत रहेका द्धयले कोराना संक्रमणबाट जिल्ला असजक भईरहेको बेला जिल्लामा अभाव भएका स्वास्थ्य साम्रागी उपलव्ध गराई जनताको प्रतिनिधि भएको आभास दिलाउनु भएको हो । भिटिए कीट,आरडिटि किट,पिपिई,माक्स,गोल्वस,सेनिटाइजर,थर्मल गन,डिजिटल थर्मामिटर लगायतका सामाग्रीहरु आईतबार काठमाडौंबाट जिल्लामा पठाउनुभएको हो ।

डोटी : बाढीले मजदूर बगायो

जेठ १९,डोटी – डोटीको सहजपुर बोगटान सडकमा काम गर्ने दुई मजदूरलाई आइतबार राति बाढीले बगाएको छ । दुई दिनदेखिको लगातारको वर्षाका कारण आएको बाढीले सडक खण्डको पातली खोलाको छेउमा पाल टाँगेर बसेका दुई जना मजदूरलाई बाढीले बगाएर बेपत्ता पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाढीले बगाएर बेपत्ता हु्नेमा कञ्चनपुर गुलरिया नगरपालिका–४ बस्ने वर्ष ४५ का कमल थापा र वर्ष २४ का गोपाल कामी रहेका बाढीमा बगेर बच्न सफल अर्का मजदूर्ले जानकारी दिएको प्रहरीले जनाएको छ । उनीहरुको खोजीका लागि आइतबार रातिबाट इलाका प्रहरी कार्यालय फल्टुडेको प्रहरी टोली खटिए पनि अहिलेसम्म कोही फेला नपरेका प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । source:ujyaaloonline