विक्रम पाण्डे असार १२ , अर्घाखाँची – अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वाड न ११ डिभर्नाको वडा कार्यालय भवनको एक कार्यक्रमको विच शिलन्यास गरीएको छ । सन्धिखर्क नगरपालीकाका नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा उक्त निर्माण हुने भवनको शिलन्यास गरीएको हो । निर्माण गरीने भवनको शिलन्यास गर्दै भुसालले वडाका हरेक गतिविधी तथा प्रशासनिक कार्य संपादनमा सहजता ल्याउनको लागी वडाको आप्ःनो भवन हुनु आबश्यक रहेको बताउँदै भवन निर्माणको कार्यलाई जति सक्दो छिटो र पारदर्शी रुपले सम्पन्न गर्न आग्रह गर्नुभयो । चालु आ. व . २०७६र७७ मा शुरू भै ०७७ र७८ भित्रमा भवन निर्माणको लक्ष्य लिइएको छ । करीव २ करोडको लागतमा सम्पन्न हुने भवन निर्माणकोे कामलाई तिव्र रुपमा अगाडी बढाइएको वडा अध्यक्ष धुर्वराज आचार्यले जानकारी दिनुभएको पत्रकार विक्रम पाण्डे बताउनुभयो ।
Day: June 26, 2020
सन्धिखर्क नगरपालीका भित्रका क्रियाशिल शिक्षकका पेशागत संघ संगठनहरुको संयुक्त बैठक सम्पन्न, कोरोना कोषमा सहयोग गर्ने निर्णय ।
श्याम घिमिरे असार १२ अर्घाखाँची –
सन्धिखर्क नगरपालीका भित्रका क्रियाशिल शिक्षकका पेशागत संघ संगठनहरुको संयुक्त बैठक आज सम्पन्न भएको छ । बैठकले बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस महामारी रोग संग जुधनकोलागी सन्धिखर्क नगरपालीकाको बिपत राहत कोषमा नगरपालीका भित्र रहेका सामुदायीक बिद्यालयका कार्यरत शिक्षकहरुको मासीक तलबबाट एक दिनको बराबरको रमक सहयोग गर्ने निर्णय गरेको छ । उक्त कोषमा बिद्यालय कर्मचारी र बालबिकास सहयागी कार्यकर्ताको रमक कट्टा नगर्ने पनि सर्बसम्मत निर्णय भएको जनाईएको छ । बैठकमा नेपाल शिक्षक संघका नगर अध्यक्ष डिल्ली थापा , नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष श्याम बहादुर भुसाल , एकिकृत अखिल नेपाल शिक्षक संगठनका नगर अध्यक्ष रविन्द्र बहादुर खड्का , अखिल नेपाल शिक्षक संघका नगर उपाध्यक्ष यज्ञ प्रसाद भुसाल , अखिल नेपाल शिक्षक संगठनका पुनकला आले लगायतको उपस्थिती रहेको थियो ।
राष्ट्रिय स्वाधिनताका लागि नागरिक समाजद्वारा एमसीसीको बिरोध
सन्धिखर्क एफएम
असार १२ अर्घाखाँची-
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न नागरिक समाजले माग गरेको छ । एमसीसी नेपालको हितमा नभएको भन्दै नागरिक समाजले यसको बिरोध गर्दै आएका छन् ।
संसदबाटै एमसीसी खारेजको माग गर्दै राष्ट्रिय स्वाधिनताका लागि नागरिक समाज नेपालले शुक्रबार सन्धिखर्कमा बिरोध प्रदर्शन गरेको छ । एमसीसी परियोजनाको बिरोधका लागि नागरिक समाजले आयोजना गरेको उक्त बिरोध कार्यक्रममा नागरिक समाज नेपालका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मनतब्य राख्दै नागरिक समाज नेपाल अर्घाखाँचीका अध्यक्ष नन्दलाल पोख्रेलले एमसीसी खारेज नभए देशको स्वाधिनतामाथि आंच आउने बताउनु भयो । एमसीसी सम्झौता राष्ट्रिय हित विपरित भएको उहाँको भनाई छ । पोख्रेलले संसदबाटै एमसीसी परियोजना खारेज गर्नुपर्ने बताउंदै संसदबाट एमसीसी पास गराए सरकार समस्यामा पर्ने दावी गर्नुभयो । उहांले देशमा राजनीतिक परिवर्तन भएपनि सामाजिक र सांस्कृतिक परिवर्तन नहुंदा संविधानले निषेध गरेको जातीय छुवाछुत कायम रहेको बताउनु भयो । पोख्रेलले एमसीसी सम्झौताले राष्ट्रियता संकटमा पर्ने बताउंदै यसले असंलग्न परराष्ट्रनीति पनि खारेज गर्ने बताउनु भयो । यता कार्यक्रम सञ्चालन भैरहेको अन्तीम समयमा प्रहरीले माथीका आदेश भन्दै नागरीक समाजको कार्यक्रममा रोक लगाएको थियो ।

जनतालाई बिकासको अनुभुति गराउछौं –नगरप्रमुख थापा
श्याम घिमिरे
असार १२ अर्घाखाँची
भुमिकास्थान नगरपालीकाका नगरप्रमुख रेशम थापाले नगरपालीका भित्रका जनताहरुले अनुभुति गर्ने गरी बिकास निर्माण भैरहेको बताउनुभएको छ । थापाले नगरभित्र भौतिक पुर्बाधारको बिकास संगै सडक ,शिक्षा स्वास्थ्य,खानेपानी लगायतका क्षेत्रको उल्लेखनिय बिकास भैरहेको बताउनु भयो । भुमिकास्थान नगरपालीकाले आज आयोजना गरेको पत्रकार भेटघाट तथा आ.ब २०७७÷७८ को बार्षिक बजेट बितरणको जानकारी गराउने उद्धेश्यले आयोजना गरीएको कार्यक्रममा बोल्दै थापाले यस्तो बताउनु भएको हो ।
नगरप्रमुख थापाले नगर भित्र सडक बिस्तार,काठका पोल बिस्थापन,एकघर एक धारा जडान,पालीका र वडाहरुको भबन निर्माण,कृषि पशुपालन लगायतका क्षेत्रमा देखिने गरी काम गरीरहेको बताउनु भयो । यस्तै थापाले कोरोना भाईरस रोकथाम र नियन्त्रणमा आफुहरुले प्रभाबकारी रुपमा काम गरीरहेको समेत दाबि गर्नुभयो ।

कार्यक्रममा मनतब्य राख्दै नगरउपप्रमुख खडानन्द बेल्बासेले भुमिकास्थान नगरपालीकालाई नमुना पालीका बनाउने गरी आफुहरुले काम गरीरहेको बताउनु भयो । बेल्बासेले अन्य पालीका भन्दा भुमिकास्थान नगरपालीकामा धेरै राम्रो काम भएको दाबि पनि गर्नुभयो । नगरपालीकाका योजना सहायक शेषकान्त घिमिरेको सन्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकालीले शुभकामना मनतब्य राख्नुभएको थियो ।

यस्तै प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भण्डारीले आ.ब २०७७÷७८ को बार्षिक बजेट बितरणको बारेमा प्रकाश पार्नुभएको थियो । भुमिकास्थान नगरपालीकाले आ.ब २०७७÷७८ को लागी रु ७१ करोड ६२ लाख ११ हजार ७ सय ६० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यही असार १० गते सम्पन्न नगरको सातौं नगर सभाले ४२ वटा नगरका योजना,१४ वटा वडाका योजना र १८ वटा कार्यक्रमका योजनाहरु पास गरेको हो । यसैबिच भुमिकास्थान नगरपालीकाले स्थापना गरेको कोरोना राहत कोषमा अहिलेसम्म ५० लाख ७३ हजार जम्मा भएको छ भने ३७ लाख भन्दा बढी खर्च भएको नगरपालीकाले जनाएको छ ।


