स्व. बन्जाडेको तेहौ दिनको पुण्य तिथि पारी शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न , एक लाख एकाउन्न हजारको अक्षयकोष स्थापना

असार ४ अर्घाखाँची- नेपालको बाम–लोकतान्त्रिक आन्दोलनका कर्मठ योद्धा, शिक्षाप्रेमी,समाजसेवी एवं विश्व मावि ढाकावाङका तत्कालिन प्रअ स्वर्गीय कुलानन्द बन्जाडेकि धर्मपत्नी तथा स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानकी संस्थापक एवं संरक्षक गुमादेवि बन्जाडेको निधन भएको तेहांै दिनको पुण्य तिथि पारी राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर समितिको आयोजनामा शोक तथा श्रद्धाञ्जली सभा आज सम्पन्न भएको छ । श्रद्धाञ्जली सभामा मनतब्य राख्दै राष्ट्रिय जनमोर्चा प्रदेश नं.५ का अध्यक्ष बोम बहादुर खत्रीले स्वर्गीय गुमादेवि बन्जाडेले निरंकुशता विरुद्धको संघर्ष र लोक बामआन्दोलनमा लागेका नेता तथा कार्यकर्ताहरुको संरक्षणमा पु¥याएको योगदानको चर्चा गर्दै आफूहरुले भरोसायोग्य अभिभावक गुमाएको बताउनु भयो ।

श्रद्धाञ्जली सभामा राष्ट्रिय जनमोर्चाका पुर्ब केन्द्रीय सदस्य शेर बहादुर बिसी, सागर केसी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधि बाबुराम खनाल, अखिल नेपाल ट्रेड युनियन (अन्टुक) का कार्यबाहक अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणी पौडेल लगायतले स्वर्गीय गुमादेबि बन्जाडेको निधनले नेपालको कम्युनिस्ट आन्दोलनलाई नै क्षति पुगेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झबिलाल थापा, यमलाल पोख्रेल, जिल्ला अध्यक्ष थम्मन केसी, राष्ट्रिय परिषद सदस्य खड्क बहादुर थापा, जिल्ला सदस्य कविराम खनाल, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य कृष्ण खनाल, अखिल (छैठौं) का प्रतिनिधि टेकराज भुसाल, भुमिकास्थान नगरपालिका वडानम्बर १ का वडाअध्यक्ष भोजराज खनाल, २ का वडाअध्यक्ष अध्यक्ष बुद्धि बहादुर थापा लगायतको उपस्थिति रहेको थियो । यसैबिच स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानद्वारा सञ्चालन गर्ने गरि कुलानन्द बञ्जाडे तथा गुमादेवि बञ्जाडे स्मृति छात्रवृत्ति अक्ष्यकोष स्थापना गरीएको छ उक्त कोषमा घरपरिवारका सदस्यहरुबाट एक लाख एकाउन्न हजार प्रदान गरुएको छ । बन्जाडेको गत जेठ २४ गते ७२ बर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।

Advertisement

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु ,कुल मृतकको संख्या २२ पुग्यो

असार ४, २०७७ काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा २ का ४३ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो। दुवै जनाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। स्वास्थ्यमा समस्या आएपछि ती पुरुष कैलालीकै नजजीवन अस्पतालमा भर्ना भएका थिए। जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। उनको असार ३ गते बेलुकी निधन भएको हो। यस्तै, लम्की चुहा नगरपालिकाकी महिलाको टाउकोमा चोट लागे पनि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो। जेठ ३१ गते भर्ना भएकी महिलाको असार २ गते सर्जरी गर्नुअघि नमुना संकलन गरिएको थियो। उनको असार २ गते नै मृत्यु भएको प्रवक्ता गौतमले बताए। भेरी अस्पतालमा भएको परीक्षणमा असार ३ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ।

देशभर अहिलेसम्मकै धेरै संक्रमित भेटिए ,पछिल्लो २४ घण्टामा ६७१ जना थपिए

असार ४, २०७७ काठमाडौं : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६७१ जना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ७  हजार ८४८  पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।  मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ५९१ जना पुरुष र ८० जना महिला रहेका छन्। मन्त्रालयका अनुसार हाल सम्म डिस्चार्ज हुनेको संख्या ११ सय ८६ पुगेको छ। जसमा ११४ जना महिला र १०७२ जना पुरुस रहेका छन् भने मृतकको संख्या २२ पुगेको छ ।

बिजुलीको महसुल घट्यो, केही उपभोक्ताले शुल्क तिर्नु नपर्ने

काठमाण्डौ – विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गरेको छ । नेपाल विद्युत प्राधिकरणले पठाएको प्रस्ताव अनुसार बिजुलीको महसुल समायोजन भएको हो । असार १ गते बसेको सञ्चालक समितिको बैठकले बिजुलीको महसुल समायोजन गर्ने र ट्रंक लाइन तथा डेडिकेटेड लाइन खारेज गर्ने निर्णय गरेको हो । लोडसेडिङको समयमा अन्य ग्राहकबाट भन्दा धेरै महसुल लिएर प्राधिकरणले उद्योगलाई छुट्टै लाइनमार्फत बिजुली दिएको थियो । लोडसेडिङ अन्त्य हुँदा पनि ट्रंक र डेडिकेटेड लाइनमार्फत महँगो बिजुली लिन बाध्य भएको उद्योगीको गुनासो थियो । अब ट्रंक र डेडिकेटेड लाइन खारेज भएको छ । 

उपभोक्ताले प्रयोग गर्ने बिजुली सस्तो

नेपाल विद्युत प्राधिकरणले वर्गीकरण गरेका १३ वटा उपभोक्ता वर्गले प्रयोग गर्ने बिजुलीको महसुल औसतमा १० प्रतिशतले समायोजन गरिएको विद्युत नियमन आयोगले जनाएको छ । ग्रामीण क्षेत्रमा तथा सहरी क्षेत्रका मध्यमवर्गीय उपभोक्ताहरुले एलपी ग्याँसको साटो विद्युतीय उपकरण प्रयोग गरुन् भन्ने उदेश्यले न्यूनतम तथा इनर्जी शुल्क समायोजन भएको आयोगले जनाएको छ । 

५ एम्पियर लाइन लिएर  मासिक न्यूनतम  १० युनिटसम्म खपत गर्ने ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लाग्नेछ, बिजुली भने निःशुल्क उपलब्ध हुनेछ । सिंगल फेज मिटरमार्फत ११ देखि २० युनिटसम्म बिजुली उपभोग गर्ने ग्राहकले प्रतियुनिट ३ रुपैयाँ तिर्नुपर्नेछ । डिमान्ड शुल्क ३० रुपैयाँ लाग्नेछ । 

२१ देखि ३० युनिटसम्म खपत गर्नेले साढे ६ रुपैयाँ प्रतियुनिटमा बिजुली पाउनेछन् भने ५० रुपैयाँ इनर्जी शुल्क लाग्नेछ । ३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ८ रुपैयाँ प्रतियुनिट महसुल र ५० रुपैयाँ डिमान्ड शुल्क तिर्नुपर्नेछ । source:ujyaaloonline

आउँदो साउनदेखि लागू हुने नयाँ महसुल यस्तो छ :

अर्घाखाँचीमा पाँच जनाले कोरोनालाई जिते ,संक्रमितको संख्या १५८


श्याम घिमिरे
असार ४ अर्घाखाँची –

अर्घाखाँची जिल्लाका पाँच जना कोरोना संक्रमितले कोरोना भाईरसलाई जितेका छन । अर्घाखाँची जिल्लामा पहिलो पटक कोरोना पोजेटिभ देखिएका पाणिनि गाउँपालीकाका २ जना सहित ५ जनाले कोरोनालाई जितेका हुन । कोरोनालाई जित्नेहरुमा सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिक सहित छत्रदेव गाउँपालिकाका १ जना र शितगंगा नगरपालिका १ जना रहेका छन । बुधवार पाँचैजना पुरुषहरुको कोरोना संक्रमितको दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख पुष्पा थापाले बताउनुभयो ।

उपप्रमुख बिक बाहेक अन्य चारजना भारतबाट आई पालिकाले निर्माण गरेका क्वरेन्टीनमा बसेका थिए । कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई सन्धिखर्कमा रहेको आईशोलेसन कक्षमा राखि उपचार गरीएको थियो । कोरोना जितेसँगै जिल्लामा कोरोना भाईरस सम्बन्धि सकारात्मक सन्देश प्रवाह भएको बताईएको छ ।

यसैबिच बुधबार झुन्डिएर आत्महत्या गरेका अर्घाखाँची शितगंगा नगरपालीका ५ का ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । शितगंगा ५ को हरी माध्यमिक विद्यालयको क्वरेन्टीनमा बसेका ती पुरुषले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेका थिए । योसँगै जिल्लामा मृतकको संख्या ३ पुगेको छ ।

पछिल्लो बिबरण अनुसार बुधबार एकैदिन झण्डै एकसय जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो संगै जिल्लामा हालसम्म संक्रमितको संख्या १५८ पुगेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । जसअन्तरगत सन्धिखर्क नगरपालीकामा २९ जना शितगंगा नगरपालीकामा ३२ जना, भूमिकास्थान नगरपालीकामा ५९ जना, छत्रदेव गाउँपालीकामा १० जना, मालारानी गाउँपालीकामा १८ जना र पाणिनी गाँउपालीकामा ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । यस्तै हालसम्म जिल्लाभर ६०५ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको समेत स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यता जिल्लामा भारतबाट आएका २५ सय भन्दा धेरै व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा रहेका छन । जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका २ सय ४३ स्थानका क्वरेन्टीनमा बुधवार दिउँसो ३ बजे सम्म २५ सय ५ जना व्यक्तिहरु रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जसमध्ये सन्धिखर्क नगरपालीकामा ३ सय ८२ जना, शितगंगा नगरपालीकामा ५ सय ५६ जना, भूमिकास्थान नगरपालीकामा ६ सय ७२ जना, छत्रदेव गाउँपालीकामा ३ सय २० जना, मालारानी गाउँपालीकामा ३ सय ५५ जना र पाणिनी गाँउपालीकामा २ सय २० जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिनुभएको छ । पछिल्लो २४ घण्टामा बिभिन्न पालीकाको क्वरेन्टीनबाट ६६ जना डिस्चार्ज भएका छन भने ५३ जना थपिएका छन । ६ वटा स्थानिय सरकारले निर्माण गरेका २ सय ४३ स्थानका क्वरेन्टीनमा ५१ सय ३ वटा बेड संख्या रहेका छन ।

यता मंगलवारसम्म कोरोना पोजेटिभ देखिएका अर्घाखाँचीका ४३ जनालाई बिभिन्न आईसोलेशन स्थानमा राखीएको छ, उनिहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गौतमले बताउनुभएको छ ।