मनकारी घरबेटी : जसले गरे दुई महिनाको घरभाडा छुट दिने घोषणा


श्याम घिमिरे
असार ९ अर्घाखाँची-

जिल्लाको सन्धिखर्क नगरपालिका वडानं.१ मिडिया चोक निवासी गिरीराज खनालले घर भाडा छुट गरेका छन । सामाजीक व्यक्तित्व एवं अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चका पुर्व अध्यक्ष समेत रहेका खनालले दुई महिनाको घरभाडा नलिने घोषणा गरेका हुन । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस र लकडाउनका कारण सटरमा व्यवसाय र कोठाभाडा गरी बस्ने व्यक्तिलाई समेत प्रभाब पारेको भन्दै खनालले दुई महिनाको सटर भाडा र कोठाभाडा नलिने घोषणा गरेका हुन ।

जिल्ला सदरमुकाम समेत रहेको सन्धिखर्कमा रहेका तिनवटा घरका सटरसहित १८ वटा कोठाको दुई महिनाको रु ८२ हजार भाडा छुट गरेको खनालले जानकारी दिए । लकडाउनको कारण रोजगारी गुमाएका श्रमिक र व्यवसायीहरुलाई ठूलो असर परेको भन्दै उनिहरुलाई केही राहत पुगोस भनेर आफुले घरभाडा छुट गरेको खनालले बताए ।

Advertisement

नेपाल प्रेस युनियन अर्घाखाँचीद्धारा स्वास्थ्य सामाग्री र ज्याकेट बितरण ,अर्घाखाँचीमा न्याय नमरेको नेका सभापति मुस्कानको जिकिर

श्याम घिमिरे
असार १० अर्घाखाँची-

नेपाली काँग्रेस अर्घाखाँचीका सभापति विष्णु प्रसाद खनाल मुस्कानले अर्घाखाँचीमा न्याय नमरेको बताएका छन् । सभापति मुस्कानले आफु र आफ्नो पार्टी नेपाली काँग्रेस सधै न्यायको पक्षमा उभिएको समेत दावी गरे । नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले विश्वभर फैलिरहेको कोभिड १९ संक्रमणबाट सुरक्षित रहन र रिपोटीङका लागि फिल्डमा जान सहज होस भन्ने उदेश्यले अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुलाई बुधवार सन्धिखर्कमा स्वास्थ्य सामाग्री तथा युनियनकर्मीलाई प्रेस लोगो अंंकित ज्याकेट हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै मुस्कानले जिल्लामा हुने सबै प्रकारका अपराध , अन्याय तथा हिंसाजन्य गतिविधीको विरुद्धमा आफु र पार्टी डटेर लाग्ने बताए ।


मुस्कानले पिडितलाई न्याय दिलाउने पक्षमा आफुहरुले कसैलाई काखा र पाखाको दृष्टिले नहेरेको भन्दै केहीदिन देखी जिल्लामा अर्घाखाँची काण्डको रुपमा भाईरल भएको विषयलाई लक्षित गर्दै मुस्कानलेले भने ,पिडित भनिएकी महिलालेनै दोषी भनिएका सहयोगी विसीले माफी माग्न तयार भए म माफ दिन तयार छु भनेपछि मात्र दुबै पक्षवीच सहमति भएको बताए । यसमा सामाजिक संजालमा आएजस्तो कसैको डरत्रास, धम्की , करकाप र दबाबमा परेर महिलाले माफी दिएकी होईनन् आफु राजीखुसी भएर माफी दिएकी हुन् मुस्कानले भने ।


यस्तै मुस्कानले सामाजिक सन्जालमा लेखिएका टिप्पणीहरुको पछाडी नलाग्न जिल्ला बासीलाई अनुरोध पनि गरे । प्रेस युनियनका जिल्ला सभापति विरेन्द्र केसीको सभापतित्व र सचिव विष्णु खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम जिसी लेकाली,युनियनका निबर्तमान सभापति सुर्यप्रसाद भुसाल लगायतले मनतब्य राखेका थिए ।

नेपाल औषधि व्यवसायी संघको ४७ औं स्थापना दिवसको अवसरमा क्वरेन्टिनमा रहेकाहरुलाई माक्स,सेनिटाईजर र फलफूल बितरण


श्याम घिमिरे असार १० अर्घाखाँची-

नेपाल औषधि व्यवसायी संघको ४७ औं स्थापना दिवसको अवसरमा माक्स,सेनिटाईजर र फलफूल बितरण कार्यक्रम सम्पन्न भएको छ । सन्धिखर्क नगरपालीका २ को जनज्योति माबि चुत्राबेसिको क्वरेन्टिन स्थलमा रहेका झन्डै २५ जनालाई आज एक कार्यक्रमका बिच नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा अर्घाखाँचीले माक्स,सेनिटाईजर र फलफूल बितरण गरेको हो । सनपा २ का वडाअध्यक्ष मोतिजंग रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सनपा १० का वडाअध्यक्ष लक्ष्मीनारायण चुँदालि,संघका लुम्बिनी अञ्चल परामर्श सल्लाहकार नारायण प्रसाद पौडेल,जिल्ला उपाध्यक्ष टंक प्रसाद भुसाल ,महासचिव तिलक मिश्र,निवर्तमान अध्यक्ष लिलामणि ढुङ्गाना लगायत संघका पदाधिकारी र व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

अर्घाखाँचीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५० पुग्यो, ४८ जना कोरोना संक्रमितहरु निको ।


श्याम घिमिरे
असार १० अर्घाखाँची –

जिल्लाको भूमिकास्थान नगरपालिकाका थप दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । मंगलवार गरीएको परीक्षणमा भूमिकास्थान नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टिभएको हो । यो संगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या २५० पुगेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । हाल सम्म संक्रमित हुनेहरुमा सन्धिखर्क नगरपालिकाका ३९ जना शितगंगा नगरपालिकाका ४४ जना, भूमिकास्थान नगरपालिकाका ७३ जना,मालारानी गाउँपालिकाका ६७ जना, छत्रदेव गाउँपालिकाका १८ जना र पाणिनी गाउँपालिकाका ९ जना गरि जम्मा २५० जना रहेका छन ।

यता जिल्लाका बिभिन्न क्वरेन्टीनमा रहेका ४८ जना कोरोना संक्रमितहरु निको भएका छन । मंगलवार साँझसम्म सन्धिखर्क नगरपालिकाबाट २९ जना शितगंगा नगरपालिकाका १५ जना, छत्रदेव गाउँपालिकाका १ र पाणिनी गाउँपालिकाका ३ जना गरि जम्मा ४८ जना कोरोना भाईरबाट निको भएका स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म कोरोना भाईरसका कारण भुमिकास्थानमा १ जना र मालारानी गाउँपालीकामा १ जना गरी २ जनाको ज्यान गएको छ ।

यता जिल्लामा भारतबाट आएका साढे १७ सय भन्दा धेरै व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा रहेका छन । जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका २ सय ४३ स्थानका क्वरेन्टीनमा मंगलवार दिउँसो ३ बजे सम्म १७ सय ६५ जना व्यक्तिहरु रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । जसमध्ये सन्धिखर्क नगरपालीकामा १९४ जना, शितगंगा नगरपालीकामा ४६९जना, भूमिकास्थान नगरपालीकामा ४०२ जना, छत्रदेव गाउँपालीकामा २७९ जना, मालारानी गाउँपालीकामा ३२७ जना र पाणिनी गाँउपालीकामा १०४ जना रहेको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिनुभयो ।

यस्तै पछिल्लो २४ घण्टामा बिभिन्न पालीकाको क्वरेन्टीनबाट ६४ जना डिस्चार्ज भएका छन भने ३३ जना थपिएका छन । ६ वटा स्थानिय सरकारले निर्माण गरेका २ सय ४३ स्थानका क्वरेन्टीनमा ५१ सय ३ वटा बेड संख्या रहेका छन । यता कोरोना पोजेटिभ देखिएका मध्ये २५० जना मध्ये २१० जनालाई बिभिन्न स्थानमा रहेका आईसोलेशन स्थानमा राखीएको छ, उनिहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गौतमले जानकारी दिनुभएको छ ।