नेपालमा कोरोनाको कारण थप एककाे मृत्यु

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । कोभिड १९ को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको हो । मृतक दोलखाका ७६ वर्षका पुरुष हुन् । उनी जेठ १३ मा मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए र उनको ब्रेनको शल्यक्रिया गरिएको थियो । जेठ १५ मा उनको कोरोना परीक्षण गर्दा पोजेटिभ आएको थियो । पछि स्वास्थ्य अवस्था जटिल भएपछि उनलाइ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको टिचिङमा नै मृत्यु भएको हो । यसअघि कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भइसकेको छ ।

बुधबार थप २०१ जनामा काेराेना पुष्टि, सङ्क्रिमतकाे सङ्ख्या दुई हजार ३०० पुग्याे

जेठ २१, – आज एकैदिन थप २ सय १ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो पटक २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । देशकाविभिन्न स्थानका प्रयोगशालामा पछिल्लो पटक यी संक्रमित थप भएका हुन् । उहाँका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ ।

थपिएका नयाँ संक्रमितहरुमा धनकुटा र सप्तरीका १ ÷ १ जना,ताप्लेजुङका ३, पाँचथरका १ , पर्साका ७ , दैलेखका १ , सल्यानका ३ , मोरंङ र झापाका २ ÷२ , तेह्रथुमका १ र सुनसरीका ८ जना रहेका छन् । त्यसैगरी कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २ , रुपन्देहीका २६ , महोत्तरीका ९ , दैलेखका ६ , कालिकोटका ७ , दाङका ८ , प्युठानका २ , धनुषाका १ जना, काठमाडौँ मेडिकल कलेज र टोखाका गरी ३ जना रहेका छन् । यस्तै नवलपरासीका ८ , रौटहटका ११ , रुपन्देहीका १, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

यस्तै मुलकभर क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ५५ हजार ८६८ रहेको छ । हालसम्म निको भएर घर फर्केनहरुको संख्या २ सय ७८ पुगेको छ । मन्त्रालयका अनुसार आजसम्म नेपालमा दु्रत विधिबाट १ लाख २० हजार ३ सय ७९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ८० हजार २ सय ६७ परीक्षणहरु गरिएका छन् ।

अर्घाखाँची बिभिन्न क्वरेन्टीनमा ४ हजार ४ सय भन्दा धेरै व्यक्ति , पछिल्लो २४ घण्टामा १९९ जना थपिए ।


श्याम घिमिरे
जेठ २१ अर्घाखाँची –
रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु यतिबेला जिल्ला भित्रिरहेका छन् । जिल्लामा भारतबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । अर्घाखाँची जिल्लाका स्थानिय सरकारले निर्माण गरेका क्वरेन्टीनमा साढे ४४ सय भन्दा धेरै व्यक्तिहरु रहेका छन । जिल्लाका ६ वटा स्थानीय सरकारले १ सय ९३ स्थानमा निर्माण गरेका क्वरेन्टीनमा बुधबार दिउँसो ३ बजे सम्म ४ हजार ४ सय ८१ जना व्यक्तिहरु रहेको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिनुभयो ।

जसमध्ये सन्धिखर्क नगरपालीकामा ६ सय १८ जना, शितगंगा नगरपालीकामा १ हजार ९ जना, भूमिकास्थान नगरपालीकामा ११ सय ८१ जना, छत्रदेव गाउँपालीकामा ३ सय ८९ जना, मालारानी गाउँपालीकामा ७ सय ७७ जना र पाणिनी गाँउपालीकामा ५ सय ७ जना रहेको सहायक प्रजिअ खनालले बताउनुभयो । अर्घाखाँचीका स्थानीय तहहरूले निरन्तर क्वरेन्टीनको संख्या बढाउदै गएको र त्यसमा बस्नेहरुको संख्या पनि बढ्दो रहेको छ । अधिकांस क्वरेन्टीनमा भारतबाट आएका मानिसहरु नै बसेको जनाईएको छ । पछिल्लो दिन मात्रै १ सय ९९ जना भारतबाट आएकाहरुलाई बिभिन्न पालीकाले निर्माण गरेका क्वरेन्टीनमा राखीएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताउनु भयो ।।

जिल्लाभर १ सय ९३ स्थानका क्वरेन्टीनमा ४ हजार ६ सय ५५ वटा बेड रहेका छन । यस्तै जिल्लाका ३ स्थानमा ५१ वटा आइसोलेसन बेडहरु रहेका छन । जसमा रबिचित्र जनता युबाबर्ष माबि सन्धिखर्क १ हटारीनेटामा ४५,अर्घाखाँची अस्पतालमा २ र प्राथमिक स्वास्थ्य केन्द्र छत्रदेवमा ४ वटा आइसोलेसन बेड रहेको जनाईएको छ । यता गत बुधबार मात्रै पाणिनी गाउँपालिका ८ को क्वरेन्टीनमा रहेका दुई जना कोरोना संक्रमितलाई सन्धिखर्कको हटारीमा निर्माण गरीएको आइसोलेशन कक्षमा राखिएको छ । उनिहरु दुबैको स्वास्थ्य अबस्था सामान्य रहेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभएको छ ।