अर्घाखाँचीका बैंक तथा वित्तिय संस्थाहरु हप्तामा चार दिनखुल्ने


श्याम घिमिरे
जेठ २५ अर्घाखाँची –
अर्घाखाँची जिल्लामा रही सेबा दिदै आईरहेका बैंक तथा बित्तिय संस्थाहरु हप्तामा चारदिन खुल्ने भएका छन । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा आईतबार बसेको बैंक तथा बित्तिय संस्थाका प्रतिनिधिहरुको बैठकले अर्को सुचना जारी नहुँदा सम्मको लागी यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।


बैठकको निर्णय अनुसार आईतबार, सोमबार, बुधबार र बिहिबार बैंक,बित्तीय संस्था,बित्तीय कारोबारगर्ने सहकारी संस्था र बिमा कम्पनी खुल्ने भएका हुन । सामाजिक दुरी र सुरक्षित स्वास्थ्य बिधि अबलम्बन गरी बिहान १० बजे देखी दिउँसो २ बजे सम्म बैंक खुल्ने भएको थापाले जानकारी दिए ।

Advertisement

स्व.कुलानन्द बन्जाडेकि धर्मपत्नी गुमादेबिको ७२ बर्षको उमेरमा निधन ।


श्याम घिमिरे
जेठ २५ अर्घाखाँची –

अखिल नेपाल शिक्षक संघका पुर्ब केन्द्रिय अध्यक्ष , शैक्षिक सामाजिक एवं बौद्धिक व्यक्तित्व स्व.कुलानन्द बन्जाडेकि धर्मपत्नी तथा संघका बर्तमान केन्द्रिय उपाध्यक्ष कमला बन्जाडेकि ममतामयी माता गुमादेबि बन्जाडेको निधन भएको छ । भूमिकास्थान नगरपालिका वडा नं. २ ढाकाबाङ अमलाचौर निवासी बन्जाडेको सनिवार ७२ बर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो ।

नेकपा मसालकी पार्टी सदस्य, अखिल नेपाल महिला संघकी पुर्ब जिल्ला सदस्य तथा स्व.कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानकी संस्थापक संरक्षक समेत रहनुभएकी बन्जाडेको सनिबारै स्थानिय घाटमा दाहसंकार गरीएको छ । उहाँको पार्थविक शरीरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झबिलाल थापाले पार्टीको झण्डा ओढाई अन्तीम श्रद्धाञ्जली प्रकट गर्दे मुलुकको आमुल परीबर्तनमा स्व.बन्जाडेको अहम भुमिका रहेका भन्दै उहाँको योगदानको पार्टीले सधै उच्च सम्मान गर्ने बताउनु भयो ।


शोक सभामा मनतब्य राख्दै राजमो पुर्ब केन्द्रिय सदस्य तथा बामपंन्थी नेता सागर केसिले स्व. गुमादेबि बन्जाडेले निरंकुसता बिरुद्धको संघर्ष र बाम आन्दोलनमा लागेका नेता तथा कार्यकर्ताहरुको संरक्षण गर्ने जस्ता महान कार्यमा उच्च योगदान पु¥याउनु भएको स्मरण गर्दै गुमादेबि बन्जाडेको निधनले पार्टीले ठुलो क्षेति व्यहोर्नुुपरेको बताउनु भयो ।


अखिल नेपाल ट्रेडयुनियन महासंघका केन्द्रिय का.वा अध्यक्ष लोकराज भुसालले कम्युनिष्ट आन्दोलनप्रति निरन्तर र प्रतिबद्धताका साथ मजदुर र किसानबर्गको मुक्तिका पक्षमा सतिसाल जस्तै उभिनु भएकी व्यक्ति गुमाउदा आफुहरु निकै दुखी हुनु परेको बताउनुभएको थियो । शोक सभा राजमो वडानं. २ का सचिब नारायण खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीद्धारा प्रहरी नायव उपरीक्षक बुढाथोकीलाई स्वागत ।


श्याम घिमिरे
जेठ २५ अर्घाखाँची-
कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले जिल्लाको प्रहरी प्रमुखको रुपमा सरुवा भई आउनुभएका प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीलाई आज एक कार्यक्रममा बिच स्वागत गरेको छ । कोरोना भाईरस संक्रमणका कारण सामाजिक दुरी कायम गर्दे गरीएको अनौपचारीक स्वागत कार्यक्रममा मनतब्य राख्दै बुढाथोकीले प्रहरी प्रमुखको रूपमा जिल्लामा रहुन्जेल सबैसँग सहकार्य गरी जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आफु लागी पर्ने बताउनु भयो ।

कार्यक्रममा मनतब्य राख्दै मिलन केन्द्रका मानार्थ संरक्षक एवं जिल्ला न्यायाधिश बासुदेब न्यौपानेले सफल कार्यकालको शुभकामना दिदै स्वागत गर्नुभएको थियो । कार्यक्रममा केन्द्रका संरक्षक एंव प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल, कर्मचारी मिलन केन्द्र अर्घाखाँचीका अध्यक्ष खिम राना, बिभिन्न कार्यालयका प्रमुख, केन्द्रका पदाधिकारी ,राष्ट्रसेबक कर्मचारी लगायतको उपस्थिति रहेको केन्द्रका अध्यक्ष तथा बिशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिम रानाले जानकारी दिनुभयो ।