असार १५, २०७७ कोभिड–१९ (कोरोना) भाइरस संक्रमितको उपचारका लागि आवश्यक खोप बनाउन ६ अर्ब डलर (करिब सात खर्ब ३६ अर्ब रुपैयाँ) जुटेको छ। रोयटर्सका अनुसार युरोपेली संघ (इयु) सहित विश्वका विभिन्न मुलुक र संस्थाहरुले कोरोना विरुद्धको खोप बनाउन यो रकम योगदान गरेका हुन्। शनिबार आयोजित ‘ग्लोबल फण्डरेइजिङ मिटिङ’मा माइली साइरस, जस्टिन बीबर, शकीरा, क्लो एक्स बैले, उशर लगायत कलाकारहरुले प्रस्तुती समेत दिएका थिए। विश्वका प्रमुख टेलिभिजनबाट यो सम्मेलन प्रसारण गरिएको थियो। खोप अनुसन्धान र विकासका लागि युरोपेली इन्भेष्टमेन्ट बैंकले ५ अर्ब ५० करोड, अमेरिकाले ५४ करोड ५० लाख डलर, जर्मनीले ३८ करोड ३० लाख युरो, क्यानडाले २१ करोड ९० लाख डलर र कतारले एक करोड डलर योगदान गरेको छ। विभिन्न ४० मुलुकले यो सम्मेलनमा सहभागिता जनाएका थिए। संकलित रकम कोरोना परीक्षण, उपचार र खोपका लागि खर्च गरिनेछ। साथै, विश्वका अति विपन्न र सीमान्तकृत समुदायलाई पनि सहयोग गरिने जनाइएको छ।
source:thahakhabar.com
Day: June 29, 2020
आज असार १५ अर्थात धान दिवस, खेतमा काम गरी दही च्यूरा खाएर मनाइदै
असार १५, : प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ। विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ


अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या २६६ पुग्यो, ५० जनाले कोरोनालाई जिते ।
श्याम घिमिरे असार १५ अर्घाखाँची –
अर्घाखाँचीमा थप १० जना कोरोना संक्रमित थपिएका छन । पछिल्लो समय थपिएका १० जना संगै जिल्लामा संक्रमितको संख्या २ सय ६६ पुगेको छ । जसमा सन्धिखर्क नगरपालीकामा ३९ जना, शितगंगा नगरपालीकामा ४५ जना, भुमिकास्थान नगरपालिकामा ७४ जना ,मालारानि गाउँपालीकामा ६७ जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २७ जना गरी २ सय ६६ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । यस्तै सन्धिखर्क नगरपालिकामा २९ जना, शितगंगा नगरपालिकामा १५ जना,पाणिनी गाउँपालिकामा ५ जना र छत्रदेव गाउँपालिकामा १ जना गरी हाल सम्म ५० जनाले कोरोनालाई जितेका छन भने, भुमिकास्थान, शितगंगा र मालारानीका १÷१ जना गरी ३ जनाको ज्यान गईसकेको छ ।
यसैविच अर्घाखाँचीमा आईतबारसम्म १ हजार ३३ जना क्वारेन्टाईनमा रहेका छन् । गत जेठ महिनासम्म क्वरेन्टीनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेकोमा अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १ हजार ३३ मा झरेको हो । गएको २४ घण्टामा बिभिन्न पालीकाको क्वरेन्टीबाट ९६ जना डिस्चार्ज भएका छन् । यस्तै आईतबार दिउँसो ३ बजेसम्ममा ३३ जना बिभिन्न क्वरेन्टीनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वरेन्टीन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वरेन्टीनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन । आईतबार सम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २१३ जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

डिभिजन बन कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्क १० मा बृक्षारोपण ।
सन्धिखर्क एफएम असार १५-
डिभिजन बन कार्यलय अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका १० को घाटाखोला र बेल्टारी सामुदायिक बनमा आठ हजार बृक्षारोपण गरिएको छ । राष्ट्रिय बृक्षारोपण दिवसको अबसरमा आईतबार सामुदायिक बनका उपभोक्ताहरुले बन क्षेत्रमा इपिइलिपि, किम्बु, चिउरी, खरी, तेजपत्ता, लब्सी, पैयु लगायत ८ हजार बृक्षारोपण गरिएको डिभिजन बन कार्यलय अर्घाखाँचीका प्रमुख शिब प्रसाद शर्माले बताउनु भयो । कामीडाडा, घाटाखोला , लगायतका क्षेत्रमा सामुदायिक बनका एक सय ८० जना उपभोक्ताहरुले बृक्षारोपण गरेको सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष नारायण भट्टराइले जानकारी दिनु भयो ।

बृक्षारोपण कार्यक्रममा डिभिजन बन कार्यलयका प्रमुख शिब प्रसाद शर्मा, सहायक बन अधिकृत अनिल महतो, मोती प्रसाद पौडेल, शिला पोख्रेल, सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष रामचन्द्र पोख्रेल, वडा सदस्य ऋषिकेस भुसाल, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतको उपस्थितिमा बृक्षारोपण गरिएको छ । बृक्षारोपण कार्यक्रम सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष नारायण भट्टराइको अध्यक्षतामा सम्पन्न भएको हो ।







पछिल्लाे २४ घण्टामा थपिए ४६३ सङ्क्रमित
असार १४, काठमाण्डाै – नेपालमा आइतबार कोरोना भाइरसका चार सय ६३ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालामा भएको परीक्षणमा चार सय ६३ जनामा सङ्क्रमण देखिएकाे हो । आज थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार सात सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । आजसम्म ११ हजार दुई सय ९८ जना पुरुष र एक हजार चार सय ७४ जना महिलामा सङ्क्रमण देखिएको छ ।
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा चार हजार नाै सय ६२ गरी आजसम्म दुई लाख १५ हजार आठ सय ३९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घण्टामा दुई हजार सात सय ३२ गरी आजसम्म दुई लाख ९६ हजार सात सय ६६ जनाको परीक्षण भएको छ । देशभरिका विभिन्न क्वरेण्टीनमा ६१ हजार सात सय ३१ जना रहेका छन् । यस्तै नाै हजार सात सय ३१ जनाकाे विभिन्न अस्पतालकाेआइसोलेशनमा उपचार भइरहेको छ । आइतबारसम्म तीन हजार १३ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा काेराेना सङ्क्रमणकाे कारण अहिलेसम्म २८ जनाकाे ज्यान गएकाे छ ।