ज्योती लाइफ अर्घाखाँचीद्धारा छत्रदेवका कृषक मुखियालाई आर्थिक सहयोग

श्याम घिमिरे,
जेठ २७ अर्घाखाँची

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालीका वडानं. ६ जरेखोलाका कृषक मोहन मुखियालाई ज्योती लाइफ ईन्स्योरेन्स अर्घाखाँचीले आर्थिक सहयोग गरेको छ । गत जेठ २३ गते राती अविरल बर्षाका कारण घर नजिकै रहेको कच्ची गोठ भत्किदा मुखियाको लाखौँ रुपैया बराबरको क्षती भएको थियो । वर्षाका कारण उनको एउटा भैसी र दुई ओटा दुहुना गाई मरेका थिए भने त्यो भन्दा पहिल्यै एउटा भैसी पनि मरेको थियो । यस्तै दुध विक्रीका लागी सन्धिखर्क गएको समयमा उनको एउटा मोटरसाईकल समेत आफै जलेर नष्ट भएको थियो ।

कृषक मुखियालाई संकटको बेला थोरै भएपनि सहयोग गरौ भन्ने उद्धेश्यले २० हजार ९ सय १६ रुपैयाँ आफुहरुले सहयोग गरेको ज्योती लाइफ ईन्स्योरेन्स अर्घाखाँची शाखा प्रमुख कृष्ण खनालले बताउनुभयो । एजेन्सी र यड्भ्वाइजरहरुले संयुक्तरुपमा संकलन गरेको उक्त रकम सोही वडाका वडाअध्यक्ष कमल पौडेलले एक कार्यक्रमका बिच कृषक मुखियालाई हस्तान्तरण गर्नुभएको हो ।

Advertisement

अर्घाखाँचीका कोरोना संक्रमितलाई हटारीको आईसोलेशनमा राखीयो ।

श्याम घिमिरे
जेठ २७ अर्घाखाँची –

अर्घाखाँचीमा सोमबार मात्रै कोराना पोजेटिभ देखिएका ३१ जना मध्ये ३० जनालाई सन्धिखर्कमा रहेको आईसोलेशनमा राखीएको छ । यस्तै सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक भने आफ्नै निवासमा आईसोलेशनमा बस्नु भएको छ ।

संक्रमित मध्ये सन्धिखर्क नगरपालिकाका २९ जना, शितगंगा नगरपालीका १ जना र पाणिनी गाउँपालिकाका १ जना गरी जम्मा ३० जनालाई सोमबार साँझनै सन्धिखर्कको हटारीनेटामा रहेको आईसोलेशन कक्षमा राखीएको हो। उनीहरु भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । यस अघि जिल्लाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा भुमिकास्थान नगरपालिकाका एक जना संक्रमित पुरुषको भने मृत्यु भईसकेको छ ।

चार जना संक्रमितको सन्धिखर्कको हटारीनेटामा रहेको आइसोलेशनमा उपचार भइरहेको छ । अर्घाखाँचीमा कोरोना संंक्रमितको संख्या ३६ पुगेको छ । उनिहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेकोे छ । उनिहरु तिसै जना भारतबाट आउदा भुमिकास्थानका मृतकको सम्पर्कमा आएका थिए ।

नेकपा मसाल र राजमोद्धारा एमसीसी विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र

गोपाल भट्टराई जेठ २७ अर्घाखाँची – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजको माग गर्दै नेकपा मसाल र राष्ट्रिय जनमोर्चाले सोमबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ । एमसीसी देश र जनताको हित बिपरित आएको ठहर गर्दै देशब्यापी सबै जिल्लाबाट ज्ञापनपत्र बुझाउने तय भएबमोजिम अर्घाखाँचीमा पनि प्रमुखजिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको हो । सम्झौता खारेज नभएमा नेपाली भुमिमा अमेरिकी सेना परेड खेल्ने स्थिति आउने भन्दै उनिहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल र राजमो जिल्ला अध्यक्ष थम्मन के.सी.द्धारा हस्ताक्षरित ज्ञापनपत्र उहाँहरु सहित राजमोका नेताहरु शेर बहादुर बि.सी.,झविलाल थापा र बाबुराम पन्थीको सहभागितामा प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको राजमोका नेता कमल प्रसाद भुसालले जानकारी दिनुभएको छ । नेपालको राष्ट्रियता नै धरापमा राखेर नेपाली जनताले एमसीसी स्विकार गर्न नसक्ने भन्दै मसाल र राजमोले सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराएको हो । ज्ञापनपत्रमा देश बेच्ने अधिकार कसैको नभएको,अमेरिकी सैन्य गठबन्धन तथा बैदेशिक हस्तक्षेप सहिय नभएको र एमसीसी कुनै हालतमा खारेज गर्नुपर्ने उल्लेख गरिएको छ ।

अर्घाखाँची उद्योग बाणिज्य संघद्वारा प्रहरी नायव उपरिक्षक बुढाथोकीलाई स्वागत

हिम बहादुर जिसी लेकाली  अर्घाखाँची २७ जेठ – अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा लक डाउनकाे बेला पनि सामाजिक दुरि कायम गर्दै सोमबार अर्घाखाँची उद्योग बाणिज्य संघले  प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीलाई स्वागत गरेकाेछ । उद्योग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष श्रेष्ठले सबैकाे तर्फबाट खादा ओडाएर प्रनाउलाई स्वागत तथा सम्मान ब्यक्त गर्नु भएको थियाे । प्रनाउ बुढाथोकी यहि जेठ २२ गते महाेत्तरीबाट जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सरूवा भई आउनु भएको हाे ।

काेषाध्यक्ष तुल्सिराम खनालकाे सन्चालन र वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसालकाे स्वागतमा भएकाे कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले प्रनाउ बुढाथोकीकाे सफल कार्यकालकाे शुभकामना ब्यक्त गर्दै काेराेनाकाे महामारिमा सबैले उच्च सतर्कताका साथ काम गर्नु पर्ने बताउनु भयाे ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले याे गम्भीर बेलामा पनि सम्झिएर स्वागत गरेकाेमा संस्था प्रति आभार तथा कृतज्ञता ब्यक्त गर्नु भएको थियाे । उहाँले काेभिट १९ काे बेला गरिएकाे लकडाउनकाे परिपालन गर्न र सबै शुरक्षित रहि कामकाज गर्न अनुराेध गर्नु भयाे ।कार्यक्रममा उद्योग बाणिज्य संघका पदाधिकारीहरू, बिषयगत समितिका अध्यक्षहरू, पत्रकार समेतकाे उपस्थिति रहेकाे थियाे ।

चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

जेठ २७, २०७७ काठमाडौं : चितवनमा एकजना कोरोना संक्रमितको मुत्यु भएको छ। भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ। ती पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि नारायणी सामुदायिक अस्पतालको आइसियुमा उपचार गराइरहेका ती पुरुषको कोरोनो पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालको आइसियुमा सारिएको थियो । उनमा मुट र निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनको ट्राभल हिस्ट्री भने अहिलेसम्म खुलाइएको छैन।