सन्धिखर्क एफएम
जेठ २८ अर्घाखाँची-
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल आइसोलेशनमा रहेका व्यक्तिहरुको अबस्था बुझन् बुधबार रबि चित्र जनता युबाबर्ष माबि हटारी पुगेका छन । कोरोना पोजेटिभ देखिएपछि आईसोलेशनमा बसेका व्यक्तिहरुको बसाई लगायतको अबस्था बुझन प्रजिअ पौडेल आईसोलेशन स्थानमा पुगेका हुन । हटारीमा ३४ जना कोरोना संक्रमित व्यक्तिहरु आईसोलेशमा रहेका छन । यस्तै जिल्लामा हाल सम्म देखिएका ३६ जना संक्रमित मध्ये १ जनाको मृत्यु भैसकेको छ भने सन्धिखर्क नगर उपप्रमुख आफ्नै निबासमा होम आईसोलेशनमा बसेका छन । हाल उनीहरुको स्वास्थ्थ अबस्था सामान्य रहेको छ ।
यसैबिच पौडेलले जिल्लामा थप संक्रमितको संख्या बढ्न सक्ने भन्दै संक्रमितहरु राख्नकोलागी सन्धिखर्कमा रहेको अर्घाखाँची आबासिय माबी , मथुरामा रहेको सिटिइभिटी कलेज र शारदा माबी ढिकुरमा थप आइसोलेशन सेन्टर बनाउन बिभिन्न निकायहरुसंग छलफल समेत चलाइएको बताए ।