सन्धिखर्क एफएम असार २ अर्घाखाँची –
नेपाली काँग्रेस अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारि बिजयराज पौडेल मार्फत प्रधानमन्त्रीलाई कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै ज्ञापनपत्र बुझाएको छ । ज्ञापन पत्रमा काग्रेसले क्वरेन्टीन मापदण्ड अनुरुप निर्माण नगरिएको र उनिहरु कोरोना संक्रमणको कारखानाको रुपमा परिणत भएको उल्लेख गरेको छ । त्यस्तै जनशक्ती र स्वास्थ्य सामग्रीको अभाव देखाएर पिसिआर परिक्षणको दायरा वढाउन नसक्नुले संक्रमणको जोखिमलाई वढाउन सरकारनै लागी परेको आरोप लागाएको छ ।

काँग्रेसले वन्दावन्दीका कारण उच्च जोखिममा परेकाहरुलाई आबश्यक राहातका कार्यक्रम नल्याएको भन्दै सरकारको ध्यान आर्कषण समेत गरेको छ । विभिन्न तहका परिक्षाको तयारीमा रहेका विद्यार्थीहरुको सन्दर्भमा सरकार अनिर्णयको वन्दी भएको समेत वताएको छ । विषम परिस्थितिमा समेत सरकार भष्टचार र अनियमिततामा लागि परेको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

यस्तै काँग्रेसले अर्घाखाँचीमा केहि स्थानीय तहले राहत वितरणमा समेत पक्षपात गरेको जनाएको छ । केन्द्रीय सरकार मार्फत प्राप्त स्वास्थ्य सामग्रीमा राजनितिक करण गरी व्यक्ती विशेषको आरधना गरीनु निर्लज्जाको विषय भएको बताएको छ । त्यस्तै काँग्रेसले स्थानीय तहलाई अधिकार सम्पन्न वनाउनु भन्दा पनि अधिकारनै काटौटी गरी कमजोर वनाउन लागी परेको आरोप पनि लागाएको छ । काँग्रेस जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान सहितका पदाधिकारी, सदस्य, बिभिन्न भातृ सगठनका प्रमुखहरुको उपस्थितिमा ज्ञापनपत्र बुझाईएको हो । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले आजनै प्रधानमन्त्री कार्यलयमा पठाईने जानकारी दिएको नेबि संघका जिल्ला अध्यक्ष भरत भट्टराईले जानकारी दिए ।
