पत्रकार र प्रहरीको सम्बन्ध नङ र मासु जस्तै रहेको छ –प्रहरी प्रमुख बुढाथोकी


श्याम घिमिरे
असार ९ अर्घाखाँची –

अर्घाखाँचीमा भर्खर मात्र सरुवा भै आउनुभएका प्रहरी प्रमुख माधव बुढाथोकीले पत्रकार र प्रहरी बीचको सम्बन्ध नङ र मासुको जस्तो भएको बताउनु भएको छ । बुढाथोकीले जिल्लामा हुने शान्तिसुरक्षा, अपराध नियन्त्रण, आत्महत्या, लैगिंक हिंसा, झैझगडा,सामाजीक अपराध लगायतका बिषयबस्तु अन्त्य गर्न पत्रकारसंग सहकार्य गरेर अगाडी बढ्ने बताउ भएको हो । जिल्लामा क्रियाशिल पत्रकारहरु संग मंगलबार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा भएको परीचयात्मक कार्यक्रममा बुढाथोकीले सवैको सहयोगमा अपराध न्यूनिकरण गर्न सकिने बिस्वास समेत व्यक्त गर्नुभयो ।

केही दिन अघि मात्र अर्घाखाँची आउनुभएका डिएसपी बुढाथोकीले विधिको शासन कायम गर्नका लाागि आफु प्रतिवद्ध रहेको भन्दै यसका लागि सवै पक्षको साथको अपेक्षा गरेको बताउनुभयो । यस्तै बुढाथोकीले आफु जिल्लामा रहुन्जेल पूर्वाग्रह बिना कामगर्नेमा प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको कार्यक्रममा सहभागीहरुले जिल्लामा भएका शान्तिसुरक्षा लगायत बिबिध बिषयमा छलफल समेत गरेका थिए । कार्यक्रम प्रहरी निरीक्षक रामनारायण मण्डलको सञ्चालनमा सम्पन्न भएको हो ।

Advertisement