जेठ २४,काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार दुई सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप तीन सय २३ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शनिबार सङ्क्रमित भएकामा दुई सय ८६ जना पुरूष र ३७ जना महिला छन् ।
देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरूमा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । त्यस्तै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ ।डोल्पाका ५८ वर्षीय पुरूष र धनगढीकी ५५ वर्षीया महिलामा मृत्यु भइसकेपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोना सङ्क्रमणलई जितेर शनिबार थप ३२ जना घर फर्केका छन्।