श्याम घिमिरे
अर्घाखाँची, ३० जेठ-
अर्घाखाँची जिल्लामा थप एक जनामा कोरोना संक्रमणकोे पुष्टि भएको छ । शितगंगा नगरपालिकाको एक क्वरेन्टीनमा बसेका १९ वर्षका एक पुरुषमा सुक्रबार कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिजय बिकले जानकारी दिनुभयो । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको बिकले बताउनुभयो । संक्रमित युवाको आरडिटी पोजेटिभ आएपछि नमुना संकलन गरेर पिसीआर परिक्षणका लागी स्वाब पठाईएको थियो । संक्रमित भारतबाट आई क्वरेन्टीनमा बसेका थिए । यो सहित अर्घाखाँचीमा संक्रमितको संख्या ३८ पुगेको छ ।
Day: June 12, 2020
एकैदिन ४४८ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ५ हजार ६२ पुग्यो
काठमाण्डौ जेठ ३०, शुक्रबार -नेपालमा बितेको २४ घण्टामा २४ महिलासहित ४४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । यतिधेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । योसँगगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५ हजार ६२ पुगेको छ । जसमा पुरुष ४ हजार ७०९ र महिला ३५३ रहेका छन् ।