ढिकुराका क्वारेन्टाईनमा मास्क लगायतका सुरक्षा सामाग्रि वितरण

बिन्दु घिमिरे जेठ २२ अर्घाखाँची – भूमिकास्थान नगरपालिका वडा नम्बर–९ ढिकुराका क्वारेन्टाईनमा मास्क लगायतका सुरक्षा सामाग्रि वितरण गरिएको छ । कोरोना महामारीका बेला क्वारेन्टाईमा बसेकाहरुको पुर्ण सुरक्षालाई मध्यनजर गर्दै अर्घाखाँची–ढिकुरा–रुपन्देही समाजको नेतृत्वमा मास्क, स्यानिटाईजर, ग्लब्स र सुरक्षकर्मीलाई हेल्मेट वितरण गरिएको हो । शुभश्री मेडिकल हल एण्ड ह्युमन हेल्थ ल्याब्रोटरी बुटवलका म्यानेजिङ्ग डाईरेक्टर डिलबहादुर बिन्दु थापा, ल्याब्रोटरीका मार्केटिङ प्रमुख बालकृष्ण कार्की, ल्याब प्रमुख बिनोद रावल र बुटवल हस्पिटलका बरिष्ठ डाक्टर नन्दु पाठकको सहयोगमा भुमिकास्थान–९ ढिकुराका आठ वटा स्थानमा रहेका क्वारेन्टाईन स्थलमा बसेका व्यक्तीहरुलाई वितरण गरिएको हो ।

शारदा मावी तल्लो र उपल्लो, थानपती आवी, जयन्ती आवी, विरभद्र आवी, जन्मभुमी आवी दिपेन्द्र आवी, सिद्दगुफा आवी र देउराली आवीमा रहेका १ सय ४५ जना लाई मास्क, स्यानिटाईजर, ग्लब्स वितरण गरिएको अर्घाखाँची–ढिकुरा–रुपन्देही समाजका सचिव गोबिन्द पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष नारायण प्रसाद खनाल, वडा सदस्य देबि प्रसाद पोख्रेल, वडा सचिव तुल्सि पोख्रेलअर्घाखाँची–ढिकुरा–रुपन्देही समाजका उपाध्यक्ष गोविन्द घिमिरे, शिक्षक दिपक खासु, महिला स्वयंसेविका र हल्वलदार गरीब लाल चौधरी लागायतको उपस्थितीमा सामाग्रि वितरण गरिएको हो । शुभश्री मेडिकल हल एण्ड ह्युमन हेल्थ ल्याब्रोटरीका प्रमुख डिल बहादुर थापा बिन्दुले ९०० मास्क र १०० वटा सुरक्षा हेल्मेट, डाक्टर नन्दु पाठकले २०० मास्क, ढिकुरा रुपन्देही समाजले ७०० मास्क र बालकृष्ण कार्किको तर्फ बाट ५०० लिटर स्यानिटाइजर सौजन्य गर्नुभएको हो ।

शितगंगामा एक युबकमा कोराना पोजिटिभ देखिए संगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

श्याम घिमिरे जेठ २२ अर्घाखाँची –
अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । बिहिवार थप एक जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टी भएसंगै कोरोना संक्रमितको संख्या ४ पुगेको हो । भारतबाट आएका शितगंगा नगरपालिकाको वडा नम्बर–६ का एक जनामा कोरोना पोजेटिभ देखिएको हो । उनको क्वरेन्टीनमा बसेको २१ दिनपछी पिसीआर जाचँ गरिएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा शितगंगा–५ का ३६ वर्षीय युवामा कोरोना पोजेटिभ पुष्टी भएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो ।


संक्रमित युवालाई सन्धिखर्क स्थित हटारीनेटाको आईसोलेशनमा ल्याईएको छ । यसअघि अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर–८ पालीको कमला मावि क्वरेन्टीनमा रहेका दुई जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमित दुई जनालाई पनी सोही आईसोलेशनमै राखिएको छ । संक्रमित तिनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको गौतमले बताउनु भयो । यसअघि भुमिकास्थान–९ का एक युबकको भारतबाट स्वदेश फर्कने क्रममा मृत्यु भएको थियो ।

अर्घाखाँचीमा बिहिबार सम्म भारतबाट आउनेको संख्या ४ हजार ५ सय २६ पुगेको छ । रोजगारीको सिलसिलामा भारत गएका नागरिकहरु कोरोनाको उच्च जोखिम भएसंगै धमाधम गृह जिल्ला फर्किन थालेका हुन् । जसमध्ये सन्धिखर्क नगरपालीकामा ६ सय २० जना, शितगंगा नगरपालीकामा १ हजार ९२ जना, भूमिकास्थान नगरपालीकामा ११ सय ८१ जना, छत्रदेव गाउँपालीकामा ३ सय ८१ जना, मालारानी गाउँपालीकामा ७ सय ४५ जना र पाणिनी गाँउपालीकामा ५ सय ७ जना रहेको सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभयो पछिल्लो दिन मात्रै ९९ जना भारतबाट आएकाहरुलाई बिभिन्न पालीकाले निर्माण गरेका क्वरेन्टीनमा राखीएको छ । जिल्लाका ६ स्थानियतहका १ सय ९४ स्थानमा ४ हजार ७ सय ४० बेड तयार गरिएको छ भने ३ स्थानमा ५१ बेड सहितको आईसोलेसन कक्षको समेत निर्माण गरीएको छ ।

जिल्लामा हालसम्म ४ सय ८९ जनाको स्वाब परिक्षणका लागी पठाईएकामा २ सय २५ जनाको रिपोर्ट आएको र त्यसमध्ये ४ जनालाई कोरोना संक्रमण पुष्टी भएको अर्घाखाँची अस्पताललेजनाएको छ । जिल्लामा बिहिवार सम्म ६ सय ८१ जनाको ¥यापिड टेस्ट (आरडिटी) गरिएकोमा ३१ जनाको रिपोट पोजेटिभ देखिएको हो ।

आज एकैदिन ३३४ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २ हजार ६३४ पुग्याे

जेठ २२, २०७७ – पछिल्लो २४ घण्टामा थप तीन सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित जानकारीका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप तीन सय ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यससँगै संक्रमितको संख्या दुइ हजार ६ सय ३४ पुगेको छ । डा. देवकोटाले दिएको जानकारी अनुसार संक्रमित हुनेमा दैलेखका एक सय १३, रौटहटका ६५, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५ सप्तरीका १३, बागलुङका १० जना रहेका छन् । आजै संक्रमित हुनेमा बाराका सात, धनुषाका ६, झापाका र बाराका पाँच–पाँच, पर्वतका चार, डोटी, खोटाङ, सर्लाही र महोत्तरीका तीन–तीन, मोरङका दुइ, ताप्लेजुङ, सिन्धुली, म्याग्दी, पर्सा, स्याङ्जा र मुगुका एक–एक जना रहेका छन् ।

आज सम्म क्वारेन्टाइनमा रहनेको संख्या एक लाख ६१ हजार दुइ ६२ रहेको छ । त्यसैगरी आइसोलनमा दुइ हजार तीन सय ३५ जना रहेका छन् । २४ घन्टामा डिस्चार्ज हुनेमा थप १२ जना रहेका छन् । यससंगै डिस्चार्ज हुनेको संख्या दुइ सय ९० रहेको छ । नारायणी अस्पतालबाट पाँच जना र कलैया अस्पतालबाट सात जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार आजसम्म नेपालमा दु्रत विधिबाट एक लाख २५ हजार पाँच सय ६४ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ८४ हजार एक सय ३४ परीक्षण गरिएका छन् ।