सामुदायिक ब्याडमिन्टन संघ र जिल्ला ब्याडमिन्टन संघ अर्घाखाँचीद्धारा प्रहरी प्रमुखलाई स्वागत


श्याम घिमिरे
असार ७ अर्घाखाँची-
सामुदायिक ब्याडमिन्टन संघ र जिल्ला ब्याडमिन्टन संघ अर्घाखाँचीले जिल्लामा भर्खरैमात्र सरुवा भई आउनुभएका प्रहरी नायव उपरीक्षक माधब प्रसाद बुढाथोकीलाई आईतवार संयुक्त रुपमा एक कार्यक्रमका बिच स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा मनतब्य राख्दै प्रहरी प्रमुख बुढाथोकीले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आफुले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । उहाँले प्रहरी नागरिकसंग प्रगाढ सम्वन्ध स्थापित गरेर काम गर्न चाहेको भन्दै सम्पूर्ण जिल्लाबासीको सहयोगमा आफुले काम गर्ने बताउनु भयो ।


प्रहरी प्रमुख बुढाथोकीलाई सामुदायिक ब्याडमिन्टन संघका का.बा अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठ, जिल्ला ब्याडमिन्टन संघ अर्घाखाँचीका अध्यक्ष ज्ञानेन्द्र घिमिरे, कृष्णप्रसाद भुसाल ,बिष्णु परीयार लगायतले सफल कार्यकालको शुभकामना सहीत स्वागत गर्नुभएको थियो ।।

छैठौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा कोरोना संक्रमितलाई जडिबुटि औषधि बितरण ।


श्याम घिमिरे असार ७ अर्घाखाँची-
छैठौं अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर पतञ्जली योग समिति अर्घाखाँचीले सन्धिखर्क नगरपालिका वडानम्वर १ को युवाबर्ष जनता रविचित्र मा.बि.हटारीनेटाको आईसोलेशनमा रहेका ३२ जना कोरोना संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने गुर्जो लगायतका जडीबुटीहरु त्था सप्तवुटीहरु र डावर नेपालको जडिबुटीबाट बनेको चेवनपरास वितरण गरेको छ ।

बितरण कार्यक्रममा सन्धिखर्क नगरपालीकाका नगरप्रमुख कमलप्रसाद भुसाल ,प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल ,अर्घाखाँची अस्पतालका प्रमुख डा .कपिल गौतम, अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष युबराज श्रेष्ठ ,अर्घाखाँची शिक्षा क्याम्पसका प्रमुख श्रीकृष्ण भुसाल ,सोही बिद्यालयका प्र.अ.टेकराज आचार्य, पतञ्जली योग समितिका केन्द्रीय सदस्य शान्ता खत्री, जिल्ला अध्यक्ष प्रेमनारायण पोख्रेल लगायत पतञ्जली योग समिति पदाधिकारीहरुको उपस्थिती रहेको पतञ्जली योगका युबा प्रभारी एवं सनपा १ का वडासदस्य लक्ष्मण पराजुलीले जानकारी दिनु भएको छ ।

अर्घाखाँचीका ७४ सहित थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमित स‌ंख्या ९ हजार कट्यो

७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या नौ हजार २६ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ–कहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै अर्घाखाँचीमा ७४ संक्रमित थपिएका छन् । यस्तै, सिराहाका ५२ जना, डडेलधुराका ४१, डोटी र कैलालीका २७/२७ जना, कपिलवस्तुका २५, बाग्लुङका २३, नवलपरासीका २२, प्युठानका २० तथा स्याङ्जा र दाङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, धनुषाका ८ जना, गुल्मीका ७, झापा र सल्यानका ६/६ जना, उदयपुर, सर्लाहीका ५/५ जना, पाल्पा, म्याग्दी, तनहुँ र रोल्पा ४/४ जना, बारा र बर्दियाका ३/३  जना, मोरङ, सुनसरी, महोत्तरी, सप्तरी, सुर्खेत, अछाम, बैतडी, बझाङ, रुपन्देही, नवलपुर र पर्वतका २/२ मा संक्रमण पुष्टि भएको छ  । यस्तै, ललितपुरसहित नुवाकोट, रामेछाप, कास्की, मुस्ताङ, बाँके, दैलेख र कञ्चनपुरमा १/१ जना कोरोना संक्रमित थपिएका छन् ।

source:onlinekhabar.com

खण्डग्रास सूर्यग्रहण सुरु, ग्रहणको अवधि तीन घण्टा ३३ मिनेट

असार ७,काठमाण्डौ​- खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । बिहान १० बजेर ५० मिनेटमा ग्रहण सुरु भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दिउँसो १२ बजेर ३८ मिनेटमा ग्रहणको मध्य र २ बजेर २३ मिनेटमा ग्रहणले मोक्ष प्राप्त गर्नेछ । आजको सूर्यग्रहण विश्वका केही भागबाट पुरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात् खण्डग्रास मात्र देखिने छ । नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिनेछ । सूर्यग्रहण नाङ्गो आँखाले नहेर्न खगोलविदको सुझाव छ । 

महिला नेतृ खनालद्धारा एक महिनाको भाडा छुट ।


सन्धिखर्क एफएम
असार ६ अर्घाखाँची-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सन्धिखर्क नगरकमीटी सदस्य तथा प्रचारप्रसार विभाग उपप्रमुख एवं कल्याणी सेवा नेपालकी सह–सचिव कमला खनाल भण्डारीले गत २०७६चैत्र महिनाको कोठा भाडा नलिने घोषणा गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस र लकडाउनका कारण कोठाभाडा गरी बस्ने व्यक्तिलाई समेत प्रभाब पारेको भन्दै खनालले एक महिनाको कोठाभाडा नलिने घोषणा गर्नुभएको हो ।

सन्धिखर्क नगरपालिका वडानम्बर १ को मञ्चलाईनमा रहेको खनालको घरमा बस्ने सबैको एक महिनाको भाडा बराबरको रकम नलिने उहाँले जानकारी दिनुभयो । । आठ वटा कोठा र एउटा सटरको एक महिनाको करिब २० हजार भाडा छुटगरेको खनालकोे भनाई छ । भाडामा बस्नेहरुलाइ थोरै भएपनि राहत होस भनेर यस्तो निर्णय गरेको उहाँले बताउनु भयो । भाडा छुटले केही मात्रमा भएपनि राहत महसुस गरीएको भाडामा बस्नेको भनाई छ ।