क्वारेन्टिनमा बसेका व्यक्तिको स्वाव परीक्षण तत्काल गर्न काँग्रेस अर्घाखाँचीको ध्यानाकषर्ण

घनश्याम पौडेल
अर्घाखाँची, १८ ज्येष्ठ । नेपाली काँग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले क्वारेन्टिनमा बसेका व्यक्तिको स्वाव परीक्षण तत्काल गर्ने व्यवस्था गर्न ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले एक विज्ञप्ती जारी गर्दै अर्घाखाँची जिल्लामा २ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको र १ जनाको मृत्यु पश्चात कोरोना पोजेटिभ पुष्टि भएको अवस्था छ, जिल्लाका जनप्रतिनिधीले तत् निकायमा अबिलम्ब पहल कदमी लिई क्वारेन्टिनमा रहेका व्यक्तिहरु, अग्रभागमा रहेर काम गर्ने स्वास्थ्य तथा सुरक्षाकर्मीहरु, जनप्रतिनिधीहरु र सरोकारवाला सबैको स्वाव परीक्षण शिघ्रातीशिघ्र गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा लेखिएको छ, कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा व्यवस्थापन कार्यमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको निर्देशिका बमोजिम अहोरात्र खट्ने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधीहरु, राष्टसेवक कर्मचारी, संचारकर्मी, एम्बुलेन्स चालक, उद्योगी व्यपारी, राजनीतिक दलका स्थानीय समतिहिरु, सहयोगी मनहरु तथा सर्वसाधरण सबैमा लकडाउन पालना गर्न गरेको बिशिष्ट योगदानको लागि धन्यवाद काँग्रेसले दिएको छ ।

भारत लगायत नेपालका विभिन्न स्थानबाट आएका दिदीबहिनी तथा दाजुभाईहरु यतिखेर स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिनमा रहनु भएको छ । जनता प्रतिको जवाफदेहीता र आफ्नो कर्तव्यलाई पूर्ण रुपमा पालना गरी यथोचित प्रबन्ध गरी सीमा नाकाबाट नेपाल ल्याई आ–आफ्नो गाँउठाउँमा उचित व्यवस्थापन गर्ने सबै जनप्रतिनिधीहरुको हामी मुक्तकण्ठले प्रसंशा काँग्रेसले गरेको छ । क्वारेन्टिनमा बसेका व्यक्तिहरुलाई उचित व्यवस्थापन गर्दै मापदण्ड पुरा गरेका व्यक्तिको तत्तकाल स्वाव परीक्षण गर्ने कार्यमा केन्द्र तथा प्रदेश सरकारको उदासिनता प्रति हाम्रो गम्भिर ध्यानाकर्षण गराएको छ ।

अउचित समयमा नै यसको बन्दोबस्त नभए अर्घाखाँचीमा रहेका स्थानीय सरकारले आपसी सहमतीमा स्वाव परीक्षण गर्ने कार्यको लागि आवश्यक पर्ने बन्दोबस्तीका उपकरण व्यवस्थापन गर्न अनुरोध गर्दछौ । पछिल्लो समयमा कतिपय जनताका प्रतिनिधिले यो विपदमा खेल्नु पर्ने सकरात्मक भूमिकामा कमी भएको महशुस भएको छ ।

पार्टीका सबै तहका साथीहरुले यो महामारीलाई नियन्त्रण र व्यवस्थापन गर्ने कार्यमा जसरी विगतमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भयो त्यसै गरी आउदा दिनहरुमा पनि अझ बढि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । सबै आ–आफ्नो ठाँउमा सचेत भई सावधानिक पूर्वक कोभिड–१९ लाई परास्त गर्ने कार्यमा निरन्तर लागि परौं, लकडाउनको पालना गरौं । भन्दै मुस्कानले विज्ञप्ती जारी गरेका छन ।

अर्घाखाँचीमा कोरोना त्रासले यसरी गरियो हरियो तरकारी नस्ट

अर्घाखाँची, १८ ज्येष्ठ । अर्घाखाँची जिल्लामा कपिवस्तुबाट ल्याईएको तरकारी नष्ट गरिएको छ । छिमेकी कोरोना संक्रमित जिल्लाबाट तरकारी ल्याउँन नपाईने निर्णय गरेतापनि तरकारी आएपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नष्ट गरेको छ। सन्धिखर्ककको फोहोर फाल्ने ठाउँमा लगेर प्रहरीले तरकारी नष्ट गरेको हो ।

सन्धिखर्कमा तरकारी तथा फलफुल विक्रीवितरण गर्दै आइरहेको पुस्पा स्टोरका सञ्चालक किशोर बानियाँले छिमेकी जिल्ला कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. १० बाट बिक्रीवितरण को लागि ल्याइएको हरियो तरकारीहरु बोडि, करेला, लौका, घिरौला, भेन्डी टमाटर र खुर्सानीहरु प्रशासनको इजाजत बिना ल्याइएको र हरियो तरकारीमा कोरोना संक्रमण हुन सक्ने भन्दै प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक प्रकाश खत्रीले बताए । सदरमुकामको डम्पिङसाइडमा तरकारी नष्ट गरिएको हो । अर्घाखाँचीमा खाद्यान्न तथा विकास निर्माणमा प्रयोग हुने सामाग्रीहरु भने चालक र सहचालक मात्रै आवातजावतमा ल्याईएको छ ।

यसैबिच जिल्लामा कपिलस्तुबाट ल्याईएको तरकारी नष्ट गरिएपछि सामाजिक सन्जालमा चर्को आलोचना समेत भएको छ ।source:hindukhabar

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ५६७ पुग्यो, आजमात्रै १६६ थपिए

जेठ १८, काठमाण्डौ – आइतबार एकैदिन एक सय ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार सबैभन्दा धेरै राैतहटमा २९ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै सल्यानमा २५, धनुषामा २१, कालीकाेटमा र दैलैखमा १८/१८ जनामा काेराेना पुष्टि भएकाे हाे । 

त्यस्तै सप्तरीका १२, सर्लाहीका १०, बाँकेका आठ, पर्सा र कपिलवस्तुका पाँच/पाँच, झापामा चार, बाजुरा र कैलालीमा तीन/तीन जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।स्याङ्जामा दुई, तनहुँ, माेरङ र सुर्खेतमा एक/एक जना थपिएका हुन् । 

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १५६७ पुगेको छ । आज एक जना सङ्क्रमित डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या २२० भएको छ । कोरोना सङ्क्रमणबाट अहिलेसम्म आठ जनाको ज्यान गएको छ 

अर्घाखाँचीमा १ सय ७० क्वरेन्टीनमा ३८ सय भन्दा धेरै


श्याम घिमिरे
जेठ १८ अर्घाखाँची –
रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु यतिबेला जिल्ला भित्रिरहेका छन् । जिल्लामा भारतबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । भारत लगायत अन्य स्थानबाट आएका सबैलाई सम्बन्धीत पालिकाले निर्माण गरेको क्वरेन्टीनमा राखिएकोे छ । जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका बिभिन्न १ सय ७० स्थानका क्वरेन्टीनमा आईतवार अपरान्ह ५ बजेसम्म ३ हजार ८ सय ४ जना व्यक्तिहरु रहेको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभएको छ ।

जसमध्ये सन्धिखर्क नगरपालीकामा ५५३ जना, शितगंगा नगरपालीकामा ९०३ जना, भूमिकास्थान नगरपालीकामा १०२७ जना, छत्रदेव गाउँपालीकामा २८५ जना, मालारानी गाउँपालीकामा ६६३ जना र पाणिनी गाँउपालीकामा ३७३ जना रहेको सहायक प्रजिअ खनालले जानकारी दिनुभयो । अर्घाखाँचीका स्थानीय तहहरूले निरन्तर क्वरेन्टीनको संख्या बढाउदै गएको र त्यसमा बस्नेहरुको संख्या पनि बढ्दो रहेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको भनाई रहेको छ । अधिकांस क्वरेन्टीनमा भारतबाट आएका मानिसहरु नै बसेको जनाईएको छ ।

हाल सम्म सन्धिखर्क नगरपालीकामा १७, शितगंगा नगरपालीकामा ५५, भूमिकास्थान नगरपालीकामा ३७, छत्रदेव गाउँपालीकामा १७, मालारानी गाउँपालीकामा २१ र पाणिनी गाँउपालीकामा २३ गरी कुल १ सय ७० स्थानमा क्वरेन्टीनको निर्माण गरीएको सहायक प्रजिअ बिक्रम थापाले जानकारी दिनुभयो । पछिल्लो दिन मात्रै ३६४ जना भारतबाट आएकाहरुलाई बिभिन्न पालीकाले निर्माण गरेका क्वरेन्टीनमा राखीएको छ । जिल्लाभर १ सय १७० स्थानका क्वरेन्टीनमा ३८ सय ९४ वटा बेड रहेको जनाईएको छ ।

यता बुधबार मात्रै पाणिनी गाउँपालिका ८ को क्वरेन्टीनमा रहेका दुई जना कोरोना संक्रमितलाई सन्धिखर्क नगरपालीका १ को हटारीनेटामा निर्माण गरीएको आइसोलेशन कक्षमा राखिएको छ । उनिहरु दुबैको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।

गुल्मीमा क्वरेन्टीनमा बसेका व्यक्तिद्वारा आत्महत्या

जेठ १८,गुल्मी – गुल्मीमा क्वरेन्टीनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका गरेका छन् । आत्महत्या गर्नेमा गुल्मीको छत्रकोट गाउँपालिका ४ का ५६ वर्षका चन्द्रबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभएको छ ।

 शनिवार भारतबाट घर फर्केका परियारलाई स्थानीय आदर्श माध्यमिक विद्यालयको क्वरेन्टीनमा राखिएको थियो । शनिवार बेलुका शाौचालय जान क्वरेन्टीनबाट बाहिर निस्किएका उनी ढिलोसम्म नफर्केपछि खोज्दै जाने क्रममा क्वारेन्टीन नजिकै रहेको रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए । आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन । प्रहरिले घटनास्थलमा लासजाँचको मुचुल्का गरेपछि मात्र पोष्टमार्टमका लागि आइतबार बिहान सदरमुकाम तम्घास ल्याइने प्रहरी उपरीक्षक खड्काले बताउनु भएको छ ।   source:ujyaaloonline