श्याम घिमिरे असार १६ अर्घाखाँची –
अर्घाखाँचीमा थप ८ जना कोरोना संक्रमित थपिएका छन । मंगलबार शितगंगा नगरपालिकामा ७ जना र सन्धिखर्क नगरपालीकामा १ जना गरी ८ जना न्याा संक्रमित थपिएका छन । यो संगै जिल्लामा संक्रमितको संख्या ३ सय ११ पुगेको छ । जसमा सन्धिखर्क नगरपालीकामा ४३ जना, शितगंगा नगरपालीकामा ६३ जना, भुमिकास्थान नगरपालिकामा ९७ जना ,मालारानि गाउँपालीकामा ६७ जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २७ जना गरी ३ सय ११ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
यस्तै मंगलवारमात्रै भुमिकास्थान नगरपालिकाका १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो संगै सन्धिखर्क नगरपालिकामा २९ जना, शितगंगा नगरपालिकामा १५,पाणिनी गाउँपालिकामा ५ र छत्रदेव गाउँपालिकामा १ जना गरि अर्घाखाँचीमा हाल सम्म ६८ जनाले कोरोनालाई जितेका छन भने भुमिकास्थान, शितगंगा र मालारानीका १÷१ जना गरी ३ जनाको ज्यान गईसकेको छ ।
यसैविच अर्घाखाँचीमा मंगलवारसम्म ८ हजार ८१ जना बिभिन्न क्वरेन्टीनमा रहेका छन् । गत जेठ महिनासम्म क्वरेन्टीनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेकोमा अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले ८ सय ८१ मा झरेको हो । मंगलवार मात्रै बिभिन्न पालीकाको क्वरेन्टीबाट ११८ जना डिस्चार्ज भएका छन् । यस्तै मंगलबार दिउँसो ३ बजेसम्ममा १५ जना बिभिन्न क्वरेन्टीनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वरेन्टीन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वरेन्टीनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन । सोमबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २४० जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
