अर्घाखाँचीमा झुन्डिएर आत्महत्या गरेका पुरूषमा कोरोना पुष्टि


असार ३, अर्घाखाँची –
झुन्डिएर आत्महत्या गरेका अर्घाखाँची शितगंगा नगरपालीका ५ गल्दा चित्रे बारीका ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । शितगंगा ५ को हरी माध्यमिक विद्यालयको क्वरेन्टीनमा बसेका ती पुरुषले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेका थिए । आरडिटी पोजेटिभ देखिएका उनीसहित तीनजना साथीहरू क्वारेन्टाइनमा बस्दै आएका थिए । रातिको समयमा सँगै सुतेका साथीहरूलाई थाहै नदिइ उनले स्कुलको पूर्वतर्फको रुखमा आफूले बिछाउँदै आएको तन्ना च्यातेर आत्महत्या गरेका थिए ।


उनी जेठ १० गते भारतबाट आएर स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेको १४ दिनपछि आरडिटी परीक्षण गरिएको थियो। उनको आरडिटीमा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि स्वाबको नमुना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । तर मृतकको पिसिआर रिपोर्ट नआएपछि शवलाई ब्यवस्थापन गर्न कठिन भएको थियो । ती पुरुषले आत्महत्या गरेपछि पिसिआर रिपोर्ट नआउँदासम्म शवलाई दिनभर प्रहरी, सेना र स्थानीयले कुरेर बसेका थिए । ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक बाबुराम बस्नेत नेतृत्वमा खटिएको प्रहरीको टोली र रामवाँण गुल्म ठाडाका प्रमुख ईश्वर काफ्लेको नेतृत्वको सेनाको टोलीले शव तारेपैरो फूलबारी सामुदायिक वनमा व्यवस्थापन गरेका छन् । मृतक पुरुष सहित अर्घाखाँचीमा बुधबार १ सय जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १५८ पुगेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

Advertisement

नगर उपप्रमुख बिक दश दिनमै कोरोनालाई जित्न सफल


श्याम घिमिरे असार ३ अर्घाखाँची-
सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख ठाकुर कुमार विक किशोरले दश दिनमै कोरोना भाईरसलाई परास्त गर्नुभएको छ । गत जेठ २६ गतेको रिपोर्ट अनुसार कोरोना भाईरस पोजेटिभ देखिनु भएका बिककोे बुधबार आएको पिसीआर रिपोर्ट नेगेटिभ आएको हो । उहाँ घरमै आईसोलेशनमा बस्नु भएको थियो । आईसोलेशनमा रहदा आफुले जडिबुटी सहित आबश्यक औषधि प्रयोग गरेको र चिकित्सकको परामर्श अनुसार कोरोनालाई परास्त गर्न सफल भएको उहाँको भनाई रहेको छ ।

अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका पुरुसको रुखमा पासो लगाएको अवस्थामा शव फेला

असार ३, अर्घाखाँची — शीतगंगा नगरपालिका–५ जलुकेको हरि माविको क्वारेन्टाइनमा एक व्यक्तिको पासो लगाएर झुन्डिएको अवस्थामा शव फेला परेको छ । ४५ वर्षीय देवबहादुर विक मृत भेटिएका हुन् । २५ दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका उनको आरडीटीमा पोजिटिभ रिपोर्ट आएको थियो । एउटै कोठामा बसेका ३ जना साथीलाई सुत्न लगाई विकले स्कुलपछाडिको रूखमा झुन्डिएर आत्महत्या गरेको वडाध्यक्ष कमल पौडेलले बताए । उनका अनुसार उनको पारिवारिक अवस्था दयनीय थिए । विकसँगै बसेका तीन जनामा पनि आरडीटी रिपोर्ट पोजिटिभ देखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।श्रोत पत्रकार विरेन्द्र केसी

अर्घाखाँची कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई


श्याम घिमिरे
३ असार, अर्घाखाँची –
कोभिड १९ का कारण नेपाल प्रहरी अन्यत्र स्थानहरुमा खटिनु पर्ने भएपछि अर्घाखाँची कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । यसअघिसम्म नेपाल प्रहरी कारागारको सुरक्षार्थ खटिँदै आएकोमा मंगलवारदेखि नेपाली सेना खटिएको हो ।

भारतबाट स्वदेश फर्किनेहरुको संख्या र क्वरेन्टीको संख्या वृद्धि भइरहेकाले नेपाल प्रहरीलाई क्वरेन्टीन लगायत अन्य सुरक्षाको क्षेत्रमा केन्द्रित हुन सहज होस भन्ने उद्देश्यले कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताउनुभयो । कोरोना महामारीको विशेष परिस्थितिलाई मध्यनजर गर्दे कारागारमा खटिएको नेपाल प्रहरीको टीमलाई अन्य कार्य र क्वरेन्टीनको सुरक्षामा परिचालन गर्नुपर्ने भएकोले नेपाली सेनालाई खटाउने निर्णय नेपाल सरकारले गरेको प्रजिअ पौडेलले बताउनुभयो ।


मंगलबारनै सन्धिखर्कमा रहेको नेपाली सेनाको रामबाँण गुल्मको एक टुकडी कारागार सुरक्षामा खटिएको गुल्मका प्रमुख सेनानी सुमन थापाले जानकारी दिनुभयो । अर्घाखाँची कारागारमा हाल ५३ जना पुरुष र ३ जना महिलाहरु गरी ५६ जना बन्दीहरु रहेको थापाले बताउनुभयो ।

होम आईशोलेसनमा सुरक्षीत बस्छु भन्नेलाई घर पठाउन सकिने मालारानीको निर्णय

नबिन केसी असार 
अर्घाखाँची । मालारानी गाउँपालिकाले कोरोना सक्रमित व्याक्तिहरुले मापदण्ड पुरा गरि होम आईशोलेसनमा बस्ने प्रतिबद्धता जनाएमा होम आईशोलेसनमा पठाउने निर्णय गरेको छ । तर घरमा मापदण्ड पुरा गर्न नसक्नेहरुलाई भने पालिकाले निर्माण गरेको आईशोलेसन कक्षमा राख्ने निर्णय गरेको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।
‘जनप्रतिनिधी वा अन्य कसैलाई कोरोना देखीयो भने होम आईशोलेसनमा बस्न सक्ने तर आम जनता भने होम आईसोलेसनमा नबसी सामुहिक आईशोलेसनमा बस्नुपर्ने बिभेदलाई अन्त्य गर्दै मापदण्ड पुरा गर्न सक्ने घरमा छुट्टै अल्गै कोठा, अलग ट्वाईलेट निर्माण गर्न सक्ने र कोरोनाको कुनै लक्षण नदेखिएकाहरुलाई घर पठाउन सक्ने गरि कार्यपालिकाले निर्णय गरेका छौ ।

तर नसकने सामुहिक परिबार भएकाहरुलाई पालिकाले निर्माण गरेका आईशोलेसनमा राख्ने छौ । ’ पछिल्लो समय निर्माण गरिएका आईशोलेसन मापदण्ड पुरा नहुने र संक्रमितहरुको स्वास्थ्य अबस्था छन बिग्रन सक्ने देखिएपछि मापदण्ड पुरा गर्न सक्नेहरुलाई मात्र होम क्वारेन्टाइननै उपयुक्त बिधी हुने पालिका अध्यक्ष आचार्यले बताए । ‘पछिल्लो समय सक्रमित व्याक्तिहरु आईशोलेशन कक्षबाट व्यास्थापन राम्रो नहुँदा भाग्ने गरेको दृष्टान्त हामि सँग छ ।

सामुहिक आईशोलेसनमा भन्दा घरमा मापदण्ड पुरा गर्न सक्ने र घरमै बस्ने चाहना भएकाहरुलाइे परिबारका सदस्यहरुले स्यार गर्ने र पौष्टीक खाना तथा तातोपानी घरेलु औषधी खुवाउने गर्दा छिटो कोरोना संक्रमण निकोहुन्छ जस्तो लाग्दछ । अर्घाखाँची जिल्लामा सोमबार १५ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । जसमा मालारानी गाउँपालिकाका वडा नं ४ का ३ जनालाई कोरोना पोजेटिभ देखिएको छ । उनिहरुलाई पालिकाले निर्माण गरेको सामुहिक आईशोलेसनमा राखिएको पालिका अध्यक्ष आचार्यले बताए ।