जेठ २८,अर्घाखाँची – मालारानी गाउँपालिकाको क्वरेण्टीनमा बसेर उपचारको लागि बुटबल गएर पर्कँदै गरेका एक पुरुषको मृत्यु भएको छ । मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वरेण्टीनमा बसेका ५७ वर्षीय पुरुषको उपचार गरी फर्कँर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनुभयो ।
भारतबाट आउनुभएका उहाँ क्वारेण्टीनमा बस्दै आउनुभएको थियो । घाटीको शल्यक्रियासमेत गर्नुभएका उहाँलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्क जानुभएको थियो । सन्धिखर्कमा सामान्य उपचारपछि उहाँलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो । लुम्बिनी प्रादेसिक अस्पतालमा उपचारपछि घर फर्कँदै गर्दा उहाँको गोरुसिङ्गे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको स्थानीय गोकुल रिजालले बताउनुभयो । उनको स्वाब परीक्षणको लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ । source:ujyaaloonline