नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । कोभिड १९ को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको हो । मृतक दोलखाका ७६ वर्षका पुरुष हुन् । उनी जेठ १३ मा मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए र उनको ब्रेनको शल्यक्रिया गरिएको थियो । जेठ १५ मा उनको कोरोना परीक्षण गर्दा पोजेटिभ आएको थियो । पछि स्वास्थ्य अवस्था जटिल भएपछि उनलाइ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको टिचिङमा नै मृत्यु भएको हो । यसअघि कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भइसकेको छ ।